site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
म फेरि स्टेजमा आउनेछु: कपिल शर्मा
Sarbottam CementSarbottam Cement

भारतीय कमेडीका बादशाह मानिने कपिल शर्मा र उनको शोका अर्का चर्चित कलाकार सुनील ग्रोवरबीचको झगडाले भारतीय मिडिया लामो समयसम्म तात्यो । यही विवादका कारण सोनी टिभीको चर्चित शो ‘द कपिल शर्मा शो’ अहिले बन्द छ । आर्थिक रूपमा कमजोर परिवारबाट छोटो समयमै कमेडीमा उदाएका कपिललाई धेरैले ‘बोसो पलाएको’ आरोप लगाए । प्रसिद्धिलाई सन्तुलनमा राख्न नसक्ने, आफूमातहतका कलाकारलाई सम्मान गर्न नजान्ने जस्ता आरोप उनले अहिलेसम्म खेपिरहेका छन् । र, सम्भवतः कपिललाई यो घटनाले जीवनभर पछ्याइरहनेछ ।

‘द कपिल शर्मा शो’मा डक्टर गुलाटी र रिंकु भाभीको भूमिका निभाइरहेका सुनील अस्ट्रेलिया भ्रमणबाट फर्किंदा कपिलले मार्च महिनामा विमानभित्रै दुव्र्यवहार गरेपछि कार्यक्रमबाट बाहिरिएका थिए । कार्यक्रमका अन्य कलाकारहरूसमेत घटनाको विरोधमा उत्रिएका थिए । 

३६ वर्षीय कपिलले सामाजिक सञ्जालबाट सुनीलसँग गल्ती स्वीकार गर्दै माफीसमेत मागेका थिए । तर, उनीहरूको झगडा साम्य भएको छैन । सुनीलसँगको झगडालाई लिएर उनले केही दिनअघि ‘पीटीआई’सँग दुखेसो पोखे । यहाँ उनका कुरा जस्ताका तस्तै राखिएको छः

Prabhu Bank
Agni Group
NIC Asia

सुनीलसँगको झगडाले गर्दा अहिले म पछुताइरहेको छु । तर, शायद यो लडाइँ विधाताले लेखिदिएका थिए । त्यो घटनापछि म डिप्रेसनतर्फ धकेलिएँ । म अहिले आफ्ना विगतका दिनहरू फर्किएर हेर्दैछु, जसले मलाई जीवनमा धेरै कुरा सिकाएका छन् ।

यस्ता घटनाहरूले जीवनमा धेरै कुरा सिकाउँछन् । यदि हामी खुशी हुन्छौं भने आफ्नो मर्यादामा पनि बस्न जान्नुपर्छ । यदि तनावमा छौं भने शान्तसँग बस्नुपर्छ, तनाव भुलाउन मदिरा पिउनु हुँदैन । मदिरा पिउँदा समस्या झन् जटिल बन्न सक्छ ।

Global Ime bank

विगतमा त्यस्ता कैयौं दिन थिए, जब मलाई विदेशमा कुनै कार्यक्रमै गर्न मन लाग्दैनथ्यो तर पनि गर्नु पथ्र्यो । कतिपय अवस्थामा मैले त्यस्ता कार्यक्रमबाट केही पनि कमाउँदिन थिएँ । बरु उल्टै मेरो गोजीबाट खर्च हुन्थ्यो । यस्ता कुरा बुझ्ने व्यापारी होइन म । त्यही विदेशको एउटा कार्यक्रमपछि मेरो जीवनमा अनेक समस्या आइलागे ।

सुनीलसँगको घटनाका बारेमा समाचारहरू आउन थालेपछि म निकै तनावमा थिएँ । म सोच्थें– ती सबै कुरा मेरो वशमा थिएनन् । म यताउता भ्रमण गर्न थालें । म घर पनि जाँदिन थिएँ । होटेलतिर जान्थें, सुटिङ गर्थें अनि विमानबाट अर्कै गन्तव्यतिर लागिहाल्थें । यी सब विवादको बारेमा कसैलाई वर्णन गर्ने फुर्सदसमेत थिएन मसँग ।

सुनीलसँग मेरो जे भयो, त्यसो हुनु हुँदैनथ्यो । तर, कहिलेकाहीँ म सोच्छु– जे हुनु छ, त्यो भएरै छोड्छ । त्यसलाई कसैले रोक्न सक्दैन ।

प्रायः मानिसहरू लेख्छन्– मैले सफलतालाई सम्हालेर राख्न सक्दिनँ । मलाई थाहा छैन, किन यस्तो हुन्छ । मैले यो क्षेत्रमा १५ वर्षदेखि काम गर्दै आइरहेको छु । राष्ट्रिय स्तरको टेलिभिजनमा विगत १० वर्षदेखि आबद्ध छु । जसले मसँग काम गरे, उनीहरूले भन्न सक्छन्– म सफलतालाई सम्हाल्न सक्छु कि सक्दिनँ । यदि साँच्चै मैले सफलता सम्हाल्नका लागि धेरै संघर्ष गर्नु परेको भए शायद उनीहरू मसँग काम गर्दैन थिए । तर, मानिसहरू आफूलाई जे मन लाग्यो, त्यही लेख्छन् । आफूले गरेको कामले नै आफ्नो पक्षमा बोल्छ भन्ने कुरामा म विश्वस्त छु ।

तर, यस्ता विवाद र मुद्दालाई थाँती राखेर म आफ्नो दोस्रो फिल्म ‘फिरंगी’मा लागिरहेको छु अहिले । यो मैले निर्माण गरेको फिल्म हो । फिल्ममा नायक बनेर प्राप्त भएको अनुभवले नै मलाई आज सबैभन्दा शान्त बनाएको छ । अहिले म शान्त भएको छु । जब मैले कार्यक्रमको नेतृत्व गरिरहेको थिएँ, त्यतिबेला कलाकारहरूका थुप्रै गुनासो सुन्थें । त्यतिखेर मैले महिला कलाकारलाई (स्टेजबाहिर) केही भन्दिन थिएँ, खाली पुरुषहरूलाई मात्रै गाली गर्थें । मैले पुरुषहरूका कुरा सुन्दिनथें । त्यही नै मेरो ठूलो समस्या थियो ।

अब त्यस्ता केही समस्या आइपरे भने म आफ्नै मनलाई भन्छु, “शान्त बन र समस्या समाधान गर । यो मेरो समस्या र तनाव हो । मिडियाले पनि मेरै नाम लिनेछन्, किनकि शो मेरै नाममा छ ।”

अब ‘फिरंगी’ प्रदर्शनमा आएपछि पुनः शो शुरु गर्ने या नगर्ने विषयमा राम्रोसँग सोच्नेछु । कार्यक्रम राम्रो हुनुपर्छ र गर्दा रमाइलो पनि हुनु आवश्यक छ । त्यसैले म फेरि स्टेजमै फर्किनेछु । अरु केही गर्नेबारे म सोच्न पनि सक्दिनँ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC