site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पोखरा । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा कास्की क्षेत्र नं २ र प्रदेशसभा क्षेत्र नं २ क र ख का उम्मेदवारले साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । 

प्रतिबद्धतापत्रमा पोखरालाई विकसित, समुन्नत र आर्थिक समृद्धिको शहर, राष्ट्रिय स्वाभिमानलाई उच्च राख्न, राजनीतिक स्थिरता र लोक कल्याणकारी कार्यक्रममार्पmत देशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पोखरा–जोमसोम–कोरलानाकाबाट चीन जोड्ने, पोखरा भिमाद कावासोतीबाट भौसालोटन हुँदै भारत जोड्ने र ४ नं. प्रदेशको राष्ट्रिय लोकमार्ग निर्माण कार्यलाई अगाडि बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ । 

पोखराको खानेपानी आयोजनामा दोब्बरभन्दा बढी क्षमता भएका पाइप लाइन विस्तार र विभिन्न ठाउँमा पानी संकलन ट्याङ्की र शुद्ध फिल्टर राख्ने, महानगरलाई स्वच्छ, सफा एवं सरसफाइयुक्त शहर बनाउन ढल निर्माण र ल्याण्डफिल्ड साइड बनाउने जस्ता कार्य गर्ने बताइएको छ । 

Global Ime bank

नेकपा एमाले स्थायी कमिटीका सदस्य सोमनाथ अधिकारी प्यासीले साझा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै वाम गठबन्धनका साझा उम्मेदवारको जित सुनिश्चित भएकाले वाम गठबन्धनको सरकारले प्रतिबद्धता पूरा गर्ने गरी काम गर्ने दृढता व्यक्त गरे ।  

कास्की प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार रविन्द्र अधिकारीले स्थानीय तह, प्रदेश र केन्द्रमा बन्ने वामपन्थीको सरकारले साझा प्रतिबद्धता क्रमगत रुपमा पूरा गर्दै अघि वढ्ने धारणा राखे ।  

प्रतिनिधिसभा कास्की क्षेत्र २ मा वाम गठबन्धनबाट एमालेका रविन्द्र अधिकारी, प्रदेशसभा क्षेत्र नं २ क बाट एमालेका कृष्ण थापा र ख मा माओवादी केन्द्रबाट राजकाजी गुरुङ उम्मेदवार छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC