site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले बढुवा सिफारिशमा परेका नेपाल प्रहरीका चार डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । 

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले डीआईजीहरु मधुप्रसाद पुडासैनी, हेमन्तबहादुर पाल, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआईजीमा बढुवा गरेको हो । बढुवासँगै चारै जनाको पदस्थापना पनि गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गृह मन्त्रालयले एआईजी पुडासैनीलाई ५ नम्बर प्रदेश प्रहरी प्रमुख र एआईजी नेपाललाई ७ नम्बर प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी तोकेको छ । त्यस्तै, एआईजी श्रेष्ठलाई कार्य विभाग, पाललाई मानव स्रोत व्यवस्थापन विभागमा पदस्थापन गरेको छ । 

त्यस्तै, गृहले ५ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी मिङमार लामा र ७ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी विजय भट्टको सरुवा गरेको छ ।

Global Ime bank

एआईजी भट्टलाई प्रहरी महानिरीक्षकको सचिवालय र लामालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको गृह स्रोतले जानकारी दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC