site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पूरा पनि द्वन्द्वपीडितले न्याय नपाएको बताएको छ । विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित कार्यक्रममा आयोगले सरकार मानव अधिकारप्रति सम्वेदनशील नभएको पनि बताएको छ । 

आयोगका सदस्य प्रकाश वस्तीले आयोगले गरेका सिफारिसहरु कार्यान्वयनमा सरकारले उदासिनता देखाएको उल्लेख गर्दै आयोगले गरेका सिफारिस कार्यान्वयनमा ढिलासुस्ती गरिरहे आयोग कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए । 

Agni Group

आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले उमेदवारलाई लक्षित गरेर वम विस्फोट भैरहेको घटनाप्रति गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै सुरक्षा व्यवस्था कडा हुनुपर्नेमा जोड दिए । 

आयोगका सदस्य सुदीप पाठकले संविधान जारी हुनु र स्थानीय तहको निर्वाचन सम्पन्न हुनु बाहेक विस्तृत शान्ति सम्झौता भएपछि सशस्त्र द्वन्द्वका पीडितले न्याय पाउन नसकेको बताए । 

Global Ime bank

आयोगले पीडितलाई न्याय दिनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन गरिए पनि पनि कानुन, स्रोत, साधन र स्वनिर्णयको अभावमा आयोगले काम गर्न नसकेको जनाएको छ । 

आयोगले स्थानीय तह निर्वाचन–२०७४ को अनुगमन प्रतिवेदन समेत सार्वजनिक गरेको छ । प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा तीन व्यक्तिको हत्या भएका उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०७४  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC