site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रणवको दोहोरो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली आर्मी क्लबका प्रणव खनालले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार दुई खेलमा जित हात पारेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रणवले पश्चिमाञ्चलका प्रदीप खड्कालाई ६–३ र ६–० तथा मध्यमाञ्चलका राजेश क्षेत्रीलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

पुरुष सिंगल्सको अन्य खेलमा एपीएफका श्रीराम मगरले नेपाल प्रहरी क्लबका कमलबहादुर भण्डारीलाई ६–३ र ७–५, प्रहरीका कमलले मध्यमाञ्चलका निशान श्रेष्ठलाई ६–१ र ६–०, एपीएफका श्रीरामले आर्मीका अभिनव आचार्यलाई ६–२ र ६–२ को सेटमा हराए ।

यस्तै  आर्मीका संरक्षकभूषण वज्राचार्यले सुदूरपश्चिमाञ्चलका गौरवप्रताप शाहीलाई ६–० र ६–२, पश्चिमाञ्चलका अभिषेक बाँस्तोलाले प्रहरीका महेश श्रेष्ठलाई ६–० र ६–०, प्रहरीका दावा शेर्पाले एपीएफका आत्माराम कार्कीलाई ६–३ र ६–३, एपीएफका सन्तोष खत्रीले आर्मीका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१, मध्यमाञ्चलका शिवराम मगरले मध्यमाञ्चलकै गौरीशंकर श्रेष्ठलाई ६–३ र ६–१ तथा पश्चिमाञ्चलका प्रदीप खड्काले मध्यमाञ्चलका गौरीलाई ६–१ र ६–३ को सेटमा हराए ।

Global Ime bank

महिला सिंगल्समा पश्चिमाञ्चलकी गंगा शर्माले मध्यमाञ्चलकी स्नेहा यादवलाई ६–२ र ६–२, प्रहरीकी मायांका राणाले एपीएफकी विजिशा श्रेष्ठलाई ६–३ र ६–३, एपीएफकी भगवती विकले एपीएफकी इन्द्रकला श्रेष्ठलाई ६–० र ६–१, प्रहरीकी माहिका राणाले आर्मीकी अभिलाषा विष्टलाई ६–३ र ६–०, प्रहरीकी मायांकाले मध्यमाञ्चलकी स्नेहालाई ६–० र ६–०, पश्चिमाञ्चलकी गंगाले एपीएफकी एनी माथेमालाई ४–६, ७–५ र ६–१, प्रहरीकी माहिका राणाले एपीएफकी भगवतीलाई ६–१ र ६–२ तथा आर्मीकी इरा रावतले एपीएफकी इन्द्रकलालाई ६–० र ६–० को सेटमा पन्छाए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC