site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उत्तर कोरियाली सेनामा महिलाको अवस्था दयनीय–एक पूर्व सैनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । उत्तर कोरियाकी एक पूर्व महिला सैनिकले विश्वको चौथो ठूलो सेनामा महिलाको अवस्था अत्यन्तै दयनीय रहेको बताएकी छन् । उनले उत्तर कोरियाली सैनामा अधिकांश महिलाहरुको महिनावारी समयभन्दा अगावै रोकिने गरेको खुलासा गरेको बीबीसीले जनाएको छ ।

बीबीसीको समाचारमा जनाइएअनुसार ली सो येआनले उत्तर कोरियाली सेनामा बलात्कार महिला सैनिकको जिन्दगीमा एक सत्य घट्ना झै बनी सकेको दावी गरेकी छन् ।

उनी १० वर्षसम्म एउटा यस्तो कोठामा रहिन् जहाँ दुई दर्जन अन्य महिलाहरुपनि रहन्थे । हरेक महिलालाई एक दराज दिइएको थियो । जसमा उनीहरुलाई उत्तर कोरियाका संस्थापक किम इल–सुंङ, उनका वारिस र तत्कालिन शीर्ष नेता किम जोङ इलको मात्रै तस्वीरहरु लगाउने इजाजत दिइएको थियो । 

Agni Group

ली सो येआनलाई उत्तर कोरिया छोडेको १० वर्ष भइसकेको छ तरपनि त्यहाँको यादमा उनी डुबी रहन्छिन् । येआन भन्छिन्, “धानको भुसबाट बनाइएको ओछ्यानमा हामी सुत्थेउँ । त्यसैले पसिनाको गन्ध ओछ्यानमा पनि हुन्थ्यो । पूरै ओछ्यानमा पसिना र अन्य बस्तुको गन्ध भरिएको हुन्थ्यो ।’’ उनका अनुसार नुहाउने र लुगा धुने राम्रो व्यवस्था नभएका कारण यस्तो अवस्था रहेको थियो । “एक महिलाको रूपमा राम्रोसँग नुहाउन नपाउनु सबैभन्दा ठूलो समस्या थियो ।’’ ली सो येआनले भनिन्, ‘‘किनकी तातो पानीको व्यवस्था थिएन । पहाडको झरनाबाट एक पाइप जोडेर पानी आउने व्यवस्था गरिएको थियो ।’’

उनले उक्त पानीबाट भ्यागुता र सर्प पनि आउने गरेको स्मरण सुनाईन् । ४१ वर्षिया सो येआन विश्वविद्यालयका प्रोफेसरकी छोरी हुन् । उनी उत्तर कोरियाको उत्तरी क्षेत्रमा हुर्किएकी हुन् । उनको परिवारका अधिकांश सदस्य सैनिक थिए । १९९० को दशकमा देशमा आएको विनाशकारी अकालका कारण खानकै लागि सेनामा भर्ना भएको उनले बताइन् । त्यो बेला हजारौं महिलाहरुले पनि यस्तो गरेका थिए । 

Global Ime bank

‘नर्थ कोरियाजÞ हिडेन रिवोल्यूशन’ पुस्तककी लेखिका जिउन बेक भन्छिन्, “अकालका कारण उत्तर कोरियाका महिलाहरुका लागि झनै कठिन अवस्था सिर्जना भएको थियो । महिलाहरुलाई मजदुरी गर्नु पर्ने बाध्यताका साथै उत्पीडन र यौन हिंसाको शिकार हुनु परेको थियो ।’’ तर त्यो बेला १७ वर्षकी ली सो येआनले सैन्य जीवनको आनन्द लिइन् । 

कुपोषणका कारण रोकिन्छ महिनाबारी

पुरुष र महिलाहरुको दैनिकको कामकाज झण्डैझण्डै एकै प्रकृतिको हुन्थ्यो । महिलाहरुलाई शारीरिक अभ्यास केही कम गर्नु पथ्र्यो । तर उनीहरुलाई सरसफाई र खाना पकाउने जस्ता काममा लगाइन्थ्यो । जबकि पुरुष सैनिकहरुलाई यसबाट छूट थियो ।

‘नर्थ कोरिया इन १०० क्वेश्चन्स’ की लेखिका जूलिएट मोरिलाट भन्छिन्, “पारम्परिक ढंगबाट उत्तर कोरिया पुरुष प्रधान समाज हो र जुन अहिलेपनि यथावत छ ।’’ उनका अनुसार उत्तर कोरियामा महिलाहरु माथि अहिलेपनि भान्साको जिम्मेवारी छ । 

कठिन तालिम र कम राशन मिल्ने भएका कारण से ली सो योआन र उनका साथी महिला सैनिकहरुको शरीरमा धेरै असर परेको थियो । उनी भन्छिन्, “तनावग्रस्त माहोल र कुपोषणका कारण सेनामा छ महीनदेखि एक वर्षभित्रै महिलाको माहिनावारी रोकिन्न्थ्यो ।’’ उनका अनुसार, “महिला सिपाई भन्थिन् कि माहिनावारी बन्द भएकाले उनी खुश छिन् किनकी यो त्योभन्दापनि बढी मुश्किल वाला भइदिन्थ्यो ।’’

सो येआन भन्छिन कि सेनामा माहिनावारीका लागि कुनै नियम कानुन थिएनन् र  उनी र उनका साथीहरु सामु सेनेटरी प्याडलाई दोहो¥याएर प्रयोग गर्नुको विकल्प थिएन् ।

सेनेटरी प्याडको अभाव

जूलिएट मोरिलाट भन्छिन कि आजसम्म महिलाहरु सेनेटरी प्याडको सट्टामा सुती कपडा प्रयोग गर्छन । महिलालाई पुरुषको नजरबाट बचेर बिहानै त्यो कपडा धुनु पर्दछ । कयौं महिला सिपाईसँग कुराकानी गरेपछि मोरिलाटले कयौं महिलाहरुको महिनावारी रोकिएको स्वीकार गरिन् । उनी भन्छिन्, “२० वर्षकी एक युवतीले भनिन् उसलाई यति कडा ट्रेनिङ भयो, दुई वर्षबाट उसको माहिनावारी बन्द छ ।’’

ली सो योआन स्वेच्छाले सेनामा भर्ना भएकी थिइन् । तर २०१५ मा १८ वर्ष पूरा भएकी हरक युवतीले सात वर्षका लागि सेनामा भर्ना हुनु पर्ने अनिवार्यता गरिएको छ । सोही समयमा सरकारले सम्पूर्ण महिला यूनिटमा सेनेटरी प्याड बाँड्ने घोषणापनि गरेको थियो । 

बलात्कारका घट्नाहरु 

जब मैरिलाटले यौन हिंसाका बारेमा सोधिन् अधिकांश सैनिकले अन्य व्यक्तिसँग यस्तो भएको बताए । तर कसैलेपनि आफमाथि यौन हिंसा भएको बताउन मानेनन् । 
ली सो येआन भन्छिन् कि १९९२ र २००१ को बीचमा जवसम्म आफु सेनामा थिइन् त्यो बेलासम्म उनीसँग बलात्कारको घटना भएन् । तर अरु कयौं सिपाईसँग यस्तो भएको थियो । उनी भन्छिन्, ‘‘कम्पनी कमाण्डर यूनिटका आफ्नो कोठामा घण्टौं बन्द रहन्थे र आफु मातहतका महिला सिपाईको बलात्कार गर्दथे । यस्तो समय समयमा हुन्थ्यो ।’’

तर उत्तर कोरियाली सेना यौन हिंसालाई गम्भीरतासँग लिइने र बलात्कारका दोषीलाई सात वर्षसम्मको जेल सजाएको प्रावधान रहेको बताउँदै आएको छ । जूलिएट मोरिलाट भन्छिन्, “तर पनि अधिकांश मामिलामा कोही पनि बयान लिन इच्छुक हुँदैनन् यसकारण अधिकांश पुरुष सजायबाट बच्ने गर्दछन् ।’’

बीबीसीबाट 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०७४  ००:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC