site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रिलायन्स लाईफ इन्स्योरेन्सको सेवा सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । शुक्रबारदेखि रिलायन्स लाईफ इन्स्योरेन्सले सेवा सुरु गरेको छ । कम्पनीले कृष्ण टावर नयाँबानेश्वरस्थित आफ्नो प्रधान कार्यालयबाट सेवा सुरु गरेको हो । 

इन्स्योरेन्सले आइतबार कारोबार गर्ने अनुमति पाएको थियो । पछिल्लो समय नेपालीहरुको आयस्तर बढेको र कुल गार्हस्थ उत्पादन पनि उच्च रहेको कम्पनीको ठहर छ । नयाँ बीमा कम्पनीहरुको आगमनले व्यवसाय विस्तार गर्न थप मद्दत मिल्ने कम्पनीका अध्यक्ष ताराचन्द केडियाले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले सुरुवातमा नै ३ वटा जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । निकट भविष्यमा थप ४ बीमा योजना सञ्चालनमा ल्याउने कम्पनीको भनाइ छ ।
कम्पनीको अध्यक्षमा ताराचन्द केडिया, सञ्चालकमा पवन कुमार अग्रवाल, भरत कुमार तोडी लगायत रहेका छन् ।  कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा निराजन कँडेल, महाप्रवन्धकमा यसके तमोट रहेका छन् । 

कम्पनीमा हाल ११३ जना प्रवद्र्धक रहेका छन् । हाल कम्पनीको १ अर्ब ४७ करोड चुक्ता पुँजी रहेको छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणको लागि ६३ करोडको सेयर जारी गर्ने बताएको छ ।  सर्वसाधारणलाई सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड पुग्ने जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC