site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि वाम तालमेल भएको भन्दै भविश्यमा एउटै कम्युनिष्ट केन्द्र बनाएर देश विकास गरिने बताएका छन् ।  

उनले देशको आवश्यकताले वामपन्थीहरु एक हुनुपर्ने भन्दै अब देशमा स्थायी सरकार बन्ने र विकासका चरणहरु शुरु गरिने बताए । वामपन्थी सरकार निर्माण गरेर विकासका नीतिगत उद्देश्यहरु पूरा गरिने उनको भनाइ थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

वाम गठबन्धनले आज बुटवलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन पछि छिमेकीसँग हैसियतअनुसारको सम्बन्ध विस्तार गर्दै दीर्घकालीन सोचका साथ बलियो सरकार बन्ने बताए ।  

पूर्वप्रधानमन्त्री ओलीले देशको भविश्यका लागि र सन्तानको भविश्यका लागि वाम गठबन्धनलाई भोट हाल्न मतदातालाई आह्वान गर्दै भने, “देशको समृद्धिको लागि हामीलाई भोट हाल्नुहोस् ।” उनले कुनै बहानामा नेपालमाथि हुने नाकाबन्दी युग सकिएको बताउँदै भारतसँग काँग्रेसले सम्बन्ध बिगारेकै कारण आफू प्रधानमन्त्री हुँदा नाकाबन्दी भएको र चीनसँगको पारवहन सम्झौताले नाकाबन्दीको युग सकिएको स्पष्ट पारे ।  

Global Ime bank

विसं २०४६ तिर बुटवलका सडकमा हिँडिरहेको स्मरण गर्दै अध्यक्ष ओलीले जेलनेल खाएका कम्युनिष्ट नेताहरुलाई ‘लोकतान्त्रिक हुँ’ भन्न कसैसँग गुणस्तरको चिह्न लिन जरुरी नभएको बताए । अध्यक्ष ओलीले वाम गठबन्धनका रुपन्देहीका उम्मेदवारहरुलाई भोट माग्दै वाम उम्मेदवार यहाँका सक्षम नेताहरु रहेकाले जिताउन आग्रह गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC