site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
गठबन्धनलाई जिताउन जनता आतुर छन्
Sarbottam CementSarbottam Cement

०४८ र ०५६ मा मकवानपुर–१ बाट निर्वाचित कृष्ण दाहाल अहिले सोही क्षेत्रबाट प्रतिनिधिसभामा वाम गठबन्धनबाट उमेदवार बनेका छन् । विगतमा दुई पटक एमालेका तर्फबाट उमेदवार दाहाललाई लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले टक्कर दिँदैछन् ।
प्रस्तुत छ, स्थलगत रिपोर्टिङका लागि मकवानपुरको हेटौँडा पुगेका बाह्रखरीको टोलीले दाहालसँग गरेको कुराकानी–

निर्वाचनको माहोल कस्तो भइरहेको छ ?
 

निर्वाचन प्रचारप्रसारको लागि एमाले र माओवादी केन्द्रबीचको दुईवटा संयुक्त भेला एकरदुई दिनमा सम्पन्न गर्छौं । त्यसपछि हामी टोल बस्तीमा मझौता खालका कोणसभा र चुनावी भेला गर्दैछौं ।

Prabhu Bank
Agni Group
NIC Asia

विगतमा पनि तपाई जनप्रतिनिधि हुनुहुन्थ्यो, बीचमा फेरि ग्याप भयो, तपाईंको कमव्याक किन ?
 

म २०५६ सालमा उमेदवार भएँ । ६४ र ७० मा उमेदवार भइनँ । मेरो क्रियाशील उमेर भएकाले देश र जनताको लागि केही दिनसक्छु भनेर फेरि उमेदवारी दिएको हुँ । मकवानपुरका स्थानीय कार्यकर्ता, जनता र नेता पनि मेरो कमव्याकको प्रतीक्षामा थिए ।

Global Ime bank

विगतमा तपाईंले के गर्नुभयो, अब के गर्नुहुन्छ ?

विगतमा राजतन्त्र भत्काउनु थियो । हिजो एमाले र माओवादीकै पनि फरक(फरक मत थियो । अब हामी एउटै भएका छौं र हाम्रो उद्देश्य पनि एउटै छ । हाम्रो अबको ध्यान लोकतन्त्रलाई बलियो बनाउने र समृद्ध नेपालको निर्माण गर्नेबाहेक अर्को कुनै छैन । जनताको अधिकारको लागि सडकमा जाने आन्दोलन सकिएको छ । हामीले विगतमा देखेको सपना पूरा गर्न नै अहिले वाम गठबन्धन बनेको हो ।

एमालेले विगतदेखि नै चुनाव जितेपनि मकवानपुरको लागि देखिने काम गरेन भन्ने गुनासाहरु आइरहेका छन् नि ?
 

एमाले र माओवादीबीचको गठबन्धनबाट आत्तिएकाहरुले गर्ने तर्क हो यो । एमालेले गर्दा नै मकवानपुरका गल्लि(गल्लिमा बाटो पुगेको छ, विजुली पुगेको छ । विकट राई गाउँसम्म बाटो पुर्‍याउने पार्टी पनि एमाले नै हो । अब पनि हामी यस क्षेत्रको लागि काम गर्छौं । कसैले मकवानपुरमा ठूला कुरा नगरे हुन्छ । हामीले जति गर्नुपर्ने हो, त्यति गर्न सकेनौं बाधाहरु आए । यसपटक सम्पूर्ण बाधाहरु पार गरेर अब केवल समृद्धिमात्र गर्ने हो ।

ती कामहरु पूरा गर्ने समृद्धिको आधारहरु के/के छन् ?
 

अहिले तीन तहको सरकार रहेका छन् । हामी व्यक्तिगत रुपमा के गर्छौं, के गर्दैनौं भन्दा पनि पार्टीगत रुपमा नै विकासको केन्द्रबिन्दु गाउँ बनाउने योजना छ । अहिले जति बजेट छ गाउँपालिकाको, त्यसको दोब्बर बनाउने योजना छ । अहिले वृद्ध–वृद्धाहरुले जति भत्ता पाएका छन्, त्यसको दोब्बर हुनेछ । पूर्वाधारको क्षेत्रमा अहिले जति कामहरु भइरहेका छन्, त्यो काम अब तीव्र गतिका साथ सम्पन्न हुन्छन् र गाउँ टोल बस्ती–बस्तीका विकास निर्माणका कामहरु अगाडि बढ्छ ।

हामीले जनताका आधारभूत कामहरुलाई पूरा गरेर यो राष्ट्रलाई अगाडि बढाउँछौं । २५ वर्षभित्र विश्वको शक्तिशाली मुलुक बनाउने हाम्रो योजना छ । त्यस्तैगरी १० वर्षभित्रमा यो मुलुकलाई मध्यम स्तरको विकासको तहमा पुर्‍याउने लक्ष्य किटान गरेर कार्यक्रमसहित हाम्रो गठबन्धन अगाडि बढेको छ । विगतको अनुभवले पनि हामीप्रति आशा र भरोसा गरेका छन् र आतुरतापूर्वक यो गठबन्धनलाई जिताउन जनताहरु पर्खेर बसिरहेका छन् ।

मकवानपुरका चेपाङ समुदायका मानिसहरु गाँजाका भरिया बनेर जीवन निर्वाह गरिरहेका छन्, त्यस्ता समुदायहरुको उत्थानको लागि तपाईंहरुको भूमिका के रहन्छ ?
 

हो, चेपाङ समुदायमा गरिबी,  अशिक्षा र चेतना कम छ । विगतका सरकारहरुले त्यस्ता समुदायहरुको निम्ति ठीक ढंगले काम गर्न सकेनन् । अब हामी नयाँ योजनाका साथ त्यस्ता समुदाय वा क्षेत्रहरुमा विकासका पूर्वाधारहरुको कामहरु लैजान्छौं । त्यहाँ पुरानो खेती प्रणालीलाई मुक्त गरेर आधुनिक खेती प्रणाली अगाडि बढाउने सोचमा हाम्रो गठबन्धन छ । 

हेटौंडालाई प्रादेशिक राजधानी बनाउने योजना तपाईंहरुको प्रतिस्पर्धीको छ, यसमा तपाईंको धारणा के छ ?

लोकतान्त्रिक गठबन्धनका साथीहरुले हेटौंडालाई प्रादेशिक राजधानी बनाउने पहल गर्नुभएको जस्तो मलाई लाग्दैन । उहाँहरुले कतै पहल गर्नु भएको भए पनि गर्नुहोला जस्तो मलाई लाग्दैन ।

यहाँ एउटा चित्रेपानी अस्पताल खोल्नुभएको छ, त्यो पनि बिना योजना बनाइकाले भग्नावशेष अवस्थामा छ । लोकतान्त्रिक गठबन्धनका उमेदवारहरुले चुनावको बेलामा मुखले मात्र बोलेर हुँदैन । हामी कार्यक्रमसहित हेटौंडालाई प्रदेशको राजधानी बनाउने अभियानमा छौं । हेटौंडालाई फास्ट ट्रयाकसँग पनि जोडिँदै छ । निजगढ विमानस्थल पनि हाम्रो नजिकै भएकाले हेटौंडा प्रदेशको राजधानी बन्न सक्ने आधार रहेको छ । त्यसको लागि एमाले र माओवादीबीचको वाम गठबन्धनले चुनाव जित्नु आवश्यक छ ।

मकवानपुरमा बाटो बिस्तारसँगै मुआब्जा पाइने हो कि होइन भन्ने स्थानीयमा चिन्ता छ, यसमा एमालेको दृष्टीकोण के छ ?
 

बाटो बनाउनुपर्छ, त्यो सकारात्मक काम हो । तर, जनताको घर भत्काएर, सुकुम्बासी बनाएर बाटो बिस्तार गर्नुको अर्थ हुँदैन । बाटो बिस्तार हुँदा, विकास हुँदा जनता पनि सम्पन्न हुनु जरुरी छ ।

तर, यो भन्दा महत्वपूर्ण कुरा मकवानपुरको सुरक्षाको प्रोटेशक्सन वालको रुपमा बाइपास बनाउनु जरुरी छ । राप्तीको किरानै–किनार हुँदै अर्को बाइपास बनाएनौं भने खतरा हुन्छ । त्यसैले यो बाटोलाई पनि चौडा गर्दा बजारवाला घरवालाको सहमतिमा हामी गर्छौं । यो बाटो सहरलाई नै बाइपास हुने गरी बनाउने हाम्रो योजना छ । यो काममा हामी जितेको भोलिपल्टदेखि लाग्छौं । यहाँ बस्ने मान्छेहरु कोही पनि आतंकमा पर्नुपर्दैन ।

वाम गठबन्धन बनेपछि मकवानपुरमा एमाले र माओवादीको प्रतिक्रिया कस्तो पाउनुभएको छ, पार्टी नै एकता होला त ?
 

असोज १७ गते राष्ट्रिय सभागृहबाट एमाले र माओवादीबीच जुन खालको एउटा चुनावी गठबन्धनसँगै पार्टी एकता गर्ने निर्णय गर्‍यो, त्यसले आम मकवानपुरबासीमा खुसी छाएको छ । हिजो एकआपसमा झगडा गर्ने एमाले र माओवादी कार्यकर्ताबीच एकखालको मित्रताको भावना पैदा हुँदै गएको छ ।

त्यसले गर्दा यो गठबन्धनप्रति मकवानपुरमा रहेको एमाले र माओवादी कार्यकर्ता एकदमै खुशी छन् । यो पार्टी एकताको बलियो आधार पनि हो । हाम्रो यो गठबन्धन कुनै स्वार्थ र सत्ता प्राप्तिको लागि मात्र होइन । मुलुकलाई समृद्ध  र स्थिर सरकारको लागि हो । पार्टी एकता हुनेमा हामी ढुक्क छौं । 

मकवानपुरमा वाम गठबन्धनले कति वटा सिट जित्ला ?
 

वाम गठबन्धनले मकवानपुरमा ६ वटै सिट जित्छ। र, निकै ठूलो अन्तरले लोकतान्त्रिक गठबन्धनका उमेदवारहरुलाई पछाडि पार्छौं । यहाँ लोकतान्त्रिक गठबन्धनका साथीहरु नै एकआपसमा मिल्न सक्नु भएको छैन । जसले गर्दा लोकतान्त्रिक गठबन्धनलाई जाने मत हामीलाई आउने प्रचुर मात्रामा सम्भावना छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC