site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
मधेस विरोधी संविधान भन्ने राजेन्द्र महतो किन चुनाव लड्नुभयो ?
Sarbottam CementSarbottam Cement

मिथिलाको राजधानी जनकपुर चुनावले तातेको छ । कांग्रेस नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीचको चुनावी प्रतिस्पर्धाले जनकपुरको चुनावी गर्मी ह्वात्तै बढेको हो । जनकपुर उपमहानगरको १ देखि १६ र २०, २३, २४, २५ वडा, त्यस्तै नगराइन, विदेह नगरपालिका, धनौजी, मुखियापट्टी र मुसहरमिया गाउँपालिका समेटेर बनेको धनुषा–३ मा दुई ‘हेभिवेट’ मैदानमा छन् । र, प्रतिस्पर्धा यी दुईबीच नै हुने आँकलन गरिएको छ ।
कार्यकर्ता भेटघाट र चुनावी घरदैलोमा व्यस्त रहेका निधिसँग स्थलगत रिपोर्टिङका लागि धनुषा, जनकपुरधाम पुगेका बाह्रखरीकर्मी अक्षर काका शिवनारायण गिरीले गरेको कुराकानीको सारसंक्षेप–

लामो समय आन्दोलनबाट आक्रान्त भयो मधेस, निर्वाचनको माहोल कस्तो छ जनकपुरको ?

चुनावको माहोल उत्साहप्रद छ । यहाँका जनताले ‘तपार्ईंलाई भोट दिन्छौँ’ भनेका छन् । घरदैलोमा जनताको सहभागिता बढ्दो पाएको छु ।

Prabhu Bank
Agni Group
NIC Asia

मतदाताको अपेक्षा के छ ?

विकास र स्थायीत्व नै मतदाताको अपेक्षा रहेको छ । बाटो बनोस्, रोजगारीको व्यवस्था होस्, जनकपुरको सर्वाङ्गिण विकास होस्, २ नम्बर प्रदेशको राजधानी बनोस् भन्ने नै जनताको चाहना छ ।
अर्को मधेसका जनताले पाएका अधिकार सुरक्षित होस् । र, थप अधिकार पनि पाइयोस भन्ने उहाँहरूको भनाइ रहेको छ ।

Global Ime bank

जनकपुर मिथिलाञ्चलको कला, सभ्यता, संस्कृतिको केन्द्र, २ नम्बर प्रदेशको राजधानी बनाउने कुरा पनि आइरहेको छ । तर, यो त फोहोर र दुर्गन्धको राजधानीजस्तो देखिन्छ नि ?

त्यस्तो होइन । जनकपुर निर्माण अवस्थाको चरणमा छ । तपाईं गल्लीगल्ली घुम्नुभएको छ, तपाईंले त्यहाँ देख्नसक्नुहुन्छ, बाटो बनेको छ । एडीबीले बाटो बनाइरहेको हुनाले अव्यवस्थित देखिएको हो । काठमाडौँ पनि केही दिन अगाडि फोहोरकै राजधानी थियो नि त । बाटो बनिरहँदा धूलो, धुँवा उड्छ, फोहोर थुप्रिन्छ, यहाँ त्यस्तै भएको हो । निर्माणको अवधीलाई फोहोरको अवधी भन्न कहाँ मिल्छ ?

तपाईंका मुख्य प्रतिस्पर्धीको रूपमा राजेन्द्र महतो मैदानमा हुनुहुन्छ, उहाँ मधेस आन्दोलनको शीर्ष व्यक्तित्व पनि हुनुहुन्छ, चुनौती कत्तिको छ ?

मेरो प्रतिस्पर्धी राजेन्द्र महतोमात्रै होइन, वाम गठबन्धनकातर्फबाट रामसिंह यादव पनि हुनुहुन्छ । उहाँहरू दुवैलाई प्रतिस्पर्धी मानेको छु ।

कम्युनिष्ट गठबन्धन, राजपा–संघीय समाजवादी फोरम गठबन्धनको तुलनामा कांग्रेस गठबन्धनको अवस्थाचाहिँ कस्तो छ ?

यहाँ लोकतान्त्रिक शक्तिहरूबीच चुनावी तालमेल हुन सकेन । यहाँ नेपाली कांग्रेस एक्लै छ । त्यसो त सबै पार्टी एक्लै छ यहाँ । कम्युनिस्टहरूको मात्रै गठबन्धन छ यहाँ । वाम बाहेक अरू कुनै शक्तिहरू गठबन्धनमा छैनन् ।

राजपा र संघीय समाजवादी फोरम नेपालले पनि साझा उमेदवार उठाएका छन् नि ?

राजपा र संघीय समाजवादी फोरमको आन्तरिक विवाद छ । राजपाका उमेदवार यहाँ सहमति कायम गरेर आउनुभएको होइन, जबरजस्ती आउनुभएको हो । आन्तरिक द्वन्द्व छ, उहाँहरूबीच ।

राजपाका उमेदवार राजेन्द्र महतोले ‘मधेस विरोधी संविधान बनाउने कांग्रेसलाई किन भोट हाल्ने ?’ भनेर प्रश्न गरिरहनुभएको छ नि ?
 

मधेस विरोधी संविधान बनाएको भए उहाँ किन लड्नुभयो चुनाव ? संविधान मधेस विरोधी होइन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हो । यो नेपाली जनताको, नेपाली राष्ट्रियताको हितको लागि अत्यन्त ऐतिहासिक संविधान हो । उहाँलाई संविधान मन परेको छैन भने चुनावमा भाग नलिएको भए हुन्थ्यो नि ? संविधान मान्दै चुनावमा भाग लिने फेरि संविधान मधेस विरोधी हो भन्न पाइन्छ ? उहाँहरूको द्वैध चरित्र र नीति हो यो ।

संविधान संशोधनमा नेपाली कांग्रेसको भूमिका राम्रो भएन । ३८३ मत ल्याएर प्रधानमन्त्री जित्ने तर, संविधान संशोधनका पक्षमा त्यो मत नदेखिएको त साँचो हो नि ?

संविधान संशोधन गर्न त हामीले कोसिस गरेकै हो । नेपाली कांग्रेससँग दुई तिहाई मत थिएन । नेपाली कांग्रेससँग दुई तिहाई मत नहुँदा संशोधन विफल भएको हो । मधेसी जनताको हक अधिकारका लागि संविधान संशोधन गर्न हामीले भरमग्दुर प्रयास गरेका हौँ । एमालेले असहयोग गरेपछि संविधान संशोधन भएन । यसमा नेपाली कांग्रेसमाथि दोष थोपर्ने कुरा छैन ।

तपाईंहरू लामोसमयदेखि मधेसबाट जितेर जानुभएको छ । तर मधेस शिक्षा, स्वास्थ्य, विकासका पूर्वाधार आदिमा कर्णाली भन्दा पछि परेको छ, किन ?
 

देशभरि नै यही अवस्था छ, तराई–मधेसमामात्रै होइन । त्यसैले त राजनीतिक प्रणाली, शासन प्रणालीमै परिवर्तन चाहिएको हो । संघीय शासन प्रणाली चाहिएको यसै कारणले गर्दा हो । संघीय प्रणालीमा जाँदा आ–आफ्नो क्षेत्रको विकास प्रदेशको सरकारबाट भयो भने दूरवस्थाको अन्त्य हुन्छ । र त, राजनीतिक शासन प्रणाली फेर्नका लागि लडेका हौँ हामी ।

विगतमा चुनाव जितेर जाने जनप्रतिनिधिहरू पनि जनताप्रति जवाफदेही भएनन् भन्ने गुनासो छ मतदाताको ?

हिजो जनताले हामीलाई संविधान बनाउन पठाएको हो । हामीले संविधान बनायौँ । हिजाको प्रतिवद्धता पूरा भएनन् भन्ने के आधार छ ?

संविधान त बनाउनु भयो तर त्रुटीपूर्ण आयो भनेर मधेस असन्तुष्ट छ नि ?

संविधान जारी भएपछि कांग्रेसकै अगुवाइमा दुई पटक संशोधनमा गयो नि । जनसंख्याको आधार संसदमा प्रतिनिधित्व हुने, प्रदेशसभा र राष्ट्रियसभामा प्रतिनिधित्व हुनुपर्छ भनेर संशोधनको अगुवाइ गर्ने मै हुँ । संविधान त्रुटीपूर्ण छ भन्नलाई पनि त संविधान त बन्नुपर्यो नि ! संविधान नबनेको भए मुलुक अप्ठ्यारो परिस्थितिमा गइहाल्थ्यो नि । पहिला संविधान जारी गरौँ, त्यसपछि समस्या, असन्तुष्टिको हल खोजौँला भनेर संविधान बनाएका हौँ ।

यहाँको विकास भएन भन्ने उहाँहरूको गुनासो होला नि त ?

विकास अपेक्षाकृत भएन होला । तर, हुँदै नभएको होइन नि । हिजो दुईदुई पटक चुनेर पठाएको संविधान बनाउन हो । संविधान बनायौँ । अबको चुनावचाहिँ गास, बास, कपासका लागि हो, आर्थिक समृद्धिका लानि हो । 

त्यसैले हामीले भनेका छौँ– नेपाली कांग्रेसकै नेतृत्वका शान्ति र संविधान; अब नेपाली कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान भनेर नारा दिएको त्यही कारणले हो । हिजो कांग्रेसलाई संविधान बनाउन जनताले चुनो, बनायौँ । अब समृद्धि पनि ल्याउँछौँ ।

स्थानीय निर्वाचनको मत विश्लेषण गर्ने हो कांग्रेस कमजोरै देखिन्छ यहाँ, चुनाव जित्नुहुन्छ त ?

पहिलो कुरा स्थानीय तह निर्वाचनको मत परिणामलाई हेरेर राष्ट्रिय निर्वाचनको परिणामको बारेमा अनुमान गर्नु त्रुटीपूर्ण हुन्छ । पहिलो कुरा त निर्वाचन क्षेत्र नम्बर ३ हो यो, जनकपुर उपमहानगरमात्रै होइन, नगराइन, विदेह नगरपालिका, मुखियापट्टि, धनौजी, मुसहरमिया गाउँपालिका पनि छ । स्थानीय निर्वाचनको कुरा गर्ने हो भने पपुलर भोटमा कांग्रेस नै अगाडि छ । मेरो कुरा होइन, निर्वाचन आयोगकै तथ्यांकलाई हेर्ने हो भने कांग्रेस ५००० मतले अगाडि छ यहाँ । जनकपुर उपमहानगरमा पनि मेयर, उपमेयरमात्रै हारेको हो । तर वडाहरूमा कांग्रेस अगाडि छ । पपुलर भोटमा कांग्रेस अगाडि छ ।

मधेस आन्दोलनको केन्द्र हो जनकपुर, आन्दोलनको ‘सेन्टीमेन्ट’ राजेन्द्र महतोलाई जान्छ नि ?

विल्कुल छैन । जनकपुरमा मधेस आन्दोलन कांग्रेसले चलाइदिएकाले भएको हो । अरूले चलाएर भएको होइन । कांग्रेसले नै चलाएको हो ।

जनकपुरको सर्वाङ्गिण विकासका लागि यहाँको योजना केके छन् त ?
 

पहिलो, म जनकपुरलाई प्रदेशको राजधानी बनाउँछु । दोस्रो, ढल्केबर–जनकपुर–झठीसम्म ६ लेनको मार्ग मैले नै निर्माण गर्न लगाइरहेको छु । यो पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला झठी–पिप्रोन जोड्ने व्यापारिक नाका निर्माण गर्ने सम्झौता भएको हो, भारतसँग । जनकपुर दुई नम्बर प्रदेशको महत्त्वपूर्ण व्यापारिक केन्द्र बन्दैछ ।

तेस्रो, जनकपुरमा राजर्शी जनक विश्वविद्यालय स्थाना गर्ने ठूलो सपना थियो । विश्वविद्यालयसम्बन्धी ऐन पारित भएको छ, कार्यान्वयनमा जान्छ त्यो । 

जनकपुर आर्थिक केन्द्र, प्रदेशको राजधानी, सांस्कृतिक, धार्मिक र अध्यात्मिक केन्द्र र सँगै शिक्षाको केन्द्र पनि बन्दै छ । यसैमार्फत जनकपुरको समृद्धि मेरा प्रतिवद्धता हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC