site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगर महानगरपालिकाको बरगाछीदेखि रोडशेष चोकसम्मको तीन किमी धुलाम्मे सडक कालोपत्र भई समस्या समाधान हुने भएको छ । 

महानगरपालिका र व्यापारिक मार्ग विस्तार आयोजना (छ लेन) को प्रतिनिधिको टोलीबीच शुक्रबार सडक समस्या चाँडै समाधान गर्ने सहमति भएको छ । अहिले तत्कालका लागि बरगाछीदेखि रोडशेष चोकसम्म तीन किमी र नौ मी चौडा सडकमा द्रुत गतिमा कालोपत्र गर्ने सहमति भएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

उक्त सडक कालोपत्र भएसँगै महानगरवासीलाई आवतजावत तथा सवारी सञ्चालनमा केही हदसम्म सहज हुने अनुमान गरिएको छ । सडक कालोपत्र गर्ने सम्बन्धमा भएको छलफलमा महानगर प्रमुख पराजुली, प्रशासकीय प्रमुख प्रदीप निरौला, इ घनेश्याम काफ्ले र इ हर्क प्रधान तथा छ लेन सडक परियोजनाका प्रमुख विनोदकुमार मौवार रहेका थिए ।  

महानगरपालिकाले परियोजनाका काममा समन्वय गर्न इ काफ्ले र परियोजनाका तर्फबाट इ प्रधानको रहने गरी दुई सदस्यीय टोलीसमेत गठन गरेको छ । पटक पटक व्यापारिक मार्ग विस्तार आयोजनाका पदाधिकारीलाई महानगरले समस्या समाधान गर्न आग्रह गरेको थियो । । लामो समयदेखि समस्या समाधान नभएपछि महानगरले खाल्टाखुल्टी पुर्ने र सडकमा वारुणयन्त्रद्वारा पानी हालेर धुलो नियन्त्रण गर्ने काम गर्दै आइरहेको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC