site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यस्ता छन् अफगानिस्तानसँग नेपाल हार्नुका मुख्य कारण 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेट फाइनलमा पुग्ने नेपालको सपना अफगानिस्तानले सपनामै सीमित बनाइदिएको छ ।

नेपाल कुनै पनि प्रतियोगितामा उपाधि नजिक पुग्छ तर सबै बाधक भने अफगानिस्तान हुने गरेको छ । 

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै नेपाल मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटबाट बाहिरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलोपटक इतिहास रच्दै सेमिफाइनलसम्म पुगेकोे नेपालको यात्रा अफगानिस्तानले त्यहीँ सीमित बनाईदियो । केही महिनाअघि टेष्ट मान्यता प्राप्त अफगानिस्तान सधैँ नेपालको बाधक बन्ने गरेको छ ।

भारत जस्तो क्रिकेटको पावर हाउस मानिने राष्ट्रलाई पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको नेपालको सम्भावना टुंगिनुको टर्निङ प्वाइन्ट यस्ता छन् ।

Global Ime bank

टस हार्नु

किनरारा ओभलमा भएको खेलमा नेपालले टस हार्नु नै हारको मुख्य टर्निङ प्वाइन्ट हो । यदि नेपालले टस जितको खण्डमा बलिङ रोज्ने सम्भावना थियो । अफगानिस्तानले टस जित्दै पहिले बलिङ रोजेपछि नेपाली ब्याट्सम्यानले सुरुमै असजिलो महशुस गरेका थिए ।

नेपालको सबल पक्ष बलिङ हो । तर, अफगानिस्तानविरुद्ध नेपालले जुन रणनीति बनाएको थियो त्यहीअनुसार भने खेल्न सकेन । यसको मुख्य कारण हो, टस हार्नु ।

खराब ब्याटिङ

अफगानिस्तानविरुद्ध नेपालका अनिल कुमार शाहबाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाली खेलाडीमा पुनः आईसीसी यु–१९ विश्वकप छनोटमा अफगानिस्तानसँग हार्दाको खेलमा खेलेको जस्तै आत्मविश्वास कम भएको देखिन्थ्यो । दोस्रो ओभरमा २ रन हुँदा नेपालले आफ्नो ओपनर आसिफ शेखलाई शुन्य रनमै गुमाएको थियो । 

सुरुवाती मै पहिलो विकेटको रुपमा शेखलाई गुमाएको नेपालले ९ रन अर्का ओपनर जितेन्द्र शाहलाई १ रनमा गुमायो । चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान दिपेन्द्रसिंह ऐरीले पनि राम्रो खेल्न सकेनन् । उनी पनि अफगानिस्तानका मुजिव उर रहमानको सिकार बने । त्यतिबेला नेपालको स्कोर ३२ रन हुदा ३ विकेट झरेको थियो । कप्तान दिपेन्द्र ६ रनमा आउट भएसँगै नेपाली टिममा भूकम्प नै पैदा भयो भने अफगानिस्तानको टिममा खुशियाली छाएको थियो । किनभने कप्तान दिपेन्द्रले भारतविरुद्ध ८८ रन बनाएका थिए ।

एकपछि अर्को विकेट पतनको शृंखला नरोकिएपछि नेपाली टिम निकै धरापमा परेको थियो । तर तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल कुमार शाह भने क्रिजमा जमिरहेका थिए । अफगानिस्तानले ११.३ ओभरमा ४१ रन हुँदा नेपालका अर्का ब्याट्सम्यानलाई आउट गरे । रोहित कुमार पौडेल ४ रनमा आउट भएका थिए ।

नेपालको गतिलो स्कोर बनाउनका लागि क्रिजमा रहेका अनिल कुमार शाहका लागि राम्रो पार्टनरको आवश्यकता थियो । छैटौ नम्बरमा ब्याटिङ गर्न आएका भिम सार्कीले अनिलसँग ३० रनको पार्टनरसिप खेले । तर भिम सार्की पनि १८.२ ओभरमा ६ रन बनाउदा रन आउट हुन पुगे । त्यतिबेला नेपालको स्कोर ७१ रन रहेको थियो । सातौं नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफ ८ रनमा आउट हुँदा नेपालको स्कोर ८५ रन थियो । 

त्यसपछि भने नेपाली ब्याटिङमा बाढी नै आयो । ३ विकेट गुमाउदा नेपालले १ रन मात्रै बनाउन सक्यो । नेपालका लागि अर्धशतकीय पारी खेलेका अनिल ५० रनमा आउट भए । आठौँ विकेटको रुपमा किशोर महतोलाई शुन्य रनमा गुमाउँदा नेपालको स्कोर ८५ रन नै थियो । २४.१ ओभरमा ८६ रन हुँदा नवौं विकेटको रुपमा कमलसिंह ऐरीलाई गुमाएको नेपालले अन्तिम विकेटका लागि १७ रन बनाएको थियो ।

अन्तिम विकेटको रुपमा सन्दिप लामिछाने ७ रनमा आउट हुँदा नेपालले अफगानिस्तानलाई १०४ रनको सामान्य चुनौती दिएको थियो ।

दुई खेलाडी रोक्न नसक्नु

अफगानिस्तानका दुई खेलाडीलाई रोक्न नसक्दा नेपालले हार ब्यहोर्नुपर्यो । बलिङमा अफगानिस्तानका स्पिनर मुजिब उर रहमान र ब्याटिङमा रमुनुल्लाह गुर्बाजलाई नेपालले रोक्न सकेन । 

नेपाली इनिङ्स ध्वस्तै पार्ने क्रमममा मुजिबले १० ओभर बलिङ गर्दै २ मेडन राख्दै मात्र २८ रन दिएर ६ विकेट लिए । उनले नेपालका ब्याट्सम्यानलाई सस्तैमा पेभेलियन फर्काएका थिए ।

१०४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेका अफगानिस्तानका रमुनुल्लाह गुर्बाजले उत्कृष्ट प्रदर्शन गरे । नेपाली बलरले उनको ब्याटिङलाई रोक्न सकेनन् । उनले मात्र ६५ बलमा २ छक्का र ९ चौकाको मद्दतमा ७१ रन बनाएका थिए । नेपाली बलरले मलेसिया विरुद्ध गरेको स्तरकै बलिङ गरेको भए नमिठो हारबाट नेपाल जोगिन सक्ने थियो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गर्ने प्रायः सबै प्रतियोगितामा नेपालको बाधक अफगानिस्तान हुँदै आएको छ । यो पटक पनि एसीसी यु–१९ एसिया कपमा बदला लिने हेतुले मैदानमा उत्रिएको नेपाली युवा टिम पराजित हुँदै अफगानिस्तानसँगको हारको शृंखला रोक्न सकेन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC