site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोक्यो
Ghorahi CementGhorahi Cement

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत आफ्नो होम खेलमा नेपालले फिलिपिन्सलाई गोल रहित बराबरीमा रोकेको छ । निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल गोल रहित बराबरीमा टुंगिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा नेपालले बलियो प्रतिद्धन्दी फिलिपिन्सलाई रोक्न सफल भयो । एकपछि अर्को आक्रमक खेल खेलेको फिलिपिन्सले निकै राम्रो खेलेपनि गोल गर्न भने सकेन । पहिलो हाफमा नेपालले निकै दबाबमा खेलेको थियो । 

Agni Group

दोस्रो हाफमा नेपालले निकै गोल गर्ने अवसर गुमाएको थियो । खेलको अन्तिम समयमा फिलिपिन्सले एकपछि अर्को आक्रमक खेल खेलको थियो । 
फिलिपिन्सविरुद्धको पहिलो खेलमा नेपाल उसैको मैदानमा ४ – १ ले पराजित भएको थियो  ।

छनोटको समूह एफमा रहेको नेपाल ५ खेलबाट २ खेलमा बराबरी र तीन खेलमा पराजित हुँदै २ अंकसहित तालिकामा पुछारमा रहेको छ । फिलिपिन्सको ५ खेलबाट २ खेलमा जित र तीन खेलमा बराबरी खेल्दै १ अंक बनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC