site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रौतहट रौतहट गरुडास्थित श्रीराम सुगर मिल्सको उखु महाप्रबन्धकसहित दुईजना कर्मचारी र उनीहरु चढेको गाडी किसानले आफ्नो नियन्त्रणमा लिएको छ । 

मिललाई उखुु दिनका लागि किसानलाई जानकारी दिन गएका मिलका उखु महाप्रबन्धक चन्द्रशेखर तिवारी, फार्म प्रमुख रामकिशोर सिंह र उनीहरु चढेको ना २ च ६५०१ नंको जिपलाई विजयपुुर लक्षमिनियाका किसानले नियन्त्रणमा लिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

फतुआ विजयपुर नगरपालिकाका किसानलाई भेटेर आउने क्रममा आज अपराह्न २ बजेबाट गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लक्षमिनिया, दुधिअवा, हनुुमानगन्जका किसानले मिललाई दिएको उखुुको करिब रु एक करोड २५ लाख बक्यौता रकम पछिल्लो चार वर्षदेखि भुक्तानी नदिएका कारण आक्रोशित किसानका समूहले भुक्तानीको मागसहित मिल्सको गाडी र कर्मचारीलाई नियन्त्रणमा लिएको बताएका छन् । 

सो मिलका सञ्चालक एवम् उद्योगपति दिवाकर गोल्छाले पटक पटक रकम दिइने प्रतिवद्धता गर्दै आएपनि अहिलेसम्म सो बाँकी बक्यौता रकम उपलब्ध नगराएकाले बाध्यभएर किसानले गाडीसहित कर्मचारीलाई नियन्त्रणमा लिनुपरेको स्थानीय किसान विजय यादवले बताए ।  

Global Ime bank

नियन्त्रणमा लिएको १ घण्टापछि कर्मचारीसहित गाडीलाई इलाका प्रहरी कार्यालय विजयपुरको जिम्मा लगाएको र उनीहरुलाई करिब दुई दर्जन किसान निगरानी गरिरहेका छन् । 

उखुु महाप्रबन्धक तिवारीले पछिलो बक्यौता क्रमशः तिर्दै जाने र नयाँ उखुको रकम १५ दिनभित्र भुुक्तानी गर्ने बताए पनि किसानले तत्काल भुक्तानी दिनुपर्ने अडान राखेका छन् । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामकुुमार दानीले मिल कर्मचारी र किसानबीच छलफल भइरहेको बताए । उक्त एरियाका साथै जिल्लाभरिका किसानले मिललाई दिएको उखुबापत करिब रु २२ करोड बक्यौता छ । 

उद्योगपतिद्वय हृतेश गोल्छा र ललित अग्रवालले पटक पटक उद्योग मन्त्रालयमा समेत भुक्तानी दिने प्रतिवद्धता गर्दै आए पनि भुक्तानी नदिएको उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । बाँकी बक्यौता भुक्तानीका लागि पटक पटक मिलमा तालाबन्दी, मिल प्रशासनविरुद्ध आन्दोलन गर्दै आएको भए पनि उद्योगपतिले वास्ता न गरेको अध्यक्ष यादवको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC