site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
सातै प्रदेशको मुख्यमन्त्रीका दाबेदार को को?
Sarbottam CementSarbottam Cement

सबै दैनिक पत्रिकामा निर्वाचनका समाचारलाई नै बढीे महत्त्व दिइँंदै आएको परिप्रेक्ष्यमा नयाँ पत्रिका दैनिकले नेपालका ७ प्रदेशमा कुन कुन दलका को को मुख्यमन्त्री हुनसक्छन्, ककस्को कहाँ कहाँ दाबी छ भन्ने विषयलाई आजको मुख्य समाचार बनाएको छ । 

नयाँ पत्रिकाअनुसार प्रदेश नम्बर १ मा नेपाली कांग्रेसका कुनै ठूला नेता प्रदेशमा उमेदवार छैनन् त्यसैले जिल्ला सभापतिहरू नै मुख्य दाबेदार देखिन्छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय सोलुखुम्बुका सभापति आङगेलु शेर्पा भएको नयाँ पत्रिकाले लेखेको छ । एमालेबाट सुनसरी १ (ख) का उमेदवार एमाले सचिव भीम आचार्य तथा भोजपुर (क) का पूर्वमन्त्री शेरधन राईलाई मुख्यमन्त्रीका दाबेदारका रूपमा नयाँ पत्रिकाले लिएको छ । 

प्रदेश नं २ मा नेपाली कांग्रेसका धेरै नेता महत्त्वाकांक्षी देखिएका छन् । यिनमा पूर्वराष्ट्रपति पुत्र डा. चन्द्रमोहन यादव तथा कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा. सुभाषचन्द्र यादव रहेका छन् । अन्य प्रतिस्पर्धीमा रञ्जित कर्ण, डा. गणेश मण्डल, प्रेमकिशोर साह तथा रामसरोज यादव देखिन्छन् । एमालेबाट पार्टीका प्रदेश संयोजक सत्यनारायण मण्डल तथा सहसंयोजक नागेन्द्र चौधरीलाई नयाँ पत्रिकाले मुख्यमन्त्रीको प्रत्याशी मानेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश नं ३ मा नेपाली कांग्रेसका मुख्यमन्त्रीका दाबेदारमा सिन्धुलीका श्याम घिमिरे, मकवानपुरका इन्द्र बानियाँ, चितवनका दिनेश कोइराला, काभ्रेका कञ्चनचन्द्र वादे श्रेष्ठ, काठमाडौंका लोकेश ढकाल, भक्तपुरका गणेशमान चक्रधर र नुवाकोटका जगदीश्वर नरसिंह केसी छन् । एमालेबाट एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई नयाँ पत्रिकाले मुख्य दाबेदार मानेको छ । 

प्रदेश नं ४ मा कृष्णचन्द्र नेपाली (नवलपुर १क), महेन्द्रध्वज जिसी (नवलपुर १ख), तनहुँ १क का गोविन्द  भट्टराई, तनहुँ २क का प्रदीप पौडेल, २ख का ध्रुव वाग्ले तथा कास्की १ क का जीवन परियार छन् । एमालेका भने प्रदेश ४ मा एमाले सचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी समिति सदस्य किरण गुरुङ रहेका छन् ।

Global Ime bank

प्रदेश ५ मा नेपाली कांग्रेसका कपिलवस्तु ३ ख का वीरेन्द्रकुमार कनौडिया, दाङ ३ क का डिल्लीबहादुर चौधरी तथा दाङ २ क का कमलकिशोर घिमिरेलाई नयाँ पत्रिकाले मुख्यमन्त्रीको दाबेदार मानेको छ । एमालेबाट भने प्रदेश ५ बाट दाङ २ ख का उमेदवार शंकर पोखरेल प्रमुख दाबेदार तथा परासी २ ख का वैजनाथ चौधरीलाई अर्को उमेदवार मानिएको छ ।

प्रदेश ६ मा नेपाली कांग्रेसका हुम्लाको ख बाट जीवनबहादुर शाही तथा सुर्खेत २ ख बाट तप्तबहादुर विष्टको नाम संभावित मुख्यमन्त्रीमा परेको छ । एमालेबाट प्रदेश ६ मा माओवादीलाई दिने सल्लाह चलेको भए पनि यसका प्रमुख दाबेदार दुई पोलिटब्युरो सदस्य प्रकाश ज्वाला र यामलाल कँडेल देखिएका छन् । 

प्रदेश ७ मा नेपाली कांग्रेसका डडेलधुरा क बाट रघुराज विष्ट, ख बाट कर्णबहादुर मल्ल, डोटी १ क बाट भरतबहादुर खड्का, बाजुरा क बाट जनकराज गिरीलाई मुख्य दाबेदार मानिएको छ । एमालेको भने प्रदेश नंबर ७ बाट बाजुराका कर्णबहादुर थापा एकल संभावना देखिन्छन् ।  

५० वर्ष कम्युनिस्ट सरकार कि देउवा सातपल्ट प्रधानमन्त्री?

पहिलो चरणको निर्वाचन हुन अब केवल ९ दिनमात्र बाँकी छँदा चुनावमा होमिएका राजनीतिक दलका नेताहरू अनेक प्रकारको दाबी गर्दैछन् । यस्ता दाबीमध्ये प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई ज्योतिषले सात पल्टसम्म प्रधानमन्त्री बन्छ भनेर गरेको भाषणले महत्त्व पाएको छ । ७२ वर्षीय शेर बहादुर देउवा अहिलेसम्म चार पल्ट प्रधानमन्त्री भइसकेका छन् । देउवाले आफ्नो बारेमा ज्योतिषले गरेको भविष्यवाणी सुनाउनुको मुख्य उद्देश्य नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई उत्तर दिनु रहेको देखिन्छ । एउटा कार्यक्रममा ओलीले शेरबहादुर देउवा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री हुने ठोकुवा गरेका थिए । उता देउवाले भने यो पल्ट कम्युनिस्ट गठबन्धनबाट नेपाली कांग्रेसलाई केही फरक नपर्ने र कांग्रेसले सोचेभन्दा राम्रो नतिजा ल्याउने दाबी गरेका छन् । 

कान्तिपुरले शेरबहादुर देउवाको भाषणलाई मुख्य समाचार बनाएको छ भने नागरिक दैनिकले सबै ‘सबै नेताका आआफ्नै डम्फु’ शीर्षकमा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा शेरबहादुर देउवाको भनाइ राखेको छ । नागरिकका अनुसार दाहालले देशमा ५० वर्षसम्म कम्युनिस्टको सरकार रहने दाबी गरेका छन् भने ओलीले कम्युुनिस्ट सरकार आएको खण्डमा देशमा स्थिरता आउने घोषणा गरेका छन् । उता देउवाले भने जनताले फेरि आफूलाई जिताएको खण्डमा पुनः प्रधानमन्त्री हुने विश्वास दिलाएका छन् ।

गोरखापत्रले कांग्रेसको समाचारलाई ६ कोलममा र कम्युनिस्ट गठबन्धनको समाचारलाई दुई कोलममा प्रकाशित गरेको छ । प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै ’जनताले लोकतन्त्र नै रोज्छन्’ भन्ने सरकारको मुखपत्रको एउटा शीर्षक छ भने वाम गठबन्धनको बहुमत निश्चित हुने अर्को शीर्षक छ । 

सम्पादकीय

आजका नागरिक तथा कान्तिपुरले देशमा उध्रिन नसकेको बलियो भ्रष्टाचारको जालोका सन्दर्भमा सम्पादकीय लेखेका छन् । नागरिकले ट्रान्सपेरेन्सी इन्टरनेसनलले नेपाललाई दक्षिण एसियाको सबैभन्दा भ्रष्ट मुलुक भनेर घोषणा गरेका गत वर्ष माघको रिपोर्टबाट सम्पादकीयको प्रारम्भ गरेको छ । कर्मचारीतन्त्र सबैभन्दा भ्रष्ट भएको र त्यसको प्रमाणको रुपमा बुधबार अख्तियारले पक्राउ गरेको वैदेशिक रोजगार विभागका महाप्रबन्धकको उदाहरण नागरिकले दिएको छ । कान्तिपुरले पनि यही उदाहरण लिँदै वैदेशिक रोजगारीमा व्याप्त भएको भ्रष्टाचारको समस्यालाई उजगार गरेको छ । 

अन्नपूर्ण पोस्टले नेताको माला मोहको विषयमा सम्पादकीय लेख्दै यसलाई सकभर सभ्य ढंगले प्रस्तुत हुन सल्लाह दिएको छ । राजधानीले निर्वाचन सुरक्षाको विषयमा सम्पादकीय लेख्दै नागरिकप्रति उत्तरदायी बन्न आह्वान गरेको छ भने नयँ पत्रिकाले अनिवार्य शिक्षामा देखिएको चुनौतीलाई उठाएको छ । त्यस्तै गोरखापत्रले काठमाडौंमा आयोजित दक्षिण एसियाली आर्थिक सम्मेलनको सन्दर्भमा यो क्षेत्रमा आर्थिक सहकार्य न्यून भएको विषयमा चिन्ता प्रकट गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC