site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्र समीक्षक समाजले बाँड्यो क्रिटिक्स अवार्ड  (तस्बिर सहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र समीक्षक समाजले वि.सं. २०७१, २०७२ र २०७३  सालका क्रिटिक्स अवार्ड वितरण गरेको छ । ०७३ सालको उत्कृष्ट फिल्मको अवार्ड मीन भामको ‘कालोपोथी’ ले प्राप्त गरेको छ । 

\"\"

‘सेतो सूर्य’ बाट दीपक रौनियारले निर्देशक, ‘कालोपोथी’ बाट  मीन भाम र अविनाशविक्रम शाहले पटकथा, ‘सेतो सूर्य’ का लागि डेभिड बार्करले सम्पादन, छायांकनमा ‘कालोपोथी’ का लागि अजिज जम्भाकिभले अवार्ड पाएका छन् । 

Agni Group

\"\"

उत्कृष्ट अभिनेताको बाजी ‘जात्रा’ बाट विपिन कार्कीले र ‘पुरानो डुंगा’ बाट माओत्से गुरुङले मारेका छन् । ‘लभ सासा’ का लागि केकी अधिकारीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् । 

Global Ime bank

\"\"

२०७२ मा ‘पशुपतिप्रसाद’ ले उत्कृष्ट फिल्मको अवार्ड हात पारेको छ । ‘पशुपतिप्रसाद’ बाट दीपेन्द्र के खनालले निर्देशन र खगेन्द्र लामिछानेले पटकथाको अवार्ड हात पारेका छन् । 

\"\"

‘कबड्डी कबड्डी’ का लागि शैलेन्द्र डी कार्कीले छायांकारको अवार्ड पाउँदा सम्पादनमा ‘क्लासिक’का सुरेन्द्र पौडेलले बाजी मारेका छन् । अभिनयतर्फ ‘फन्को’ बाट सौगात मल्लले र ‘कबड्डी कबड्डी’का लागि रिस्मा गुरुङले अवार्ड हात पारे । 

\"\"

समाजले यसअघि घोषणा गरिसकेको २०७१ को अवार्ड पनि वितरण गरेको छ । 

\"\"\"\"

 

\"\"

तस्बिरः सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC