site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अग्रगमनका लागि वाम गठबन्धन: नेपाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउन वाम गठबन्धनको विजयी अपरिहार्य भएको बताएका छन् ।  

सिनेकलाकारहरुसँग शुक्रबार काठमाडांैमा भएको अन्तरक्रियामा नेता नेपालले नेपाली कांग्रेस यथास्थितिवादी, प्रतिगमनको मतियार र भ्रष्टाचारले वद्नाम पार्टी भएको आरोप लगाए । ‘राजनीतिक क्रान्तिको कार्यभार पूरा भएको छ,’ उनले भने, ‘अब विकास र आर्थिक समृद्धि हाम्रो कार्यभार हो ।’

Prabhu Bank
Agni Group
NIC Asia

उनले केही वाम विरोधीले अधिनायकवादको हल्ला फिजाए पनि अब देश विकास गर्ने कम्युनिस्टहरु नै भएको पनि दाबी गरे ।    ‘कांग्रेसले तीन पटक बहुमत ल्यायो तर, विकास निर्माणका सन्दर्भमा शून्य भयो,’ उनले भने, ‘पटक–पटक असफल भएको कांग्रेसले देश विकास गर्न सक्दैन । अब समृद्धिको सपना पूरा गर्न वाम गठबन्धलाई पूरा पाँच वर्ष सरकार चलाउनु दिनुपर्छ ।’

उनले कम्युनिस्टहरुले पहिलोचोटी बहुमत ल्याउने अवसर पाएको भन्दै अब बन्ने सरकारले आत्मनिर्भरमा जोड दिने बताए । 
  
सडक, रेलमार्ग, हवाईमार्ग, जडिबुटी लगायतमा आत्मनिर्भर भई पाँच वर्षमा नेपालको मुहार फेर्न सक्ने उनको भनाई थियो । ‘सरकारले  देशलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि वाम गठबन्धनले जित्न आवश्यक छ,’ उनले भने, ‘अहिले सर्वसाधारणमा वामगठबन्धनप्रति आकर्षण बढ्दै गएको छ । स्वच्छ र गतिशील प्रशासनका लागि वाम गठबन्धनको सरकार नै चाहिन्छ ।’

Global Ime bank

नेपालको स्वाभिमान उच्चो राख्दै वाम गठबन्धनले छिमेकीसँग पनि असल कुटनीति कायम गर्ने बताए । उनले वाम गठबन्धनले सरकार चलाएपछि ५ सय मेघावाटका १० वटा परियोजना लागू गर्ने, एक करोड पर्यटक नेपाल भित्र्याउने जस्ता काम सम्पन्न हुने पनि बताए । नेता नेपालले नारायणहिटी संग्राहलयलाई इतिहासदेखि अहिलेसम्मको इतिहास भेटिने संग्राहलय निर्माण गर्ने पनि बताए । ‘वाम सरकार मिशन र भिजनसहित अघि बढेको छ,’ उनले भने, ‘वाम सरकारका आएपछि जनताले रुन नपाउने होइन रुनु नपर्ने अवस्था आउँछ ।’

कार्यक्रममा एमाले नेता कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धनको सरकार बनेपछि पहिलो क्याविनेट बैठकले नै कांग्रेस सरकारले गरेका गलत निर्णयहरु खारेजि गरिदिने चेतावनी दिए । उनले दुईतिहाई बहुमतसहितको सरकार बाम गठबन्धनले बनाउने पनि दाबी गरे ।  । ‘वाम एकता कम्युनिष्टहरुका लागि कोशेढुंगा हो,’ उनले भने । 

कार्यक्रममा नेता रामवीर मानन्धरले वामपन्थी सरकार बनेपछि कलाकारको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘मैले कलाकारको मर्मलाई बुझेको छु,’ उनले भने, ‘पहिला हामीलाई जिताएर पठाउनुहोला । तपाईँहरुको हितमा काम गर्ने दायित्व हाम्रो हो ।’ 

नेता केशव स्थापित र काठमाडौं क्षेत्र नम्बर–७ क का वामपन्थीतर्फका उम्मेदवार डाक्टर अजयक्रान्ति शाक्यले पनि वाम सरकार जनताको सरकार हुने दाबी गरे ।  
कार्यक्रममा कलाकारहरु अशोक शर्मा, केशव भट्टराई, निखिल उप्रेती, आकाश अधिकारीलगायतले बोलेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC