site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमाले, माओवादी र राप्रपासँग एक्लै लडेका सिटौलाको अवस्था कस्तो छ ? 
Ghorahi CementGhorahi Cement

भद्रपुर (झापा) । देशभर कम्युनिष्ट गठबन्धनका विरुद्ध कांग्रेस– राप्रपाको लोकतान्त्रिक गठबन्धन मैदानमा छ । उनीहरूबीच कडा प्रतिस्पर्धा पनि देखिएको छ ।

तर,  १ नम्बर प्रदेशको राजनीतिक केन्द्र झापामा भने ठिक त्यस विपरित भएको छ । र, राप्रपासमेत कम्युनिष्ट गठबन्धनमा सामेल भएर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । 

त्यसो त सुरूमा समानुपातिकतर्फको माथिल्लै सूचीमा रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला पुनः प्रत्यक्षमा उठ्ने निधो गरेपछि झापा–३ मा कमल थापा नेतृत्वको राप्रपा र कांग्रेसबीच चुनावी तालमेल भत्किएको हो । र, कम्युनिष्ट गठबन्धनमा राप्रपा ‘घाँटी जोड्न’ पुगेको हो । 

Agni Group

अहिले झापा–३ मा  कांग्रेस एक्लै चुनावी मैदानमा छ भने कांग्रेस इतरका ३ महत्त्वपूर्ण शक्ति कृष्ण सिटौलाविरुद्ध चुनावी मैदानमा छन् ।  

०४८ सालमा ६ वटा क्षेत्र रहेको झापा सबैमा वामपन्थीले विजयीको झन्डा फहरायो । एमालेले जितेको हो उसबेला । त्यसयता भने वामपन्थीका अलावा कांग्रेस पनि बलियो शक्ति रहेको छ, झापामा । 

Global Ime bank

सिटौला छैटौँपटक चुनावी मैदानमा छन् । ३ पटक पराजय र दुई पटक जितेका छन् । ०५६ र ०७० को चुनाव जितेका हुन् उनले ।

देशभर नेपाली कांग्रेस र राप्रपाबीचमा चुनावी तालमेलको जोडघटाउ भइरहँदा झापा–३ मा राप्रपा वामपन्थीबीच लगनगाँठो कस्सिँदा प्रतिस्पर्धा रोचक बनेको हो ।

१ लाख १४ हजार ५८६ मतदाता रहेको झापा–३ मा सिटौला र लिङ्देनसहित १२ उमेदवार मैदानमा छन् । ११ जना विभिन्न पार्टीबाट छन् भने १ जना स्वतन्त्र उमेदवार छन् ।

वाम गठबन्धनले लिङ्देनलाई प्रतिनिधि सभातर्फ साझा उमेदवार बनाएको छ  भने प्रदेश सभातर्फ (क) मा एमालेका वसन्तकुमार बानियाँ उमेदवार बनेका छन् र (ख) मा पूर्णसिंह राजवंशी उमेदवार बनेका छन् ।

छैन चुनावी रौनक

मंगलबार बाह्रखरीको टोली स्थलगत रिपोर्टिङका लागि झापाको दक्षिणपूर्व पुगेको थियो । तर, त्यहाँ कुनै चुनावी रौनक थिएन । केही दिन घरदैलो गरेका सिटौला काठमाडौँ फर्किएका थिए भने राजेन्द्र लिङ्देन मेची पारीका दुई राजवंशी गाउँमा घरदैलोमा व्यस्त थिए ।

बाह्रखरीको टोली मेचीको किनारसम्म पुग्दा चुनावको कुनै रौनक भेटेन । मतदाताहरू फाँटमा बाली थन्क्याउन व्यस्त थिए भने एकाध कार्यकर्ता मोटरसाइकल र साइकलमा घरदैलो गर्दैथिए ।

किन त ?

भद्रपुर–८ का तोया गर्तौला भन्छन्, एमाले, माओवादी नेतृत्वले राप्रपालाई सघाउने निष्कर्षमा पुगेपछि वामकार्यकर्ता अन्योलमा छन् ।

०४८ यता वामपन्थीको प्रचारशैलीलाई नजिकबाट नियालेका उनले यसपटकको चुनावमा कुनै रौनकता भेटेका छैनन् । 

“नेतृत्व तहका कार्यकर्ताबाहेक सामान्य समर्थक, शुभेच्छुक निराश छन् । उनीहरूमा चुनावको कुनै उत्साह छैन । राप्रपाको झन्डा बोकेर कसरी मैदानमा जानू भन्छन्,” गर्तौलाले भने ।

त्यसो त देशभर एमालेको आधारभूततहसम्म संगठन राम्रै छ । झापामा पनि बलियो छ । तर, अघिल्लो चुनावमा लिङ्देन सिटौलाको निकटतम प्रतिद्वन्द्वी बन्दा झापा–३ मा एमालेको संगठन कमजोर भयो । र, स्थानीय तहमा दक्षिणी झापाका केही तहहरूमा पराजयसमेत बेहोर्यो ।

वडाहरूमा पहिलो मत भए पनि बाह्रदशी गाउँपालिकामा एमाले पराजित भयो । बाह्रदशीमा एमालेको पपुलर भोट ५ हजार ३४३ हुँदा गाउँपालिका अध्यक्षमा ५ हजार ५३९ मत ल्याएर कांग्रेस विजयी भयो । त्यस्तै कचनकवल, हल्दिबारी गाउँपालिकामा पनि राप्रपा विजयी भयो, एमाले पछि पर्यो ।

अतः यसपटक लिङ्देन विजयी भए एमालेको संगठन क्षतविक्षत हुने भयले गाँजेको छ भन्छन् तोया गर्तौला ।

अन्य मतदाता के भन्छन् ?

स्थलगत रिपोर्टिङका क्रममा हामीले भद्रपुरका ७ वडा र दक्षिणी बेल्ट, भीमनगर, पृथ्वीनगरलगायतका ठाउँहरूका मतदातासँग कुराकानी ग¥यौँ । त्यसमध्ये सहरका मतदाता सिटौलाका पक्षमा देखिए भने देहातका मतदाताले लिङ्देनलाई भोट दिन्छौँ भने । 

त्यसमध्ये थिइन्, राधिकादेवी श्रेष्ठ । उनले यसपटक लिङ्देनकै पल्ला भारी हुने तर्क प्रस्तुत गरिन् । 

“एक्लै लड्दा त दोस्रो भएका हुन् लिङ्देन, यसपटक त उनलाई तीन पार्टीको समर्थन छ,” उनको भनाइ थियो ।

त्यस्तै उनले अर्को तर्क प्रस्तुत गरिन्, दुई पटक चुनाव जित्दा पनि सिटौलाले जनताको पक्षमा केही काम गरेनन् । चुनाव जितेमात्रै ।

“उमेदवारै देख्न मुस्किल छ,” उनको भनाइ थियो ।

यता गर्तौलाले भने त्यसलाई अस्वीकार गरे । सिटौलाकै पालामा चारआली– केचनाकवल चक्रपथ, पाठामारी– बालुवारी सडक ठेक्का प्रक्रिया सुरू भइसकेको । त्यस्तै भद्रपुर– राजगढ हुलाकी सडक एकवर्षभित्र पिच हुनेगरी ठेक्का सम्झौता भइसकेको र यी सबै काममा सिटौलाकै भूमिका भएको जिकिर गरे ।

त्यस्तै उनले नगर क्षेत्रका ४८ किलोमिटर सडक नालासहित बन्नेगरी प्रक्रिया अघि बढिसकेकाले केही पनि काम भएन भन्नु केवल आरोप भएको टिप्पणी गरे ।

भद्रपुर–८ का त्रोणविक्रम कार्कीले भद्रपुर विराटनगरजत्तिकै जेठो, पुरानो सहर भए पनि विकासले पछि परेको भन्दै मतदाता निराश भएको तर्क गरे । 

“सहरकै अवस्था देहातको जस्तो छ, गाउँ कहिले बन्ने हो यकिन छैन । झापाका मतदाता चलायमान छन् । सचेत पनि छन्,” उनले भने ।

उनले कार्यकर्ताबीचमा पार्टी एकता होला त भन्ने संशय रहेको भन्दै गठबन्धनकै पक्षमा मतजानेमा शंका व्यक्त गरे । अघिल्ला चुनावमा जसरी कार्यकर्ता प्रचार–प्रसारमा नखटिएको उनले पनि जानकारी दिए ।

उनले मतको अंकगणितका हिसाबले कम्युनिष्ट गठबन्धन धेरै अगाडि देखिए पनि गठबन्धनको सबै मत लिङ्देनले नपाउने जानकारी दिए । 

“एमाले, माओवादीका केही कट्टरपन्थी छन्, तिनको मत लिङ्देनले पाउँदैनन्,” उनको भनाइ थियो ।

सिटौलाको दाबी– जनताले राजतन्त्रलाई भोट हाल्दैनन्
\"\"

मकवानपुर–१ मा राप्रपा अध्यक्ष कमल थापालाई सघाएको कांग्रेसका नेतासमेत रहेका सिटौलाले जनताले राजतन्त्रको पक्षमा मत नहाल्ने दाबी गरे । झापाबाट काठमाडौँ पुगेर पत्रकार सम्मेलन गरेका सिटौलाले झापाका जनता राजतन्त्रको पक्षमा नरहेको र आफूले नै मत पाउने दाबी गरेका हुन् ।

“मेरो लडाईं पनि अरू दलसँग होइन, गणतन्त्र र परिवर्तन विरोधी राप्रपासँग हो, गणतन्त्र जोगाउनका लागि पनि मेरो जित आवश्यक छ,” उनको भनाइ थियो ।

राजेन्द्र भन्छन्– सिटौलाले २५ वर्षमा गर्न नसकेको विकास ५ वर्षमै गरेर देखाउँछु 

\"\"

०४६ सालदेखि झापा–३ को नेतृत्व गरेका कृष्ण सिटौलाले २५ वर्षमा गर्न नसकेको काम ५ वर्षमै गरेर देखाउँछु भन्छन् राजेन्द्र लिङ्देन । बाह्रखरीसँगको कुराकानीमा उनले झापामा वामपन्थीसँग मिलेर चुनावमा जाँदा निरंकुशतावादीसँग के घाँटी जोडेको होला भनेर टिप्पणी गर्ने कांग्रेसले बाँकी ७६ जिल्लामा राप्रपाकै वैसाखी टेकेर लोकतन्त्र जोगाउन लागिपरेको टिप्पणी गरे ।

उनले भने, “अहिलेको युग सूचना र प्रविधिको युग हो, जनतालाई ढाँट्न पाइँदैन । २५ वर्ष झापा–३ को नेतृत्व गरेका सिटौलाले विकासको नाममा के गर्नु भयो ? जनताले जान्न चाहेका छन्,” उनको प्रश्न थियो ।

त्यस्तै उनले स्थानीय तहमा झापा–३ क ५ हजार भन्दा बढी मतदाताले झुक्किएर हलगोरुमा मत हालेको भन्दै यसपटक त्यो मत गाइमै खस्ने दाबी गरे ।  त्यस्तै झापा–३ मा १५ हजार मतदाता थपिएको र थपिएका मतदाता देशभक्त, वामपन्थी, राष्ट्रवादी गठबन्धनकै भएको दाबीसमेत गरे ।

झापा–३ मा सबैभन्दा बढी मजदुर बसोबास गर्ने बताउँदै तिनको संरक्षण र श्रमको सम्मानजनक मूल्य पाउने अवस्था निर्माणका लागि आफू कटिवद्ध रहेको जानकारी दिए । कुराकानीका क्रममा उनले आफूले चुनाव जितिसकेको बताउँदै कति मतान्तरले जित्ने भन्नेमात्रै बाँकी रहेको भने ।

मतको अंकगणित
 

झापा–३ बाह्रदशी गाउँपालिका, हल्दीवारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र बिर्तामोड नगरपालिकाको वडा नम्बर १० समेटिएर बनेको छ ।

स्थानीय तहको निर्वाचनलाई आधार बनाउने हो भने झापा–३ मा वामसहितको राष्ट्रवादी गठबन्धनको ४३ हजार ६२१ मत देखिन्छ भने कांग्रेस एक्लैको मत १९ हजार २८० देखिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  ०८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC