राजनीति
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन भयरहित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सम्पूर्ण नेपालीको दायित्व भएको बताएका छन् । प्रदेश नम्बर ७ को धनगढीमा बुधबार आयोजित क्षेत्रीय सुरक्षा गोष्ठी कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।
चुनाव भनेको लोकतन्त्रको प्राण हो । चुनावले नै सम्पूर्ण नेपालीको भाग्य कोर्ने भएकाले यसलाई शान्तिपूर्ण रुपमा सम्पन्न सम्पन्न गराउनु सम्पूर्ण नेपालीको दायित्व हो, देउवाले भने ।
हाल केही जिल्लाहरुमा निर्वाचन विरोधी गतिविधि भएकाले त्यस्ता क्रियाकलापलाई नियन्त्रण गर्न सुरक्षा निकायले सक्रियता देखाउनुपर्ने उनले बताए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४ १२:५१
प्रतिक्रिया दिनुहोस्