site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रकाश दाहाल र प्रचण्डबीच अन्तिम समयमा के कुरा भएको थियो ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केहीवर्ष अघि छोरीको निधन र अहिले छोराको निधनको पीडा आफूले सम्हाल्ने भए पनि परिवारलाई सम्हाल्न गाह्रो भएको बताएका छन् ।

दाहालको आफ्नै निवास लाजिम्पाटमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

Agni Group

यस्तो थियो प्रचण्डले दिएको वक्तव्यको मुख्य धारणा –

निर्वाचनको लागी परिवार कोही कता, कोही कता थियौं । छोरीहरु कोही बिराटनगर कोही चितवन थिए ।

Global Ime bank

उसको (प्रकाश) को ममी र उ मात्रै यहाँ थिए । बेलुका मैले झापाबाट फोन गरेँ । ज्वरो आएको थियो कस्तो छ भनेर फोन गरेँ । फ्रेस छ भनेर मेडमले भनेपछि र उसले पनि मलाई ठिक छ भनेर भनेको थियो ।

परिवार र पार्टीका लागि क्षति त भयो । प्रकाश म्याचुअर्ड कार्यकर्ता र नेता हुनेगरी अघि बढेको थियो । म प्रधानमन्त्री हुँदा उसका सुझाव नै सफल भएका थिए । मेरो सफलतामा उसको हात प्रमुख थियो । देश र पार्टीको अवस्था बुझेर अघि बढ्दैछ भनेर मलाई गर्व महसुस हुँदै थियो । हिजो पनि स्वतःस्फूर्त रुपमा अन्तिम श्रद्धान्जलीका लागि देशबाट कार्यकर्ताको सहभागीता हुन गयो । पार्टी र परिवारका तर्फबाट धन्यवाद भन्न चाहन्छौं ।

परिवारलाई पनि नयाँ शक्ति र नयाँ जिम्मेवारी बोध गराएको छ । म त हिजोदेखि युद्धका चित्कार र पीडा भोगेर आएको हुनाले आफूलाई सम्हाल्न गाह«ो देखेको छैन । मैले आफूलाई सम्हाल्न सक्छु भन्ने लागेको छ । परिवार र आमालाई सम्हाल्न गाह«ो भएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०७४  ०४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC