एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल र इंग्ल्यान्डले बराबरी खेलेका छन् । मंगलबार राति इंग्ल्यान्डमा भएको खेलमा घरेलु टोली र ब्राजिलले गोलरहित बराबरी खेलेका हुन् ।
वेम्बली स्टेडियमा घरेलु टोलि इंग्ल्यान्डमाथि बल पोजिसनमा पकड जमाएपनि ब्राजिलले जित निकाल्न सकेनन । खेलमा ब्राजिलले इंग्ल्यान्डबिरुद्ध ९ पटक पोष्ट आक्रमण गरेको थियो । तर, ब्राजिलको आक्रमणमा इंग्ल्यान्डका गोल रक्षक र डिफेन्डर बाधक बनेका थिए । यता, इंग्ल्यान्डले पनि केहि गोलको अवसर खेर फालेका थिए ।
आगामी बर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीका लागि दुई टोलीले मैत्रीपूर्ण खेल खेलेको हो । रुस विश्वकपमा दुवै टोलीले स्थान बनाई सकेका छन् । मैत्रीपूर्ण खेल अन्तर्गत नै मंगलबार राति पोर्चुगललाई अमेरिकाले १ – १ गोलको बराबरीमा रोकेको छ ।