site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

राजविराज । यही अगामी मंसिर २१ गते दोस्रो चरणमा हुनलागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीका राजनीतिक दल अहिले चुनावी प्रचारप्रसार सक्रिय छन् । निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता अहिले शहरी तथा ग्रामीण क्षेत्रको चुनावी अभियानमा लागेको राजनीतिक दलका कार्यकार्ताको भनाइ छ । 

जिल्लाका मुख्य राजनीतिक दल नेपाली कांग्रेस, नेकापा एमाले माओवादी केन्द्र संयुक्त वाम गठबन्धन, राजपा –संघीय फोरम गठबन्धन र राष्ट्रिय प्रजातत्र पार्टी र स्वतन्त्र उम्मेदवारलगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता चुनावी प्रचारप्रसारमा लागेका हुन् । 

जिल्लामा स्वतन्त्रसहित १५२ उम्मेदवार अहिले चुनावी मैदानमा छन् । चुनावी मैदानमा होमिएका विभिन्न राजनीतिक दलमध्ये नेपाली कांग्रेस, नेकपा एमाले,माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन र राजपा–फोरम नेपालको गठबन्धनका नेता तथा कार्यकता र उम्मेदवार गाउँगाउँमा भोट माग्न व्यस्त छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

वाम गठबन्धनले चुनवी अभियानलाई त्रिव्रता दिएको नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले बताए । सप्तरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धाबाट अशोक मण्डल, राजपा –फोरम गठबन्धनबाट डा सूर्यनारायण यादव र नेपाली कांग्रेसबाट रामदेद शाह उम्मेदवार छन् ।  

त्यस्तै मधेसवादी दलका नेता तथा कार्यकर्ता गाउँघरमा चुनावी अभियानमा लागेको सप्तरी क्षेत्र नं २ ख बाट राजपाको तर्फ प्रदेशसभा सदस्यका उम्मेदवारी दिएका मनिसकुमार सुमनले बताए ।  

Global Ime bank

खासगरी युवालाई चुनावी प्रचारप्रसारमा लागाइएको र उनीहरुले गाउँदेखि शहरका हरेका ठाउँमा चुनाव प्रचारप्रसार अभियानलाई तीव्रता दिएको उनले जानकारी दिए । यस्तै वाम गठबन्धनले पनि सप्तरी क्षेत्र नं २ मा चुनावी अभियानलाई तीव्रता दिएको छ । 

यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री उमेशकुमार यादव र फोरम –राजपा गठबन्धनको तर्फबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।  

उनी दुवैजनालाई चुनावमा जिताउनुपर्ने अभियानमा वाम गठबन्धन र गठबन्धनका कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटेका छन् । 

त्यस्तै सप्तरी क्षेत्र नं २ मा आफ्नो पार्टीबाट टिकट नपाएका स्वतन्त्र उम्मेदवार लक्ष्मण यादव र जयप्रकास ठाकुरले पनि चुनावी अभियानलाई तीव्रता दिएको उम्मेदवार ठाकुरले बताए ।  

उनीहरू दुवैजनालाई राजपा पार्टीबाट टिकट नदिएपछि अहिले स्वतन्त्र उम्मेदवार बनेका हुन् । ठाकुर प्रतिनिधिसभा २ र यादव प्रदेशसभा २ को ख बाट चुनावी मैदानमा प्रतिस्पर्धी बनेका छन् ।  

निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका दिनेश यादव, वाम गठबन्धनका ताराकान्त चौधरी र संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनका चन्द्रकान्त चौधरी चुनावी मैदानमा छन् भने निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी, वाम गठबन्धनका मो. इस्लाम, संघीय समाजवादी फोरम नेपाल–राजपा गठबन्धनबाट मृगेन्द्रकुमार सिंह यादव पनि चुनावी मैदानमा छन् ।  

उता नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र संघीय समाजवादी पार्टी र राजपाबीचको गठबन्धनले सप्तरी जिल्लाको चारवटा ससंंदीय निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा सदस्यको निर्वाचनको अवस्थाबारे जनस्तरमा व्यापक छलफल र बहस समेत शुरु गरेका छन् । 

जिल्लाको विभिन्न ठाउँमा चुनावी अभियान तीव्र हुँदा जिल्लामा कुन पार्टीका उम्मेदवार विजयी हुनेभन्ने भविष्यवाणी गर्न कठिन रहेको स्थानीय वुद्धिजीवीको भनाइछ । 

दुई दाजुभाइ चुनावी मैदानमा 

यसैगरी, सप्तरी क्षेत्र नं ३ बाट दुई दाजुभाइले उम्मेदवारी दर्ता गराएर अहिले चुनावी मैदानमा उत्रनुभएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका– ५ पातो घर भएका चन्द्रकान्त चौधरी र उनकै भाइ ताराकान्त चौधरी यस पटक संगसंगै निर्वाचन लडेका हुन् । 

एमालेका सक्रिय कार्यकर्ता तथा वाम गठबन्धनका ताराकान्तले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट तत्कालीन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए ।  

उनलाई एमालेले यस पटक पनि पुनः प्रतिनिधिसभाको उम्मेदबार बनाएको र वाम गठबन्धनका उम्मेदबार उहाले पुनः निर्वाचित हुने विश्वास व्यक्त गरे ।  

त्यस्तै दाई चन्द्रकान्तले मधेशी गठबन्धनबाट उम्मेदबारी दिएका छन् । उनलाई राष्ट्रिय जनता पार्टी राजपाले टिकट दिएको हो । फोरम नेपाल र राजपा गठबन्धनबाट उम्मेदबार बनेका चन्द्रकान्त भने कांग्रेस पृष्ठभूिमका व्यक्ति भएको स्थानीयवासीको भनाइ छ । 


चौधरी दाजुभाइ लडेको यो क्षेत्रमा कांग्रेसबाट कांग्रेसका जिल्ला सभापति दिनेश यादव यो क्षेत्रको प्रतिनिधिसभाका लागि उम्मेदबारी दिएका छन् । 

यो क्षेत्रमा चौधरी दाजुभाइसहित तीनजना प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC