site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेताद्वय डा रामशरण महत र रमेशकुमार महतमाथि नुवाकोटमा भएको बम आक्रमणप्रति निन्दा र भत्र्सना गरेको छ । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ नुवाकोटमा कांग्रेसका उम्मेदवार, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा रामशरण र सोही क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं खका उम्मेदवार रमेशकुमार चुनावी प्रचारप्रसारमा हिँड्नुभएका बेला शुक्रबार उनीहरु चढेको गाडीलाई लक्षित प्रेसरकुकर बम विष्फोट भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उम्मेदवारसँगै चुनावी प्रचारप्रसारमा हिँडेका उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, रमेश राईलगायत कांग्रेसका पाँच कार्यकर्ता गम्भीर घाइते भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

घाइतेको अहिले काठमाडौंमा उपचार भइरहेको छ । “कांग्रेसप्रतिको जनलहरबाट अतालिएर आपराधिक मानसिकता बोकेका विपक्षीद्वारा कांग्रेसका उम्मेदवारको हत्या गर्ने मनशायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ, यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकारमाथि ठाडो हस्तक्षेप गरेको छ”, विज्ञप्तिमा उल्लेख छ । 

Global Ime bank

कांग्रेसले घटनामा संलग्न व्यक्तिलाई तत्काल कडा कारबाही गर्न र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC