site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साइपाल र ओलम्पिया क्वाटरफाइनलमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । साइपाल एकेडेमी र ओलम्पिया कलेजले प्रथम अल्फा बिटा अन्तरकलेज फुटसल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएका छन्  । साइपालले समूह ए बाट क्वाटरफाइनलमा स्थान बनाउदा ओलम्पियाले समूह बी बाट क्वाटरफाइनलमा स्थान बनाएको हो ।

 शंखमूल फुटसलमा बुधबार भएको खेलमा साइपालले दोहोरो जितसहित क्वाटरफाइनलमा स्थान पक्का गर्यो । साइपालले लिभरपुललाई ४–२ तथा कान्जिरोवालाई ४–० गोलले पराजित गरेको हो  । समूह ए कै अर्को खेलमा कान्जिरोवाले युनि ग्लोबलाई ५–२ र लिभरपुलले युनि ग्लोबलाई ३–१ ले पराजित गरेको छ  ।

Agni Group

शैक्षिक क्षेत्रमा कार्य गर्दै आइरहेको अल्फा बिटाद्वारा आयोजित प्रतियोगितामा ओलम्पियाले लिटिल एन्जल्स (एलए) लाई ३–१ तथा नामीलाई ४–० गोलले पराजित गर्दै दोहोरो जित निकाल्यो । जितसँगै समूह बी बाट ओलम्पियाले क्वाटरफाइनलमा स्थान बनायो । यस्तै यसै समूहबाट आईडियल कलेजले पनि दोहोरो जित निकालेर क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । आईडियलले नामीलाई ४–० तथा एलएलाई ५–० गोलअन्तरले पन्छायो ।

प्रतियोगिताको पहिलो दिन समूह सी को ह्वाइटहाउस कलेजले पनि दोहोरो जित निकालेको छ । दोहोरो जितसहित क्वाटरफाइनलमा स्थान बनाउने क्रममा ह्वाइटहाउसले ह्वाइटफिल्डलाई ४–१ तथा इन्साइड भिजनलाई ४–१ गोलले पाखा लगायो । यस्तै अन्य खेलमा गोल्डेनगेटले युलेन्सलाई ३–१ र  इन्साइड भिजनले ब्रिटिस कलेजलाई ३–० ले पराजित गरेका छन् । 

Global Ime bank

१६ टिम सहभागी प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र तेश्रोले ४० हजार नगद पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट र सर्वा्धिक गोलकर्ता खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC