site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
नेपालले अफगानिस्तानसँग आज बदला लिँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालले एसीसी यु–१९ एसिया कपको सेमिफाइनलमा शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा अफगानिस्तान र नेपाल दुबैले क्रिकेटको हस्ती राष्ट्रलाई पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेका हुन् ।

तुलनात्मक रुपमा नेपालभन्दा अफगानिस्तान बलियो टोली मानिन्छ । पछिल्लो नतिजा र प्रतियोगितालाई हेर्ने हो भने पनि अफगानिस्तानले निकै छलाङ मारेको छ । तर नेपाल पनि कमजोर राष्ट्र भने होइन । यही एसीसी यु–१९ एसिया कपलाई हेर्ने हो भने पनि नेपालले क्रिकेटको पावर हाउस मानिने भारतलाई पराजित गरेको छ ।

भारतसामु १९ रनको विजयीमा नेपाली युवा टोलीले इतिहास रच्दै आफ्नो क्षमता देखाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अफगानिस्तानले पनि आफ्नो पहिलो खेलमा नै पाकिस्तानलाई  ५७ रनमा अलआउट गर्दै शानदार जित हात पारेको थियो । अफगानिस्तान समूह बी को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने नेपाल समूह ए को उपबिजेता बन्दै सेमिफाइनल पुगेको हो । 

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ विकेटको हार बेहोरेको थियो । बाँकी दुई खेलमा उत्कृष्ट पुनरागमन गर्दै भारतलाई १९ र आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने श्रीलंकासँग ६१ रनले पराजित भएको थियो । आफ्नो अन्तिम खेलमा भने युएईलाई १३४ रनले पराजित गरेको थियो ।

Global Ime bank

नेपाली यु–१९ टिमका मुख्य प्रशिक्षक विनोद दासले अफगानिस्तानलाई हराउन निकै मुस्किल पर्ने बताउँदै नेपाली टोली पनि कमजोर नरहेको बताए ।

उनले भने “अफगानिस्तानसँगको खेल सबैभन्दा महत्वपूर्ण छ । हामीले केही महिना अघि मात्रै अफगानिस्तानसँग २ वटा खेलमा पराजित भएका थियौं । त्यसपछि हामीले बलिङ ब्याटिङ र फिल्डिङमा धेरै परिवर्तन गरेका छौं । शुक्रबार हुने खेल पहिलेको भन्दा अलिक फरक हुनेछ । हाम्रो योजना छ त्यही योजनाअनुसार खेल्नेछौ ।”

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटाले सेमिफाइनल खेल नेपालको लागि फाइनल सरह भएको बताएका छन् ।

“भारतलाई मलेसियालाई पराजित गरेको छ भने बंगलादेशसँग राम्रो खेलेको थियो । हाम्रो खेलाडीमा जोस छ । त्यहीअनुसार खेल्यो भने नेपालले अवश्य जित्छ । तर ब्याटिङमा अलिक बलियो हुनुपर्छ । २५०÷२६० को स्कोर लगायो भने नेपालले जित्ने सम्भावना बढि हुन्छ ।”

उनले अघि थपे “अफगानिस्तानलाई दबाब रहेको छ । भारतलाई पराजित गरेको टिमसँग खेल्दा पक्कै पनि दबाब हुनेछ । आईसीसी यु–१९ विश्वकप छनोट हराएको बदला लिने नेपालको लागि राम्रो मौका पनि हो ।”

कुन पक्ष अब्बल ?
 

जारी एसिया कपमा नेपालको ब्याटिङ भन्दा बलिङ नै सबल पक्ष हो । नेपालले जारी प्रतियोगितामा २ वटा खेलमा पहिले ब्याटिङ गरेको छ जसमा भारतविरुद्ध १८५ रन र बंगलादेशविरुद्ध वर्षाका कारण छोट्याइएको खेलमा १६७ रन बनाएको छ । बलिङतर्फ भने भारत र मलेसियालाई अलआउट गरेको थियो । मलेसियालाई ४५ रनमा अलआउट गर्दै नेपालले आफ्नो बलिङको प्रभाव देखाएको छ । बंगलादेशको पनि ८ विकेट लिएको थियो । 

जारी प्रतियोगितामा अफगानिस्तानको सबल पक्ष भनेको ब्याटिङ देखिएको छ । त्यो युएई विरुद्धको खेलबाट पनि प्रस्ट हुन्छ । वर्षाको कारण २० ओभरमा छोट्याईएको खेलमा अफगानिस्तानले २२४ रन बनाएको थियो । श्रीलंका विरुद्ध खासै चल्न नसकेको अफगानिस्तानको ब्याटिङ युएई विरुद्धको प्रदर्शन बारे नेपालका मुख्य प्रशिक्षक विनोद दासले कसरी लिएका छन् ?

दुबै टिमका कस्ता खेलाडी ?
 

जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा सिनियर टिमबाट खेलिसकेको नेपालका २ खेलाडी छन् । कप्तान दिपेन्द्रसिंह ऐरी र सन्दिप लामिछाने । सन्दिप लामिछानले २०१६ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिविया विरुद्धको खेलबाट राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका हुन् । त्यस्तै, दिपेन्द्रसिंह ऐरी २०१७ मा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्यासँगको खेलबाट डेब्यु गरेका थिए ।

कप्तान दिपेन्द्रसिंह ऐरी अलराउण्डर हुन् भने सन्दिप बलर हुन् । जारी प्रतियोगितामा यी दुबै खेलाडी निकै फममा छन् । दुबैले उत्कृष्ट प्रदर्शन गरेका छन् । भारतलाई पराजित गर्न कप्तान दिपेन्द्रले ८८ रन बनाएका थिए भने बलिङतर्फ ४ विकेट लिएका थिए । सन्दिपले मलेसिया विरुद्ध ५ विकेट लिन सफल भएका थिए । 

नेपाली टिममा अन्य अनुभवी र क्षमतावान खेलाडी पनि छन् । आसिफ शेख, अनिलकुमार शाह, रोहित कुमार पौडेल, प्रनित थापामगर, भिम शार्की र सन्दिप सुनार जस्ता राम्रा ब्याट्सम्यान छन् । अफगानी बलरसामु यी ब्याट्सम्यानलाई रोक्न निकै चुनौती छ ।

बलिङमा झनै नेपाल बलियो टिम हो । कप्तान दिपेन्द्र, अनिल कुमार शाह, जितेन्द्र सिंह, रोहित कुमार पौडेल, किशोर महतो, पवन सर्राफ जस्ता अलराउन्डर छन् । सन्दिप लामिछाने, कमलसिंह ऐरी, शाहव आलम जस्ता बलरले नेपालका लागि जित दिलाउन सक्छन् ।

अफगानी खेलाडी पनि निकै राम्रा फममा छन् । दर्विश अब्दुल रसोलले निकै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा चिनिन्छन् ।

उनले युएईविरुद्ध नटआउट शतक प्रहार गर्दै १०५ रन बनाएका थिए । रहमनुल्लाह गुर्बाज पनि अफगानिस्तानको निकै प्रभावशाली ब्याट्सम्यान हुन् । उनले अहिले सम्म ३ खेलमा ८३ रन बनाएका छन् । त्यस्तै, निसरुल हक वाहदट, इब्राहिम जाद्रन र इक्रम अलि खिल पनि राम्रा ब्याट्सम्यान हुन् ।

बलिङतर्फ अफगानिस्तानका मुजिव उर रहमान निकै फर्ममा छन् । उनले अहिलेसम्म जारी प्रतियोगितामा ३ खेलबाट ९ विकेट लिएका छन् । त्यस्तै, नभिन उल हक मुरिद, वफदार मोमन्दले नेपाली ब्याट्सम्यानलाई खतरा पार्न सक्छन् ।

हेड टु हेड
 

यु–१९ टिममा अफगानिस्तान र नेपाल अहिलेसम्म ९ पटक भेट भएको छ । जसमा लिड भने अफगानिस्तानले गर्दै आएको छ । अहिलेसम्म नेपालले यु–१९ टिममा अफगानिस्तानलाई ३ पटक पराजित गर्न सफल भएको छ भने बाँकी ६ खेलमा भने पराजय भोगेको छ । 

पछिल्लो समयमा अफगानिस्तानले निकै राम्रो प्रदर्शन गर्दै अघि बढिरहेको छ । आईसीसी यु–१९ विश्व कप क्रिकेट छनोटमा नेपाल अफगानिस्तानसँग दुबै खेलमा पराजित भएको थियो । त्यसैले अफगानिस्तान सेमिफाइनलमा उच्च मनोबलको साथ मैदानमा पुनः नेपाललाई पराजित गर्ने दाउमा रहेको छ । नेपाल भने विश्वकपमा स्थान बनाउन सपना तुहाउने अफगानिस्तानलाई रोक्दै फाइनलमा प्रवेश गरी इतिहास रच्ने दाउमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  ००:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC