site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिलो हाफसम्म नेपाल र फिलिपिन्स गोलरहित बराबरीमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल र फिलिपिन्सले पहिलो हाफसम्म गोलरहित बराबरी खेलका छन् । फिलिपिन्सले पाएको सुनौलो अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफमा नेपालसँग गोलर रहित बराबरी खेलेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले फिलिपिन्सलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोक्न सफल भएको छ । एकपछि अर्को आक्रामक खेलेको फिलिपिन्सले गोल गर्ने राम्रो मौका गुमाएको थियो ।
एसियन कपको छनोटबाट बाहिरिसकेको नेपालको लागि आजको खेल प्रतिष्ठाको लडाइँमात्र हुनेछ । तर, नेपालको लक्ष्य होम खेलमा फिलिपिन्सलाई रोक्ने रहेको छ । फिलिपिन्सविरुद्धको पहिलो खेलमा नेपाल उसैको मैदानमा ४ – १ ले पराजित भएको थियो  ।
छनोटको समूह एफमा रहेको नेपाल ४  खेलबाट १ खेलमा बराबरी र तीन खेलमा पराजित हुँदै १ अंकसहित तालिकामा पुछारमा रहेको छ । फिलिपिन्सपछि नेपालले यमनसँग अवे खेल खेल्न बाँकी छ । समूहको विजेता र उपविजेताले सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपमा भाग लिन पाउनेछन् । एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो ।
फिलिपिन्स समूहको शीर्ष स्थानमा रहेको छ । आज नेपाललाई पराजित गरे फिलिपिन्स पहिलोपटक एसिया कपको लागि छनोट हुनेछ । फिलिपिन्सको ४ खेलबाट २ खेलमा जित र दुई खेलमा बराबरी खेल्दै ८ अंक बनाएको छ । दोस्रो स्थानमा यमन रहेको छ । यमनको ४ खेलबाट एक खेलमा जित र ३ खेलमा बराबरी खेल्दै ६ अंक छ । त्यस्तै तेस्रो स्थानमा रहेको ताजिकिस्तानको ४  खेलबाट २  खेलमा जित र २ खेलमा हारसहित ६ अंक रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC