site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल आइडल सकिए लगत्तै अर्को गायन प्रतियोगिता 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल आइडलको चर्चा र क्रेज कम हुन नपाउँदै अर्को नयाँ गायन रियालिटी शो हुने भएको छ । केहि समय पछि प्रशारण सुरु हुने कार्यक्रममा अडिसन दिन सकिने छ । द होराइजन मल्टिमिडियाले होराइजन कभर सङ् कम्पिटिसनको नामक गायन प्रतियोगिता गर्न लागेको कार्यक्रमका संयोजक संगीत बरालले जानकारी दिए ।  युट्यूबप्रतिको मानिसहरुको क्रेजलाइ मध्यनजर गर्दै प्रतियोगिहरुलाइ पनि अनलाइन मार्फत नै अडिसन लिइरहिएको उनले बताए । 

कार्यक्रममा सहभागि हुन चाहनेले मोवाइलमा आफूले गाएको गीतको भिडियो बनाएर  thehorizonmultimedia@gmail.com मा इमेल गर्नुपर्नेछ । पहिलो चरणमा आएका भिडियोहरुलाई युट्यूवमा अपलोड गरिनेछ र त्यसमा दर्शकहरुको भ्यू र मतका आधारमा मूल्यांकन गरिनेछ भने चर्चित संगीतकार र गायकहरु जजको रुपमा रहेर उनीहरुलाई दोस्रो चरणको लागि छान्ने छन् । अडिसन राउन्डसम्म युट्यूवमै सबै कार्यक्रम प्रशारण गरिने भए पनि दोस्रो चरणबाट कार्यक्रम युट्युवको साथमा टेलिभिजनमा पनि प्रशारण हुनेछ ।
प्रतियोगिताको विजेताले नगद एक लाख, एउटा गीत रेकर्ड तथा म्यूजिक भिडियो निर्माण लगायतका पुरस्कार पाउने छन् भने उत्कृष्ट तीनले समेत गीत रेकर्ड र त्यस्को म्युजिक भिडियो निर्माणको अवसर पाउने संयोजक बरालले बताए । 

अडिसनका लागि भिडियो पठाउने अन्तिम मिति यहि डिसेम्बर १ तारिखसम्म रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC