site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हिमालयन शेर्पालाई चन्द्रागिरी गोल्डकपको उपाधि
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन शेर्पा क्लबले प्रथम चन्द्रागिरी गोल्डकपको उपाधि उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा फ्रेण्डस् क्लबलाई ३–१ ले पराजित गर्दै शेर्पा च्याम्पियन बनेको हो ।
 
नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा १० खेलाडीमा समेटिएको फ्रेण्डस क्लबलाई अतिरिक्त समयमा ३–१ पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । शेर्पालाई जिताउन विसन गुरुङ, पियुस हेनरी र सेड्रिक ओलावाले गोल गरे । फ्रेण्डस्का लागि लावलले एक गोल गरे ।

खेलमा शुरुवाती अग्रता भने फ्रेण्डसले लिएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । ६१ औं मिनेटमा लावलले गोल गर्दै फ्रेन्डस्लाई अग्रता दिलाएका थिए । गोल गरे लगत्तै फ्रेण्डस १० खेलाडीमा समेटिएको थियो । फ्रेण्डसका रुमेश बर्ताैला दोहोरो पहँेलको कार्ड खादै मैदान बाहिरिएपछि फ्रेण्डस दवावमा आएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि लगातार दबाब झेलेको शेर्पाले अन्तिम एक मिनेट शेर्पालाई रोक्न सकेन । शेर्पाका विसन गुरुङले बराबरी गोल फर्काएका थिए । कप्तान मान बहादुर तामाङको पासमा विसनले डिबक्स भित्रबाट गरेको प्रहार फ्रेण्डसका गोलरक्षकले रोक्ने कुनै मौका पाएन । निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको आठौं मिनेटमा शेर्पाले खेलमा अग्रता बनायो । शेर्पाका लागि पियुस हेनरीले गोल गरेका थिए । ११८ औं मिनेटमा अर्का विदेशी खेलाडी सेड्रिक ओलावालेले गोल गर्र्दै शेर्पाको जित पक्का गरे ।

जितसँगै शेर्पाले नगद ५ लाख रुपैया प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको फ्रेण्डसले २ लाख ५० हजार रुपैयाँ पाएको छ । हिमालयन शेर्पा क्लबका विसन गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । फ्रेण्डसका कप्तान धिरज श्रेष्ठ सर्वाधिक गोलकर्ता चुनिए । उनीहरुले समान ३०–३० हजार रुपैया प्राप्त गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०७४  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC