एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा रुसले स्पेनलाई बराबरीमा रोकेको छ । मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा रुसले स्पेनलाई २ – २ गोलको बराबरीमा रोकेको हो ।
रुसको घरेलु मैदानमा भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा स्पेनले बराबरी खेलेको हो । खेलको नवौं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । खेलको ३५ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई २ – ० को अग्रता दिलाए । तर, खेलको ४१ औं मिनेटमा रुसका फेडोर स्लोमोभले एक गोल गरेपछि पहिलो हाफ २ – १ को स्थितिमा पुग्यो ।
दोस्रो हाफको ५१ औं मिनेटमा रुसका मिरानचुकले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए । त्यसको तीन मिनेट नबित्दै रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई ३ – २ को अग्रता दिलाए । तर, खेलको ७० औं मिनेटमा स्लोमोभले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ३ – ३ को बराबरीमा सकिएको थियो ।
आगामी बर्ष रुसमा हुने विश्वकपको तयारीका लागि घरेलु टोलि र स्पेनले मैत्रीपूर्ण खेल खेलेका हुन् । मैत्रीपूर्ण खेल अन्तर्गत नै बेल्जियमले जापानलाई १ – ० ले पराजित गर्दा वेल्सले पानामासँग १ – १ गोलको बराबरी खेलेको छ ।