site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काश्मिर । भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार इ तोइबासँग सम्बन्धित तीन आतङ्ककारी मारिएका छन् । प्रायः अशान्त नै रहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारी र सुरक्षा कर्मीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारहरुले जानकारी दिएका छन् । 

भारत नियन्त्रित काश्मिरको प्रान्तीय राजधानी सहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा पर्ने कुप्वारा जिल्लाको मगाम हान्दवारा गाउँमा मङ्गलबार बिहान सो घटना भएको प्रहरीले जानकारी दिएको छ । 

Agni Group

‘आज बिहान मगाम हान्दवारामा भएको गोली हानाहानमा तीन आतङ्ककारी मारिए’ भारतीय प्रहरी काश्मिरका प्रवक्ताले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।  

मङ्गलबार बिहान भएको यस गोली हानाहानमा भारतीय प्रहरी र सैनिकतर्फ भने कुनै क्षति नभएको प्रहरी अधिकारीहरुले बताएका छन् । सो घटनालगत्तै मङ्गलबार बिहान पनि सो इलाकामा प्रहरी कारबाही जारी नै रहेको प्रहरीले जनाएको छ । 

Global Ime bank

भारतको आर्थिक राजधानी मुम्बाईमा सन् २००८ मा भएको आक्रमणमा लासकार इ तोइबा नामक आतङ्ककारी सङ्गठनको हात रहेको थियो । यस आक्रमणमा परी १६६ व्यक्तिको मृत्यु भएको थियो भने अरु सय भन्दा बढी घाइते भएका थिए । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC