site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रशिक्षक कोजी भन्छन्– फिलिपिन्ससँग अंक खोस्ने योजना सफल भयो 
Ghorahi CementGhorahi Cement

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत होम खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ । अवे खेलमा पराजित नेपालले मंगलबार घरेलु मैदानमा भएको खेलमा शिर्ष टोलि फिलिपिन्ससँग अंक खोसेको हो ।

एसिया कपको छनोटनजिक रहेको फिलिपिन्ससँग बराबरी खेल्दै अंक खोसेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योटुकी कोजीले आफ्नो लक्ष्यमा सफलता मिलेको बताएका छन् । खेलपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक कोजीले अंक खोस्ने लक्ष्य पुरा भएको बताएका हुन् । खेलपछि उनले भने, “ हाम्रो लक्ष्य १ अंक लिने थियो, त्यो पुरा भयो, तयारी अनुसार नै आजको नतिजा आएको हो ।”

छनोटबाट बाहिरिसकेको नेपाल गत चैतमा भएको पहिलो खेलमा फिलिपिन्ससँग ४ – १ ले पराजित भएको थियो । तर,  एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई बराबरीमा रोक्न सफल भयो ।  निकै  प्रतिस्प्रधात्मक बनेको खेलमा दुवै टोलीले पाएको मौकामा गोल गर्न नसक्दा अंक बाडेका हुन् । खेलको पहिलो हाफ फिलिपिन्स हावी भएपनि दोस्रो हाफमा नेपालले गोल गर्ने मौका पाएको थियो ।

Agni Group

पहिलो हाफमा फिलिपिन्सले केहि गोल गर्ने सुनौलो मौका गुमाएको थियो । खेलको १४ औं मिनेटमा कार्लोस मुर्गाले फ्री हेडमा गोल गर्न सकेनन । त्यस्तै ३५ औं मिनेटमा डिजोनको शशक्त प्रहार नेपालका किपर किरण चेम्जोङले बचाऊ गरे । दोस्रो हाफमा आक्रमण बनेको नेपालको  लागि खेलको ५७ औं मिनेटमा अन्जन बिष्टले गरेको कडा प्रहार फिलिपिन्सका किपरले बचाएका थिए । दोस्रो हाफमा चुस्त प्रदर्शन गरेको नेपालका लागि खेलको ७८ औं मिनेटमा विमल घर्ति मगरले गोल गर्न सकेनन ।

किपर बिट भएको अवस्थामा उनको प्रहार बाहिरिएको थियो । यस्तै ८३ औं मिनेटमा फिलिपिन्सको प्रहार गोल लाइनबाट बिशाल राईले बचाएका थिए ।

Global Ime bank

यो बराबरीपछि नेपाली टोलीका कप्तान अनिल गुरुङले सबैले मेहेनत गरेर खेलेको कारण बराबरी नतिजा आएको बताए । नेपाली राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेका कप्तान अनिलले भने, “हामीले लक्ष्य अनुसार खेल खेल्यो । बलियो टोलिसँग बराबरी खेल्नु ठुलो कुरा हो ।”

कप्तान अनिलले फिलिपिन्ससंगको खेलसंगै अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्यास समेत लिएका छन् । सन् २००७ मा राष्ट्रिय टिममा डेब्यु गरेका अनिलले नेपाली फुटबलमा ५० औं क्याप पूरा गर्दै सन्यास लिएका हुने  । उनले ९ अन्तर्रा्ष्ट्रिय गोल गरेका छन् ।
छनोटको समूह एफमा रहेको नेपाल अन्तिम खेल बाँकी रहदा ५ खेलबाट २ खेलमा बराबरी र तीन खेलमा पराजित हुँदै २ अंकसहित तालिकामा पुछारमा रहेको छ ।

नेपालले यमनसँग अवे खेल खेल्न बाँकी छ । फिलिपिन्सको ५ खेलबाट २ खेलमा जित र तीन खेलमा बराबरी खेल्दै ९ अंक बनाएको छ । फिलिपिन्स शिर्ष स्थानमा छ ।

छनोटको दोस्रो स्थानमा यमन र  तेस्रो स्थानमा ताजिकिस्तान रहेको छ ।  समूहको विजेता र उपविजेताले सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपमा भाग लिन पाउनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  २०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC