site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तटस्थ मतदाता कांग्रेसप्रति आकर्षित भएका छन्
Sarbottam CementSarbottam Cement

नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय (डिना) प्रतिनिधिसभातर्फ मकवानपुर–२ मा उमेदवार बनेकी छन् । २०७० सालमा समानुपातिकबाट संसद सदस्य बनेकी उपाध्याय ०४८ र ०५१ को निर्वाचनमा मकवानपुर–२ बाटै प्रतिस्पर्धामा थिइन् । तर, पराजित भइन् ।
दुई पटक पराजय बेहोरिसकेकाले यसपटक जित्नेमा विश्वस्त छिन् उनी । प्रस्तुत छ, स्थलगत रिपोर्टिङका लागि हेटौँडा मकवानपुर पुगेको बाह्रखरीको टोलीले उनीसँग गरेको कुराकानी–

निर्वाचन प्रचारप्रसार कस्तो भइरहेको छ ?

आगामी निर्वाचनको लागि मैले मकवानपुर २ बाट प्रतिनिधिसभा सदस्यको उमेदवारी दिएको छु । भौगोलिक हिसाबले यो क्षेत्र ठूलो छ । हामीले निर्वाचन प्रसार(प्रचारको लागि प्रत्येक वडा(वडामा कमिटी बनाएका छौं । यस क्षेत्रको ६० प्रतिशत ठाउँहरुमा हामीले निर्वाचन प्रसार(प्रचारको कामहरु सकिसकेका छौं र अन्य ठाउँहरुमा पनि गर्ने तयारी अवस्थामा छौं ।

Prabhu Bank
Agni Group
NIC Asia

मतदाताको अपेक्षा के छ ?
निर्वाचन प्रचार(प्रसारमा अहिलेसम्म म पुगेको ठाउँहरुमा त्यहाँका मतदाताले धेरै गुनासोहरु पोखे । त्यहाँका मतदाताहरुले लामो समय एउटै पार्टीलाई भोट हालेको र जितेपछि फर्किएर नआएको, विकास निर्माणको कामलाई गति नदिएको जस्ता विधिध गुनासोहरु सुनाउनुभयो । त्यहाँ अझै पनि विकास निर्माणका कामहरु यथावत् नै छ । खानेपानी समस्या छ, स्वास्थ शिक्षाको विषयहरु यथावत् रहेको देखें । उहाँहरु हिजो आफूले मतदान गरेको नेताहरुप्रति वाक्क भएर बसेका छन् । 

एमाले र माओवादी एउटै वाम गठबन्धन बनाएर ठूलो जनाधारसहित चुनावी मैदानमा उत्रिएका छन्, तपाईंलाई कत्तिको चुनौति छ ?
हामीलाई पनि राप्रपा, नयाँ शक्तिलगायत दलहरुको सहयोग छ । संरचनाको हिसाबले गाउँ तहदेखि बुथसम्म हाम्रो पनि संगठन छ । हिजोको दिनमा मकवानपुरको अवस्थालाई हेर्न हो भने अहिलेको हकमा ५० प्रतिशतभन्दा बढी न्युट्रल मतदाताहरु रहेछन् । अहिले श्लोगन र चुनावी मुद्दा बलियो हुँदाखेरी थप मतदाताहरु डाइभर्ट भएको हामीले बुझ्यौं । 
त्यसैले वाम गठबन्धनका कारणले अथवा राजनीतिक हिसाबले म सशक्त कम्युनिष्ट हुँ भन्ने हिसाबले मत खसेको होइन । त्यसकारण अहिले हामीलाई सजिलो के भएको छ भने नेपालको लोकतान्त्रिक आन्दोलन र अहिलेसम्म नेपालको लोकतन्त्रलाई संरक्षण र सम्वर्द्धन गर्ने शक्ति नेपाली कांग्रेस हो भन्ने सन्देश हामीले दिन थाल्यौं ।

Global Ime bank

यो सन्देशले चाहिँ ५० प्रतिशतभन्दा बढी राजनीतिमा नलागेका न्युट्रल मतदाताहरु हाम्रो पार्टीप्रति आकर्षित भएका छन् । हामीले राखेको सानो कार्यक्रममा पनि हाम्रो एजेन्डालाई बुझेर त्यस्तो मतदाताहरु आउने गरेको आफूले बुझेका छन् । त्यसकारण वाम गठबन्धनका कारणले लोकतान्त्रिक गठबन्धनको भोट कम छ भन्ने होइन । मकवानपुरको मतदाता पार्टीसँग होइन, त्यहाँको विषयवस्तुसँग सरोकार राख्ने उमेदवार रोज्छन् । वाम गठबन्धनसँग आकर्षित भएको मैले देखेको छैन । 

यसअघि तपाईंको उमेदवारी कस्तो रह्‍यो ?
म यसअगाडि २०४८ र ५१ सालमा पनि चुनाव लडेको लडें, त्यसबेला मैले झिनो मतले चुनाव हारे । यो मेरो पहिलो चुनावी अनुभव होइन । म समानुपातिकमा संविधान निर्माण गर्नको लागि, महिलाहरुको मुद्दाहरु मुखरित गर्न समानुपातिकमा गएको हुँ र अहिले प्रत्यक्षमा रुपमा चुनाव लड्न फेरि आएँ । विद्यार्थी राजनीतिदेखि नै महिला हक हितको पक्षमा लड्दै आएको छु ।

२०४८ देखि ०५६ सम्म संसद्मा रहेर काम गर्नुभएको विरोध खतिवडासँग लड्दै हुनुहुन्छ, कानुनको ज्ञातासमेत ठान्ने खतिवडाको संविधान संशोधनमा आउने जटिलताहरुलाई फुकाउने खालको दाबी छ । त्यसो हुँदा तपाईं आफूलाई

सशक्त प्रतिस्पर्धी हुँ भन्ने आधारहरु केके छन् ?

दुईवटा निर्वाचन एमालेका विरोध खतिवडासँग लडें । दुईवटै निर्वाचनमा मैले हारें । मलाई विश्वास छ, तेस्रो निर्वाचनमा चाहिँ उहाँ मसँग हार्नुहुन्छ, त्यो कन्फिडेन्ट छ ममा । 

उहाँले ल पढेको हो, म पद्मकन्या पढेको हो । उहाँभन्दा म एक ब्याच जुनियर हुँ । मैले पनि पञ्चायतकालदेखि राजनीति गरेको हो । विषयवस्तु र राजनीतिक मुद्दाहरुमा उहाँको कानुनी भाषाभन्दा मलाई बढी ‍थाहा छ । संवैधानिक मस्यौदा समितिमा बसेर मैले बसेर काम गरेको छु । त्यसकारण विषयवस्तु र मुद्दाहरुमा हामीले जति लडेका छौं, उहाँलाई त्यो अनुभव छैन । उहाँ त मेरो प्रतिस्पर्धी हुँदै होइन । लामो समयसम्म उहाँको राजनीतिक ग्याप छ । त्यसकारण मकवानपुरको राजनीतिमा उहाँ विलय व्यक्ति हो । म विलय व्यक्ति होइन ।

राजसंस्थाको विरुद्ध नेपाली कांग्रेसले लामो समय राजनीतिक संघर्ष गर्‍यो,  आज राजा फर्काउन पर्छ भन्ने राप्रपालाई नै उमेदवार बनाएर कांग्रेसका नेता तथा कार्यकर्ताले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रसहितको घोषणापत्र मतदाताको घर(घरमा लैजानु परेको छ । तपाईंहरुलाई अप्ठयारो लागेको होला नि ?

हिजो १० वर्ष जनयुद्ध भनेर हिँडेका माओवादीसँग एमालेको वाम गठबन्धन बनेको छ । माओवादीलाई नेपाली कांग्रेसले राजनीतिक मूलधारमा ल्याएको हो । वाम गठबन्धनलगायत सम्पूर्ण कम्युनिष्ट शक्तिहरुलाई नेपालको राजनीतिमा र लोकतान्त्रिक पद्दतिमा ल्याउन नेपाली कांग्रेसले ठूलो भूमिका खेलेको छ । त्यसकारणले हामी हिजो पञ्चायकालदेखि विभिन्न आन्दोलनमा लागेको लोकतान्त्रिक आन्दोलनलाई संस्थागत गर्न हो । राप्रपा र कांग्रेसबीचको लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको लागि हो ।

राप्रपाले हाम्रो गठबन्धनमा आएर लोकतान्त्रिक आन्दोलनलाई सहयोग पनि गरिसक्यो । मकवानपुरमा हामीले राप्रपाका अध्यक्ष कमल थापालाई समर्थन गरेका छौं । कमल थापाले पनि लोकतान्त्रिक आन्दोलनलाई संस्थागत गर्न हाम्रो प्रतिबद्धता छ भन्नुभएको छ । आज एमाले र माओवादीले साम्यवादको कुरा उठाइरहँदा नेपाली कांग्रेसले पनि लोकतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा ल्याउनुपर्छ भन्ने सोचेर नै लोकतान्त्रिक गठबन्धन बनेको हो । त्यसैले हिजोका तिता नमिठा कुराहरुलाई बिर्सेर राप्रपासँग नेपाली कांग्रेस अगाडि बढेको हो ।

विपन्न, अल्पसङ्ख्यक र पिछडिएका जातीहरुको बाहुल्यता छ, उनीहरुलाई तपाईंले के गर्नुहुन्छ ?

मकवानपुरमा धेरै विपन्न, पिछडिएका र अल्पसंख्यक जातिहरु छन् । उनीहरुलाई हामीले विशेष व्यवस्था गर्ने योजनामा छौं  । त्यस्ता ठाउँहरुमा बाटो(घाटो, विजुली नपुगेका ठाउँहरुमा पनि हामीले विशेष निगरानी गरेका छौं । त्यसको साथसाथै यहाँ बस्ने वर्गको उत्थानको लागि विशेष प्राथमिकता बनाएका छौं । 

विभिन्न पार्टीहरु सरकारमा रहँदै गर्दै आफ्ना सांसद्हरुलाई जनता आवास कार्यक्रममा संयोजक बनाउँदा यहाँका चेपाङ जातीहरुको लागि केही गरेनन् । यसपटक जनता आवास कार्यक्रममा म संयोजक हुँदा ५ सय घरबारबिहीन चेपाङहरुको घर बनाउन सफल भएँ । अहिले पनि ४ हजार चेपाङहरु घरबार बिहीन छन् । ४ हजार चेपाङमध्ये आगामी वर्षमा २ हजार चेपाङको घर बनाउने मैले प्रतिबद्धता जाहेर गरेको छु ।

मकवानपुरलाई २ नम्बर प्रदेशको प्रादेशक राजधानी बनाउनुपर्छ भन्ने यहाँको मतदाताको माग छ, यसमा कांग्रेसको धारणा के छ ?
मकवानपुरलाई प्रादेशिक राजधानी बनाउने भनेर नेपाली कांग्रेसले नै पहल गरेको हो । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बित्तिकै इन्द्र बानियाँ र म गएर मकवानपुरलाई प्रादेशिक राजधानी बनाउनुपर्छ भनेर ज्ञापनपत्र बुझाएका हौं । यहाँ प्रादेशिक राजधानी बनाउनुपर्छ भनेर अहिले राप्रपाका अध्यक्ष कमल थापाले पनि कुरा उठाउँदै आउनुभएको छ, त्यसले गर्दा हामीलाई पनि सहयोग मिलेको छ । मलाई विश्वास छ, मतदाताको मागलाई पूरा गर्न हामी सफल हुनेछौं ।

चुनाव चित्नुभयो भने यस ठाउँको लागि के गर्नुहुन्छ ?

मकवानपुरमा आर्थिक समृद्धिको लागि धेरै सम्भावना रहेको ठाउँहरु रहेका छन् । यहाँ पुरानो एतिहासिक पर्यटकीय ठाउँ दामनपालुङ छ । त्यस स्थलको पुननिर्माणको लागि मेरो विशेष जोड रहने छ । यीलगायत मकवानपुर जिल्लामा धेरै खानीहरु रहेका छन्, त्यसमा पनि मेरो विशेष योजना रहेको छ । 

मकवानपुरलाई औद्योगिक क्षेत्र घोषणा गर्ने पनि योजना छ । मकवानपुरमा बसोबास गर्ने चेपाङहरुले गुणस्तरीय शिक्षा र स्वास्थ्य शिक्षाको अभाव व्यहोरिरहेका छन् । त्यस्ता जातीहरुको लागि पनि विशेष व्यवस्था गर्नेछु । अर्को महत्वपूर्ण कुरा हामीले संविधान बनाउँदै गर्दा जसरी महिलाहरुको अधिकार सुनिश्चित गर्न सक्यौं । तर, महिलाहरुको अधिकार के हो भन्ने कुराहरु गाउँ ठाउँसम्म पुर्‍याउन सकेको छैन । 

संविधान सभामा बसेर हामीले जसरी महिलाहरुको प्रतिनिधित्व गाउँ तहदेखि निर्णय तहसम्म गराउन सफल भयौं, त्यसरी नै स्थानीयदेखि राष्ट्रिय स्तरसम्म महिलाहरुलाई सशक्त र गुणस्तरीय बनाउने काममा पनि मेरो ध्यान जानेछ ।

चुनाव हार्नुभयो भने के हुन्छ ?
चुनाव हार्छु भन्ने सोचेको छैन । त्यसैले त्यो बारेमा म कुरा नै गर्न चाहान्न ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC