site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
कांग्रेस र विप्लव माओवादी मिलेको आरोप
Sarbottam CementSarbottam Cement

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस तथा निर्वाचन बिथोल्ने क्रियाकलापमा लागेको नेत्रविक्रम चन्द ‘विप्लव’ को नेपाल कम्युनिस्ट पार्टीबीच साँठगाँठ भएको आरोप कम्युनिस्ट गठबन्धनका नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आरोप लगाएका छन् । बुधबार एक पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सरकारको निर्वाचन नगर्ने मनसाय अझै समाप्त भइनसकेको देखियो,’ भन्दै सरकारलाई सीमाभित्र रहेर काम गर्न चेतावनी पनि दिएका छन् । 

सरकार आफैँ निर्वाचन बिथोल्ने समूहसँग मिलेर निर्वाचन विथोल्ने कार्य गर्दैछ भन्ने विपक्षीहरूको आरोप धेरै गम्भीर आरोप हो । कम्युनिस्ट गठबन्धनको उमेदवारलाई छानीछानी आक्रमण गर्न थालिएकाले ओलीले यस्तो आरोप लगाएको भनिए पनि सरकारले त्यसको जबाफ दिएको छैन । निर्वाचन आयोगलेभने निर्वाचन कार्यक्रम प्रभावित नहुने आश्वासन दिएको छ । 

यो समाचारलाई आजको राजधानी, अन्नपूर्ण पोस्ट तथा हिमालय टाइम्सले प्रथम पृष्ठमा स्थान दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

वैदेशिक रोजगार विभागका महानिर्देशक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । कान्तिपुरको एक चौथाई प्रथम पृष्ठ ओगटेको यो समाचारअनुसार एक दिनअघि विभागका दुई कर्मचारीलाई १० लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको र सो रकम लिने कार्यमा पाण्डेको सहमति र सहयोग देखिएपछि बुधबार पाण्डे पक्राउ परेका थिए । एसआरएस ओभरसिज भन्ने म्यान पावर कारबाहीमा परेको र उसले अदालतमा गएर मुद्दा जितेर आउँदा पनि कारोबार फुकुवा नगरेर घुस मागेको विवरण कान्तिपुरले प्रकाशित गरेको छ । 

Global Ime bank

कान्तिपुरका कृष्ण ज्ञवाली तथा होम कार्कीले तयार पारेको समाचारको तल कसरी घुस आउँछ वैदेशिक रोजगार विभागमा भन्ने बक्स पनि छ । सो समाचारअनुसार दैनिक काममा जाने व्यक्तिसँग कामदार हेरी रु. ५०० देखि एक हजार र स्वास्थ्य बीमाको रु. ६०० समेत गरी दैनिक करिब २० लाख रुपैयाँको घुसखोरी भइरहेको छ । 

पाण्डेको पक्राउलाई हिमालय टाइम्सले मुख्य समाचार नै बनाएको छ भने नागरिक तथा गोरखापत्रले मध्य भागमा सानो समाचार बनाएका छन् । राजधानी, नयाँ पत्रिका तथा अन्नपूर्ण पोस्टले यो समाचारै प्रकाशित गरेका छैनन् ।

व्यक्तिगत चन्दा संकलनको मार

आजको अन्नपूर्ण पोस्टले व्यक्तिगतरूपमा व्यापारी र उद्योगपति कसरी निर्वाचनको बेला चन्दाको चपेटामा पर्छन् भन्ने विषयमा समाचार बनाएको छ । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले कसरी फोन बन्द गरेर बस्नु परेको छ भन्ने उदाहरणसहित उत्तम काप्री तथा सुजित महतको समाचारको प्रस्तुतीकरण पठनीय छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पहिले बैंकको खाताबाट चेक काटेरै सहयोग दिने गरेकोमा सो पैसालाई खर्चको रूपमा कर कट्टी गर्न नपाएपछि यसपल्टदेखि व्यक्तिगत खाताबाट दिने गरेको पनि समाचारमा जनाइएको छ ।

चन्दाको दबाबले बस्नेतले आफूले रेकर्ड गरेको नम्बरबाहेक अन्य नम्बरबाट फोन नआउने पनि बनाएको पत्रिकालाई बताएका छन् । पूर्व सचिव रामेश्वर खनाललाई उद्धृत गर्दै पोस्ट लेख्छ, ‘कांग्रेसमा गुटबन्दी चर्किन थालेपछि गिरिजाप्रसाद कोइरालाले आफैले पैसा संकलन गर्ने र कार्यकर्तालाई वितरण गर्ने रणनीति अपनाउन थालेका थिए ।’ उनका अनुसार यो तरिका सफल भयो र एमालेका नेता केपी ओली, माओवादीका पुष्पकमल दाहाल तथा राप्रपाका कमल थापाले पनि यही तरिका पछ्याए । यसरी व्यक्तिगतरूपमा पैसा बाँड्दा आफूलाई पनि सम्पत्ति हुने र कार्यकर्ता पनि आफूप्रति अनुगृहित हुने हुनाले धेरै नेताले यो तरिका अपनाएको खनालले बताएका छन् ।

समानुपातिकमा बढीमा ६ दलले सिट पाउने

नयाँ पत्रिकाले प्रकाशित गरेको मुख्य समाचारअनुसार संविधानको प्रावधानमा राष्ट्रिय दल हुनका लागि कम्तीमा ३ प्रतिशत मत तथा प्रत्यक्षमा एक सिट जित्नुपर्ने भएकाले ४ जना सांसद पु¥याउन सक्ने दलमात्र राष्ट्रिय दल हुने र त्यसभन्दा कम पुगेमा सांसदको हैसियत स्वतन्त्र हुनेछ । अहिलेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता संख्या १ करोड ५४ लाख पुगेको र त्यसको ३ प्रतिशत करिब तीन लाख मत हुने कारणले सो मत संख्या कटाउन राप्रपा र राजपालाई समेत सहज नहुने नयाँ पत्रिकाले लेखेको छ ।

स्थानीय निर्वाचनको तीन प्रतिशतका दरले कांग्रेस, एमाले, माओवादी, संघीय समाजवादी फोरम र राप्रपामात्रै राष्ट्रिय पार्टी हुनसक्ने संभावना नयाँ पत्रिकाले देखेको छ । तर, नयाँ पत्रिकाले कुन ६ दलले सिट पाउँछन् सो भने खुलाएको छैन । अर्थात्, शीर्षकमा भने अनुसार समाचारमा ६ दलको नाम ठ्याक्कै दिइएको छैन । यस अर्थमा पाठक शीर्षकबाट झुक्किन सक्छन् । 

सम्पादकीय

राजनीतिक व्यक्ति पहिले समाज र मुलुक परिवर्तनको ठेकेदार ठानिन्थ्यो र यो शब्दले त्यति धेरै नकारात्मक अर्थ पनि दिँदैनथ्यो तर अहिले ठेकेदार भनेको काम पूरा नगर्ने, अलपत्र पारेर छाड्ने र पैसा कमाउन जे गर्ने पनि व्यक्ति हो भन्ने छाप परेको छ । नागरिक सम्पादकीयमा लेख्छ, यस्ता व्यक्तिले अब मुलुकको जिम्मेवारी लिन थालेका छन् । समाजमा योगदान गर्ने, मुलुक परिवर्तनको सपना देख्ने र इमानदार व्यक्ति मूलधारको राजनीतिबाट पलायन हुने अवस्था सिर्जना हुनथालेको र त्यस्ताको ठाउँ आपराधिक पृष्ठभूमि भएका मुलुकको कामको ठेक्का लिएर पूरा नगर्ने पैसावालाले लिएका छन् भन्दै नागरिकले अहिलेका धेरै पार्टीका उमेदवारप्रति असन्तोष प्रकट गरेको छ ।

चुनाव बिस्तारै इमानदारी र नैतिकताले होइन पैसा र प्रभावबाट जित्ने अवस्था मुलुकमा देखिन थालेको छ भन्दै नागरिक लेख्छ, ‘झन्डै १० अर्ब रुपैयाँ बराबरका सार्वजनिक निर्माण ठेक्का हात पारेर अलपत्र पार्नेहरू मुलुक बनाउने सपना बेच्दै यतिबेला निर्वाचन मैदानमा ओर्लिनु आफैँमा चिन्ताजनक विषय हो ।’

बिहीबार प्रकाशित नयाँ पत्रिका, राजधानी तथा हिमालय टाइम्सले निर्वाचनमा देखिएको असुरक्षाको विषयमा सम्पादकीय लेख्दै उमेदवार सुरक्षाको विषय उठाएका छन् । उमेदवारमाथि आक्रमणका घटना बढ्दै जाँदा मनोवैज्ञानिक त्रास फैलिएको विषयमा नयाँ पत्रिकाले चिन्ता प्रकट गरेको छ । हिमालय टाइम्सले यस्तो निर्वाचन बिथोल्ने प्रयास सबैको साझा चुनौतीको रूपमा हेरेको छ भने राजधानीले उमदेवारको सुरक्षामा विशेष ध्यान पु¥याउन सचेत गराएको छ । 

आज प्रकाशित कान्तिपुरले नेपाली क्रिकेटले देखाएको संभावनालाई स्वागत गर्दै अब मैदानबाहिर जाग्नुपर्ने बेला भएको कुरा उठाएको छ । पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्नेमा कान्तिपुरको जोड छ । त्यस्तै अन्नपूर्ण पोस्टले पनि युवा क्रिकेटरको विजयी अभियानको उत्साहलाई उत्सव बनाएको छ भने गोरखापत्रले युवा टोलीलाई शुभकामना दिएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC