site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल पहिलोपटक एसीसी यु–१९ एसिया कपको सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल एसीसी यु–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशले भारतलाई पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले आफ्नो अन्तिम खेलमा आयोजक मलेसियालाई ८ विकेटले पराजित गरे पनि सेमिफाइनलको टुंगो भने बंगलादेश र भारतबीचको खेलले गराएको हो । नेपाल एसीसी यु–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो । 

Prabhu Bank
Agni Group
NIC Asia

४६ रनको झिनो चुनौती पाएको नेपालले ५.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । नेपालको जितमा ओपनर अनिल कुमार शाहले २६ रन बनाए । उनले नटआउट १५ बलमा ३ छक्का र एक चौका प्रहार गरे । नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले ३ बलमा २ छक्काको मद्दतमा १२ बनाए भने र आसिफ शेखले ४ रनमा आउट भए । निकै विस्फोटक ब्याटिङ गरेको नेपालले यो प्रतियोगितामा सबै भन्दा कम ओभरमा जित निकालेको हो ।

आफ्नो अन्तिम खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेको हो । बंगलादेशको जितमा ओपनर पिनाक घोषले नटआउट ८१ रन बनाए । टस हारेर पहिलो ब्याटिङ गरेको भारतले ३२ ओभरमा छोट्याइएको खेलमा ८ विकेटको क्षतिमा १८७ रन बनाएको थियो ।

Global Ime bank

समूह ए बाट बंगलादेश विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । बंगलादेशले ३ खेलमा शतप्रतिशत जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने नेपालले २ खेलमा जित र १ खेलमा हारसहित सेमिफाइनलमा प्रवेश गरेको हो । भारत भने २ खेलमा हार र एक खेलमा जित्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

सेमिफाइनलमा नेपालले आफ्नो प्रतिद्धन्दीको रुपमा अफगानिस्तान पाएको छ । अफगानिस्तान समूह बी को विजेता हो । त्यस्तै बंगलादेशले पाकिस्तान प्रतिद्धन्दी पाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC