site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दबाबपछि केवल बन्द गर्ने निर्णयबाट पछि हट्यो सरकार 
Ghorahi CementGhorahi Cement

काठमाडौं । राजनीतिक दलको दबाबमा सरकारले एनालग केवल टेलिभिजन बन्द गर्ने निर्णय केही समयका लागि पछि सार्ने भएको छ । 

यसअघि बन्द गरिएको एनालग टेलिभिजनबाट पनि अब च्यानल प्रशारण हुनेछन् । 

Agni Group

“राजनीतिक दलहरुबाट पनि एक किसिमको दबाब जस्तो पनि आयो । मतदाता शिक्षाका लागि पनि अहिले एनालग भए पनि टेलिभिजन बन्द गर्नु हुँदैन भन्ने उहाँहरुको माग रह्यो,” सूचना तथा सञ्चार मन्त्रालयकी उपसचिव विष्णुकुमारी भट्टराईले भनिन्, “मन्त्रीज्यू पनि काठमाडौं बाहिर भएकाले तत्काल यो निर्णय गर्न सकिएन । निर्वाचन अवधिभर नेपाली च्यानल भने अब प्रशारण हुन्छन् ।” 

सरकारले बुधबार ८ वटा, बिहीबार ३ वटा र शुक्रबार ६ वटा एनालग टेलिभिजन बन्द गरिसकेको थियो ।

Global Ime bank

सुविसु, स्पेस्टाइम नेटवर्क, स्काई केवल नेटवर्क, सीईसी, टिभी लिंक, काठमाडौं केवल, जावलाखेल नेटवर्क लगायतका एनालग केवलको सरकारले स्वीचअफ गरेको हो । 

काठमाडौंमा २८ वटा एनालग केवल टेलिभिजन नेटवर्क रहेका छन् । बाँकी रहेका एनालग केवल पनि बन्द गर्दै जाने मन्त्रालयले बताएको थियो । काठमाडौं उपत्यकापछि बाहिरका पनि सबै महानगर, उपमहानगर र नगरपालिकामा सञ्चार मन्त्रालयले यो नियम लागु गर्ने सरकारको तयारी थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC