site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
उमेदवारमाथि आक्रमण बढ्यो, विप्लव समूह ‘थ्रेट’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

यही मंसिर १० गते र २१ गते हुने प्रदेश  सभा र प्रतिनिधिसभाको निर्वाचनको मतदानको दिन नजिकिँदै गर्दा उमेदवारमाथि आक्रमणका घटना पनि बढ्दै गएका छन् । अहिलेसम्म रुकुममा नेकपा (माओवादी केन्द्र)का उमेदवार जनार्दन शर्मामाथि रेडबुल बम प्रहार, माओवादीकै वर्षमान पुनमाथि गोलीद्वारा आक्रमण, संखुवासभामा कम्युनिस्ट गठबन्धनका उमेदवार चढेको गाडी एम्बुस पारेर आक्रमण, म्याग्दीको बेनीमा नेपाली कांग्रेसका उमेदवारलाई लक्षित गरेर बम प्रहार तथा भोजपुरमा एमालेका उमेदवार शेरधन राईमाथि बम प्रहारका घटना सार्वजनिक भएका छन् ।
 
यस्ता आक्रमणको कारणले निर्वाचनको दिनसम्म पुग्दा हिंसात्मक घटना बढ्ने आशंका हुँदा उमेदवार तथा कार्यकर्तामा सुरक्षाको चिन्ता बढेको छ । यस विषयलाई आजका हिमालय टाइम्स, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट तथा राजधानी दैनिकले मुख्य समाचार बनाएका छन् । हिमालय टाइम्सले सबै घटनाको विवरणसहित समाचार बनाएको छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रमणकारीलाई कडा कारवाही गरिने भनेर बोलेको विषय एउटा बक्समा छ भने अर्कोमा एमालेका अध्यक्ष केपी ओलीले शान्तिपूर्ण निर्वाचनको ग्यारेन्टी मागेको समाचार छ ।
 
राजधानीले आक्रमणको सिलसिलाको विवरण बक्समा दिएको छ । यही २४ कात्तिक २०७४ मा पूर्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि बम प्रहार, २५ कात्तिकमा पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनमाथि बम प्रहार, २६ कात्तिकमा वर्षमान पुनमाथि दोस्रो आक्रमण, २८ कात्तिकमा भोजपुरमा पूर्व सञ्चारमन्त्री तथा एमाले नेता शेरधन राईमाथि बम प्रहार तथा २८ कात्तिकमा संखुवासभाका कम्युनिस्ट गठबन्धनका उमेदवार राजेन्द्र गौतम र पूर्णप्रसाद राईलाई लक्षित गरी बम प्रहार भएका घटना यस विवरणमा उल्लेख गरिएको छ । नयाँ पत्रिकाले पनि आक्रमणको शृंखलालाई नम्बरसहित प्रस्तुत गरेको छ ।
 
अन्नपूर्ण पोस्टले चुनावको ‘थ्रेट’ विप्लव समूह भनेर शीर्षक दिएको छ । सरकारले चुनावको मुख्य चुनौती नेत्रविक्रम चन्द ’विप्लव’को पार्टीलाई ठहर गरे पनि कारवाहीको स्पष्ट नीति नबनाउँदा सुरक्षा निकाय अलमलमा परेको भन्ने पोस्टको समाचारमा लेखिएकोे छ । स्थानीय तहकै निर्वाचनलाई आधार मानेर केही काँटछाँट गरी बनाइएको ‘एकीकृत सुरक्षा रणनीति’ अनुसार प्रहरी परिचालन भए पनि विप्लवका पछिल्ला गतिविधिका कारण प्रहरी परिचालनमा व्यापकता दिनुपर्ने निष्कर्षमा प्रहरी मुख्यालय पुगेको पोस्टमा सुवास गोतामेले लेखेका छन् । विप्लव माओवादीले स्थानीय निर्वाचनमा आफ्नो वर्चस्व नदेखेपछि भौतिक कारवाहीमा लागेको र पहिले माओवादी तथा एमालेलाई केही नगर्ने भनिए पनि अहिले तिनैमाथि आक्रमणको सिलसिला बढेको देखेर इन्टेलिजेन्सको नीति फेरिएको पनि पोस्टले लेखेको छ ।
 
नेपाल पहिलोपटक सेमिफाइनलमा
 
१९ वर्ष उमेर समूहभन्दा तलको एसीसी एशिया कप क्रिकेट प्रतियोगितामा मलेसियामाथि ८ विकेटको विजय प्राप्त गरेसँगै नेपाली यु–१९ क्रिकेट टिम पहिलोपल्ट एसिया कपको सेमिफाइनलमा पुगेको छ । आइतबार भारतलाई १९ रनले जितेको नेपालले मंगलवार मलेसियालाई १५।३ ओभरमा ४५ रनका समेट्दै सहज जित हात पारेको थियो । यो समाचारलाई सबै पत्रिकाले महत्त्व दिएका छन् । गोरखापत्र, राजधानी, कान्तिपुर, हिमालय टाइम्स, नागरिक तथा नयाँ पत्रिकाले करिब मुख्य समाचार नै बनाएका छन् । अन्नपूर्ण पोस्टले भने यस समाचारलाई खेलकुद पृष्ठमा ब्यानर समाचार बनाएको छ ।
 
गौचन हत्याकाण्डका सुटर समातिए नाइके फरार
 
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न गोली चलाउने हत्यारादेखि केही सहयोगीलाई प्रहरीले गिरफ्तार गरेर हिजो सार्वजनिक गरेको छ भने मुख्य योजनाकार समीरमानसिंह बस्नेत अझै फरार रहेको पनि प्रहरीले जनाएको छ । यो समाचारलाई अधिकांश दैनिक पत्रिकाहरूले मुखपृष्ठको मध्य भागमा प्रकाशित गरेका छन् । कान्तिपुर, नागरिक, राजधानी, नयाँ पत्रिका तथा गोरखापत्रले प्रथम पृष्ठमा स्थान दिएका छन् तर हिमालय टाइम्स तथा अन्नपूर्ण पोस्टले यो समाचारलाई भित्री पृष्ठमा प्रकाशित गरेको छ । यस घटनामा गोली चलाउने राजीव स्याङ्तान तथा सहयोगी चार जना गिरफ्तार भएका छन् भने मुख्य योजनाकार तथा अन्य अझै फरार नै छन् ।
 
प्रहरीले दिएको जानकारीअनुसार यो हत्या मुख्यतः पैसा असुलीको लागि नै भएको देखिन्छ । पैसा असुलीका लागि फोन गरेर धम्क्याउँदा पैसा नदिएपछि नयाँ बानेश्वरको प्रयाग मार्गको आफ्नो निजी निवासबाट बाहिरिनेबित्तिकै गौचनमाथि गोली प्रहार भएको थियो ।
 
व्यापारीको कब्जामा तरकारीको भाउ
 
नयाँ पत्रिकाले तरकारीको भाउमा किसानको नभएर विचौलियाको दबदबा भएको समाचार एन्कर बनाएको छ । तरकारीको फोटो सहित प्रकाशित सो समाचारमा हरियो सिमिको बजारमा १२० रुपैयाँ प्रति किलो परेपनि किशानले केवल रु।३० पाउने, काउली रु।१४० बजारमा पर्ने तर किशानले पाउने रु।४५, गोलभेंडा किसानले पाउने रु।६० तर विक्री मूल्य रु।१४०, मुला १५ पाउने ६०मा विक्री, लौका २५ पाउने ६५ मा विक्री गरेको देखिन्छ । हरियो प्याज भने १५० मा विक्री हुँदा किशानको हातमा १०० रुपैयाँ सम्म पर्ने नयँ पत्रिकाको समाचारले देखाएको छ ।
 
सम्पादकीय
 
बुधबार प्रकाशित गोरखापत्र, हिमालय टाइम्स तथा नयाँ पत्रिकाले सरकारले चीनको गेजुवा कर्पोरेसनसँग खारेज गरेको बुढीगण्डकी निर्माणको सम्झौतालाई तीन प्रकारले हेरेका छन् । तीनैवटा पत्रिकाले बुढीगण्डकी सरकारको नीतिगत अस्थिरताको रूपमा हेरेका छन् तर दृष्टिकोण अलि फरक छ । नयाँ पत्रिकाका अनुसार यो निर्णय गरेर सरकारले आफ्ना दुइटै खुट्टामा बन्चरो हानेको छ ।

किनभने यो योजना चिनियाँ कम्पनीले गरेको खण्डमा समयमै सकिने आशा गरिएको थियो भने अब चिनियाँ लगानी भित्रिने विषयमा पनि शंका भएको छ । नयाँ पत्रिका यो आयोजना रद्दको विरुद्ध देखिन्छ । अन्नपूर्ण पोस्टले आयोजना रद्दलाई समर्थन गरेर हिजै सम्पादकीय लेखिसकेको छ । गोरखापत्रले पनि आयोजना रद्दको विषयलाई समर्थन गर्दै अब यो आयोजना पनि सम्भव भएसम्म आन्तरिक पुँजीबाटै विकास गर्न सुझाव दिएको छ ।

हिमालय टाइम्सले यो विषयमा अलि मध्यमार्ग लिने कोसिस गरेको छ । टाइम्सले सम्झौता गर्ने र रद्द गर्ने दुवै प्रक्रियामा सरकार अत्यन्त हलुका ढंगले अघि बढेको भन्दै यस्तो निर्णय गैरजिम्मेवारीपूर्ण तथा विश्वसनीयता कमजोर बनाउने ढंगको हुने सम्पादकीयमा लेखेको छ ।
 
नागरिक तथा कान्तिपुरले औषधिमा बिचौलियाको चलखेल र जनताको सहज पहुँच नभएको विषयमा सम्पादकीय लेखेका छन् । नेपालको औषधिको बजार ४० अर्ब बराबरको भएको र यसको ४५ प्रतिशतमात्र आन्तरिक उत्पादनले थेगेको भन्दै कान्तिपुरले औषधिमा बिचौलियाको प्रभाव रोक्नुपर्ने विषयमा जोड दिएको छ । राज्यले औषधिको मूल्य घटाउन प्रयास गर्दा उत्पादक, बिचौलिया र आयातकर्ताले अस्थिर राज्य संयन्त्रलाई प्रभावित पार्नसक्ने भन्दै यसमा निगरानीको लागि पनि कान्तिपुरले आह्वान गरेको छ । नागरिकले औषधिको सर्वसुलभता तथा कम मूल्यले गरिबी हटाउनसमेत सहयोग गर्ने भन्दै खुला बजार नीतिका नाममा बिरामीलाई लुट्ने कार्य बन्द गर्न आह्वान गरेको छ ।
 
बुधबारको राजधानीले बजार मूल्यमा देखिएको अनियन्त्रणमा सरकार मौन रहेको विषयमा असन्तोष जनाएको छ भने अन्नपूर्ण पोस्टले सवारी प्रदूषण नियन्त्रण गर्न माग गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC