काठमाडौं । एलजी ब्राण्डको नयाँ ‘टप लोड वासिङ मेशिन’ नेपाली बजारमा सार्बजनिक गरिएको छ । एलजी ब्राण्डको अधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको सीजी इम्पेक्सले नेपाली बजारमा ‘द फ्युचर अफ वाशिङ’ भन्ने मूल नाराकासाथ नयाँ ७ र ८ केजीको ‘टप लोड वाशिङ मेशिन’ भित्राएको हो ।
एलजीका वाशिङ मेशिन गुणस्तरिय र इन्नोभेटिभ उत्पादनका लागि प्रख्यात रहेको कम्पनीको दावी छ । यी दुई वासिङ मेशिनमा ‘टर्बो ड्रम’ जडित छ । जसले तीन फरक किसिमले लुगा धुने बताइएको छ ।
त्यस्तै मेशिनमा स्मार्ट इन्भेटर मोटर समेत जडान गरिएको भनिएको छ । जसमा १० वर्षको वारेण्टी छ । मेशिन ‘बीएमसी’ मोटर वाटर प्रुफ र खिया नलाग्ने खालको रहेको कम्पनकिो भनाइ छ । त्यस्तै मेशिनमा स्मार्ट क्लोजिङ डुवर लगायतको कारणले ३६ प्रतिशत उर्जा बचत हुने जनाएको छ ।