site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको चुनावी सभामा बिनोद चौधरी मुख्य वक्ता
Sarbottam CementSarbottam Cement


नवलपरासी। दुईसाता अघि नेपाली कांग्रेसमा प्रवेश गरेका उद्योगपति बिनोद चौधरीले आफु अब नेपाली काँग्रेसबाट राजनितिमा सकृय रहने बताएका छन् ।
नवलपरासीको अमरापुरीमा आयोजित नेपाली काँग्रेसको चुनाबी सभामा पहिलो पटक बोल्दै चौधरीले कांग्रेसवाट सकृय राजनीतिको बिधिवत शुरुवात गरेको बताए ।

“राजनितिमा चासो राख्दै आए पनि सकृय थिइनँ,” उनले भने, “आजैदेखि मेरो जिवन कांग्रेसको सकृय राजनितिमा सर्मपर्ण गर्दछु ।”
२०४६ सालको परिवर्तनपछि नेपाली काँग्रेसले लिएको उदार अर्थनीतिका कारण देश अहिलेसम्म संचालन भैरहेको बताउँदै समृद्ध आर्थिक नीतिले मात्र लोकतन्त्र बलियो हुने बताए ।

काँग्रेसले आफनो समेत सल्लाहमा त्यतिखेर लिएको गतिलो आर्थिक नीतिका कारण २०४८ देखि २०५० सालसम्म देशमा धेरै रोजगारी र कलकारखाना खुलेको दृश्टान्त दिए । उनले औद्योकिरण र रोजगारीको हिसावले २०४८ देखि ५० सम्मको २ वर्ष नेपालको स्वर्ण वर्ष भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कांग्रेसले दिएको आर्थिक समृद्धि र बिकास समन्वय उपसमितिको संयोजकको जिम्मेवारीलाई आफुले पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै चौधरीले नेपाली काँग्रेसले लिने आर्थिक नीति र सम्पन्नताको खाका कोर्ने जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाए ।

विदेश भ्रमणमा रहँदा मेरो ब्यक्तिगत प्रगतिको प्रशंसा गर्नेहरुले देशको आर्थिक अबस्थाका बारेमा सोध्दा आफुसँग जवाफ नै नहुने गरेको स्मरण गर्दै उनले अब काँग्रेसले समात्ने आर्थिक नीतिको बाटो नै भविश्यमा त्यसको उत्तर हुने चर्चा गरे ।

Global Ime bank

उनले देशमा संमृद्धिको पहिलो आधार स्थिर सरकार आवस्यक रहेको औल्याउँदै १ सय ५४ स्थानमा एक्लै प्रतिनिधि सभामा उम्मेदवारी दिएको कांग्रेसले बहुमत ल्याउन आवश्यक रहेको चर्चा गरे ।

चौधरीले कांग्रेसको बहुमतको सरकार र त्यसले समात्ने आर्थिक बिकासको नीतिले देश समृद्धितर्फ जाने ठोकुवा गरे । उनले कांग्रेसले लिने आर्थिक नीतिको भारी बोक्न आफु तयार रहेका चर्चा गरे ।

मतदाता धेरै सचेत भैसकेको चर्चा गदै उद्योगपति तथा नेपाली काँग्रेसवाट समानुपातिका तर्फका सभासद समेत रहेका चौधरीले ५ वर्षभित्रमा गर्न सकिने योजनाहरुको खाका खाफुसँग रहेको र त्यो पार्टीलाई सुम्पिने बताए ।

नेपाली कांग्रेसमा प्रवेश गरेको दुइसातापछि पहिलोपटक नवलपरासीको क्षेत्र नम्बर १ को अमरापुरीमा आयोजित चुनावी कार्यक्रममा २० मिनेट बोलेका चौधरीले काँग्रेसको आर्थिक नीतिका बारेमा चर्चा गरेका थिए । 
शशांकलाई जिताउन अपिल 
चौधरीले त्यहाँका उम्मेदवार शशांक कोइरालाको प्रशंसा गर्दै ब्यक्तिगत लोभ लालच नभएका , इतिहास र अन्तराष्टिय छबि बोकेका कोइरालाई जिताउन मतदातालाई अपिल गरेका थिए ।

बिनोद चौधरीको कांधमा आर्थिक योजनाः डा शशांक कोइराला
बिनोद चौधरी बोलेपछि कार्यक्रमका प्रमुख अतिथि एवं कांग्रेस महामन्त्री शशांक कोइरालाले बोल्दै बिनोद चौधरीको कांधमा चढेर आर्थिक बिकासको योजना बनाउने धोको रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC