site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पैसा ‘डिल’ गरेको अडियो भेटिएपछि वैदेशिक रोजगार विभागका महानिर्देशक पक्राउ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगार विभागमा कार्यरत शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायव सुब्बा खड्ग केसीलाई मंगलबार बेलुका पक्राउ गरिएको थियो अदालतमा चलिरहेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिँदै गर्दा बानेश्वरको एक रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

रेष्टुरेन्टमा रकम बुझेर खाजा खाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुको बयानका आधारमा र विभागका महानिर्देशक पाण्डेको अडियो पनि फेला परेपछि पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहप्रवक्ता खगेन्द्र रिजालले बताए ।

“हिजो पक्राउ परेका दुईजनाको बयानको आधारमा र उनले पैसा डिल गरेको अडियो पनि फेला पारेपछि हामीले पक्राउ गरेका हौं,” रिजालले बाह्रखरीसँगको कुराकानीका क्रममा भने ।

Global Ime bank

म्यानपावर ठगीको मुद्दा मिलाइदिने नाममा उनीहरुले घुस मागेका थिए । पीडित पक्षले घुसदिनुभन्दा अघि नै अख्तियारमा जानकारी गराएको बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC