site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विपिन उत्कृष्ट नायक, ‘कालोपोथी’ उत्कृष्ट फिल्म 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र समीक्षक समाजले वि.सं. २०७२ र २०७३  सालका क्रिटिक्स अवार्डका विजेता घोषणा गरेको छ । समाजले मंगलबार विज्ञप्ति जारी गर्दै विजेता घोषणा गरेको हो । २०७३ सालको उत्कृष्ट फिल्मको अवार्ड मीन भामको ‘कालोपोथी’ ले प्राप्त गरेको छ । 

‘सेतो सूर्य’ बाट दीपक रौनियारले निर्देशक, ‘कालोपोथी’ बाट  मीन भाम र अविनाशविक्रम शाहले पटकथा, ‘सेतो सूर्य’ का लागि डेभिड बार्करले सम्पादन, छायांकनमा ‘कालोपोथी’ का लागि अजिज जम्भाकिभले अवार्ड पाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उत्कृष्ट अभिनेताको बाजी ‘जात्रा’ बाट विपिन कार्कीले र ‘पुरानो डुंगा’ बाट माओत्से गुरुङले मारेका छन् । ‘लभ सासा’का लागि केकी अधिकारीले अभिनेत्रीको अवार्ड हात पारेकी छन् । 
समाजले २०७२ को अवार्ड पनि घोषणा गरेको छ । २०७२ मा ‘पशुपतिप्रसाद’ उत्कृष्ट फिल्म घोषित भएको विज्ञीतीमा उल्लेख छ । ‘पशुपतिप्रसाद’बाट दीपेन्द्र के खनालले निर्देशन र खगेन्द्र लामिछानेले पटकथाको अवार्ड हात पारेका छन् । 

‘कबड्डी कबड्डी’का लागि शैलेन्द्र डी कार्कीले छायांकारको अवार्ड पाउँदा सम्पादनमा ‘क्लासिक’का सुरेन्द्र पौडेलले बाजी मारेका छन् । 

Global Ime bank

अभिनयतर्फ ‘फन्को’ बाट सौगात मल्लले र ‘कबड्डी कबड्डी’का लागि रिस्मा गुरुङले अवार्ड हात पारेका छन् । 

समाजले यसअघि घोषणा गरिसकेको २०७१ को समेत गरी तीनै वर्षका अवार्ड मंसिर ६ गते राजधानीमा वितरण गर्ने जनाएको छ । 

२०७१ मा ‘कबड्डी’ ले फिल्म, ‘टलकजंग भर्सेज टुल्के’का लागि निश्चल बस्नेतले निर्देशक, ‘कबड्डी’का लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले पटकथा, ‘तान्डव’का लागि बनिस शाह र मिलन श्रेष्ठले सम्पादन तथा ‘सुन्तली’का लागि ओन्ड्रा बेलिकाले पुरस्कार पाएका थिए । यस वर्षका लागि ‘कबड्डी’का दयाहाङ राई उत्कृष्ट अभिनेता तथा ‘सुन्तली’का लागि प्रियंका कार्की उत्कृष्ट अभिनेत्री घोषित भएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC