site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालमा राजासहितको लोकतन्त्र भए राष्ट्रियतामा सम्झौता हुन सक्दैन 
Ghorahi CementGhorahi Cement

राजाराम बर्तौला, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री हुन् । र, उनी यतिबेला मकवानपुर–१ मा चुनावको प्रचार–प्रसारमा खटिएका छन् । मकवानपुर–१ मा राप्रपा–नेपाली कांग्रेसको साझा उमेदवाको रूपमा पार्टी अध्यक्ष कमल थापा मैदानमा छन् ।

सरल, प्रष्टवक्ता र आधारभूत तहमा रहेर राजनीति गर्ने व्यक्तित्वको रूपमा मकवानपुरमा उनको परिचय छ ।

घरदैलो र कोणसभामा व्यस्त रहेका बर्तौलासँग स्थलगत रिपोर्टिङका लागि मकवानपुर पुगेको बाह्रखरीको टोलीले गरेको कुराकानीको सारसंक्षेप–

Agni Group

निर्वाचन प्रचार–प्रसारको काम कस्तो भइरहेको छ ?

मकवानपुरमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीचको लोकतान्त्रिक गठबन्धनले संयुक्त रुपमा निर्वाचन प्रचार–प्रसारको अभियानलाई अगाडी बढाइरहेको छ । बढीभन्दा बढी मतदाताको घर–घरमा पुग्ने र उनीहरुको विश्वास जित्ने काम हामीले गरिरेका छौं । 

Global Ime bank

मतदाताहरुको मनोविज्ञान कस्तो पाउनु भएको छ ?

निर्वाचन प्रजातन्त्रको स्थायीत्वको लागि र जनताको चाहनाहरु पूरा गर्नेको निम्ती महत्वपूर्ण हुन्छ । यस निर्वाचनले मतदाताहरुमा एक खालको उत्साह छ । यहाँका मतदाताहरुले यस निर्वाचनलाई आफ्नो मताधिकारको प्रयोग गर्ने अवसरलाई लिइरखेका छन् । 

आगामी हाम्रो पुस्ताको भाग्य र भविष्य बदल्नको निम्ती निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । मकवानपुरमा सक्षम योग्य र क्षमतावान उमेदवारलाई विजयी गराएर समग्र मुलुकलाई नयाँतिरतर्फ लैजान यो निर्वाचन कोशेढुङ्गा सावित हुन्छ भन्ने मकवानपुरका मतदाहरुले अपेक्षा गरेका छन् । 


समय फेरियो व्ववस्था फेरियो, तर उमेदवारहरुले लिएर हिँड्ने एजेन्डा फेरिएन किन ?

अहिले पनि जनताको चाहनाहरु पूरा भइसकेको र देश स्थिरतातर्फ गइसकेको अवस्था छैन । यदी जनताको चाहाना र देश स्थितरतातर्फ गइसकेको भए हामीले नयाँ ढंगबाट सोच्ने स्थिति आउँथ्यो । हिजो नेताहरुले बोलेका कुराहरु सबै पूरा भएका छैनन् । धेरै कमीकमजोरी छन् । कति कुराहरु जनतालाई देखाइएका सपना र आश्वासनहरु पूरा हुन सकेनन् अहिले पनि ति कुराहरुलाई हामीले अस्वीकार गर्ने परिस्थिति होइन ।

मलाई लाग्छ अहिलेका जनतामा चेतनाको स्तर बढी सकेको छ र यस निर्वाचनबाट देशलाई चाहिने सच्चा र इमान्दार व्यक्ति उनीहरुले चुन्नेछन् । 

 

तपाईंहरुको घोषणापत्रमा हिन्दु राष्ट्र कायम गर्छौं, संवैधानिक राजतन्त्र फर्काउँछौं, भन्नुभएको छ, सम्भावना कत्तिको देख्नुभएको छ ?

राजनीतिक सम्भावनाको खेल हो । राष्ट्रिय प्रजातन्त्र पार्टी परिवर्तन विरोधी होइन । हामी पनि परिवर्तन चाहन्छौं । हामी परिवर्तन निरन्तरतासहितको होस् भन्ने चाहान्छौं । जुन परिवर्तनले मुलकको राष्ट्रियताको संरक्षण गर्न सकोस्, प्रजातन्त्रको लागि सुदृढ बनाउन सकोस् र मुलुकको समग्र आर्थिक विकास गर्न सकोस् ।

नेपालको भावी योजना र मार्ग्चित्रको निर्णय गर्ने क्षमता हाम्रै देशमा होस् । यहाँका राजनीतिक दलहरु, नेताहरुमा र नेपाली जनताहरुमा निहित होस् । यहाँको निर्णयकत्व नेपाली जनताहरुमा हुनुपर्छ । राष्ट्रिय स्वाधिनता सबैभन्दा महत्वपूर्ण विषय हो ।

स्वाधिनताको सम्झौता हुन सक्दैन । नेपालको राष्ट्रियतामाथि सम्झौता हुनसक्दैन भन्ने हाम्रो धारणा हो । त्यसैले  हामी राजासहितको लोकतन्त्र चाहन्छौं । यसले नेपालको राष्ट्रियतालाई मजबुत बनाउछ । यो हाम्रो दाबी, मान्यता र विश्वास हो । 

 

मकवानपुरमा लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने अवस्था कसरी सिर्जना भयो ?

 

हामीले मकवानपुर जनताको सबै चाहाना पूरा गर्नको लागि, विकास र समृद्धिको लागि, प्रदेश नम्बर २ को राजधानी हेटौंडालाई बनाउनको लागि, यहाँको हरेक दूरदराजमा बस्ने मानिसहरुको घरमा शुद्ध खानेपानी, मोटरबाटो र विजुली बत्ति पुर्याउनको निम्ति लोकतान्त्रिक शक्तिहरु बीचमा सहमति हुन आवश्यक ठानेर कांग्रेस र राप्रपाबीच लोकतान्त्रिक गठबन्धन बनेको हो । 

अब पनि लोकतान्त्रिक शक्तिहरु छुट्टा–छुट्टै बसेर हुँदैन भन्ने उद्देश्यसहित हाम्रो गठबन्धन बनेको हो ।

 

संगठनको हिसाबले पनि माओवादी केन्द्र र एमाले बलिया पार्टी हुन्, सजिलै पराजित होलान् ?
 

अहिले हामीले वामपन्थी गठबन्धनलाई टोटल्ली केही पनि होइन भनेर इग्नोर गरेर जाँदैनौं । प्रतिस्पर्धा हुन्छ । वाम गठबन्धनसँगको प्रतिस्पर्धानमा लोकतान्त्रिक गठबन्धन विजयी हुने कुरा चाहीँ निश्चित छ । किनभने लोकतान्त्रिक शक्ति विश्वासिलो शक्ति हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC