site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गोविन्द केसीप्रति ओलीको आक्रोश : राजनीतिमा आउन चुनौती
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. गोविन्द केसीको दबाबमा सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने बाटो बन्द हुनेगरी गरेको निर्णयको कडा आलोचना गरेका छन् ।

काठमाडौंमा मुख्य सञ्चारमाध्यमका सम्पादकहरुसँग कुराकानी गर्दै उनले यस्तो आलोचना गरेका हुन् ।

Agni Group

ओलीले डा. केसीको नाम नलिइकन भने, “एउटा सरकारी कर्मचारीले मेडिकल फिल्ड कस्तो हुनुपर्छ भनेर सरकारलाई सिकाउन मिल्दैन । त्यतिमात्रै होइन राष्ट्रपतिलाई सिधै हाँक दिने काम भएको छ । यदि त्यसो गर्ने हो उनी सिधै राजनीतिमा आए हुन्छ ।”

डा. केसीको दबाबमा सरकारले चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो ।  राष्ट्रपतिबाट प्रमाणिकरण नभएको भन्दै डा. गोविन्द केसी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

Global Ime bank

“कुन ठाउँमा कति मेडिकल कलेज हुनुपर्छ । यो फिल्ड कस्तो हुनुपर्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने हो । अध्यादेश प्रमाणिकरण नगर्न एमालेले दबाब दियो भन्नेसम्मका कुराहरु पनि आए । एमालेले फेरि पनि त्यो अध्यादेश खारेज गराउन सक्छ भन्ने हेक्का होस् । एमालेलाई गाली गर्ने र राष्ट्रप्रमुखलाई चुनौती दिने काम बन्द होस् ।”

अध्यक्ष ओली राप्रपा अध्यक्ष कमल थापाप्रति पनि आक्रोशित बनेका थिए ।

“बुढीगण्डकीको सम्झौता खारेजीका सम्बन्धमा कमल थापाले नियतको कुरा गर्ने ?,” ओलीको आक्रोश थियो, “कमल थापाजस्तो व्यक्तिले केपी ओलीसँग नियतको कुरा गर्ने ? कसको नियत कस्तो भनेर क्यालकुलेटर लिएर कुनै दिन हिसाब किताब गरौंला ।”
ओली सरकारप्रति पनि बढी नै आक्रामक देखिएका थिए । उनले काम चलाउ सरकारले पनि दीर्घकालिन महत्वका निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
“सरकारले गर्ने काम गरेको छैन, नगर्ने काम गरेको छ,” उनले भने, “शान्ति सुरक्षामा ध्यान छैन । कुन प्रोजेक्ट खारेज गर्ने कुनलाई लाइसेन्स दिने भन्ने काम उसको होइन । तर त्यही काम गरेको छ ।”
उनले हिंसात्मक काम नगर्न विप्लव नेतृत्वको माओवादीलाई पनि चेतावनी दिए ।
निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने कुरा रोक्न कसैले नसक्ने उनको भनाई थियो ।
“चुनावपछि एमालेले सरकार बनाउँछ । यसमा कुनै शंका छैन । दिगो र द्रुत विकासका लागि एमालेले काम गर्छ,” ओलीले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC