अर्थ व्यवसाय
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको दुईथरी मूल्य रहेको फेला परेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गठन गरेको तरकारी मूल्य विश्लेषण समितिले गरेको एक अध्ययनमा कालिमाटीमा दुई थरी मूल्य रहेको उल्लेख छ ।
विश्लेषण समितिका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचीभन्दा वास्तविक मूल्यमा धेरै अन्तर देखिएको छ । अध्ययन समितिले कात्तिक अन्तिम साता गरेको अध्ययनमा कालिमाटी स्थित समितिको मूल्यभन्दा कालिमाटीका व्यवसायीहरुले बिक्री गरिरहेको तरकारीको भाउमा प्रतिकिलो ३५ रुपैयाँ बढीमा तरकारीको बिक्री भइरहेको भेटिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४ १५:२१
प्रतिक्रिया दिनुहोस्