site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
एमाले–माओवादीले आश र त्रास बाँडे, हामी विश्वास बाँड्दैछौं
Sarbottam CementSarbottam Cement

नेपाली कांग्रेस मकवानपुरका पार्टी सभापति हुन् इन्द्र बानियाँ । २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर–१ बाट निर्वाचित उनी यसपटक मकवानपुर– २ को (ख)मा प्रदेशसभा सदस्यका लागि मैदानमा छन् ।

मकवानपुर जिल्लाका विकासप्रेमी नेता भनेर चिनिने बानियाँ गृह राज्यमन्त्रीसमेत भइसकेका छन् ।  बानियाँसँग स्थलगत रिपोर्टिङका लागि मकवानपुर पुगेको बाह्रखरीको टोलीले गरेको कुराकानी–

निर्वाचनको तयारी कहाँ पुग्यो ?

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचनको प्रचार–प्रसार भइरहेको छ । सुरूआतमा गाउँस्तरका वडासम्म संयुक्त समिति बनाएर निर्वाचनमा होमिएका छौँ । मकवानपुर २ को (ख)मा म उमेदवार बनेको छु । मैले प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा अन्तर्गतको क्षेत्रमा ३० वटा वडा पर्छ । कैलाश, रागसिराङ, मनहरी गाउँपालिका हेटौँडा नगरपालिकाको १९ र ३ नम्बर वडा समेटिएको छ ।
१४ वटा वडामा संयुक्त कार्यालयसमेत खोलिएको छ । त्यसका माध्यमबाट हामीले निर्वाचन परिचालन व्यवस्थित गरिराखेका छौँ ।

०७० सालको निर्वाचनमा जुन क्षेत्रबाट तपाईं विजयी हुनुभयो, त्यो क्षेत्र छाडेर अहिले दुई नम्बरमा उमेदवारी दिनुभएको छ । फेरि प्रदेशसभामा झर्नु भएको छ, किन ?

Global Ime bank

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले ३ नम्बर प्रदेशमा कांग्रेसको तर्फबाट मुख्यमन्त्री गर्नेगरी प्रदेशसभा उठ्न भन्नुभएको हो । अहिले हेटौंडालाई अस्थायी प्रादेशिक राजधानी तोकिएको छ । त्यो हाम्रै आग्रहमा बनाइएको हो । यदि लोकतान्त्रिक गठबन्धनको बहुमत नआएको खण्डमा यो प्रदेशको विपक्षी दलको नेता पनि इन्द्रबहादुर बानियाँ बन्नुपर्छ भन्ने उहाँको भावना छ ।

फेरि प्रदेशमा रहेर काम गर्ने र कांग्रेसले सपना बाँड्दैन । बोलेका कुरा पूरा गर्छ भन्ने अमीट छाप जनतामा छाड्न स्वतःस्फूर्त रूपमा प्रदेशसभा सदस्यमा उमेदवारी दिएको हुँ ।

हिजो जहाँबाट चुनाव जित्नुभयो, त्यहाँ तपाईंले सारेका योजना अधुरा थिए होलान् नि ?

दलीय व्यवस्थामा दल प्रधान हुन्छ । व्यक्ति गौण हुन्छ । व्यक्ति र व्यक्तित्व सहायक कुरा हो । हिजो मैलो चुनाव जितेको क्षेत्रमा कांग्रेस र कांग्रेसको प्रतिनिधि छन् । मैले जनताका बीचमा गरेका ९० प्रतिशत वाचाहरू पूरा गरेको छु, चार वर्षको समायवधीमा । बाँकी रहेका दश प्रतिशत कामहरू आज उमेदवार बन्नुभएका र भोलि निर्वाचित साथीहरूले गर्नुहुन्छ । त्यहाँको प्रदेशसभामा रूख चिह्नकै उमेदवार हुनुहुन्छ, धर्म लामिछाने । मैले जनतालाई प्रष्ट भनेको छु, अब उहाँले गर्नुहुन्छ।

त्यहाँका अधिकांश मतदाताले ‘तपाईंले क्षेत्र छाड्नुभयो’ भनेर गुनासो पोखिरहँदा मैले विज्ञप्ति नै निकालेर भनिसकेको छु ।म मकवानपुर जिल्लाको पार्टी सभापति हुँ । कांग्रेसलाई अप्ठ्यारो परेको बखत जिल्लाभर जहाँ गएर पनि निर्वाचन लडेर जनताबाट कांग्रेसलाई अनुमोदित गराउनु मेरो जिम्मेवारी र दायित्व दुवै हो ।

मकवानपुरमा विकटता छ, जहाँ गरिबी छ, जहाँ चेपाङ र तामाङहरूको बाहुल्यता छ । गरिबी, अभावसँग पौँठेजोरी खेलिरहेका चेपाङहरू गाँजाको भरिया बनाइन अभिशप्त छन् । व्यापारीले ५–१० हजारमा भरिया बनाउने, चेपाङहरू जेल पुग्ने, परिवार टुट्ने, बालबच्चाको विजोग हुने । यस्तो उदेकलाग्दो अवस्थाको अन्त्यका लागि म यहाँ रोजेरै आएको हुँ ।
त्यसकारण हिजो निर्वाचित भएका ठाउँका जनता ढुक्क हुँदा हुन्छ– म जुनसुकै बेलामा पनि विकासको नेतृत्व गर्नेछु । जनताको दुःख–सुखमा हाजिर हुनेछु ।

एमाले–माओवादी केन्द्रले वाम गठबन्धन बनाएर अघि बढेपछि कांग्रेसलगायत इतरका शक्तिहरू लोकतान्त्रिक गठबन्धन बनाएर अघि बढेको अवस्था छ, मकवानपुरमा चाहिँ लोकतान्त्रिक गठबन्धनको अवस्था कस्तो छ ?

मकवानपुरमा लोकतान्त्रिक गठबन्धनले जित्ने कुरामा कुनै द्विविधा छैन । अन्त वामपन्थीले के गरे थाहा छैन । मकवानपुरमा हिजो एमालेले आशैआश बाँडेको हो । माओवादीले त्रासैत्रास बाँडेको हो । कांग्रेसले चाहिँ जनतालाई बोलेको कुरा पूरा गर्दै विश्वास बाँडेको छ ।

कांग्रेसले हिजो राणा शासन अन्त्य गर्यो । राजालाई संविधानको दायराभित्र ल्यायो । संवैधानिक नभएपछि राजा पनि हटायो । संविधान पनि कांग्रेसले दियो । स्थानीय तहको निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा भयो । र, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन कांग्रेसले नै गराइरहेको छ । मकवानपुर जिल्लामा बारबार जित्दा पनि कम्युनिस्ट, विशेष गरी एमालेले पटकपटक जितेको छ । माओवादीले पनि एकपटक जितेको छ । तर, उनीहरूले जितको महसुस दिलाउन सकेनन् । एउटा पनि काम गर्न सकेनन् । जनताको जीवनस्तर माथि उकासिएन ।

एकपटक कांग्रेसको नामबाट मैले जित्दाखेरि ६ सय करोड रुपैयाँ ल्याएर मकवानपुर–१ मा खर्चिएको छु । अतः कांग्रेसप्रति मानिसको भरोसा बढेको छ । इन्द्र बानियाँ जित्नेबित्तिकै मन्त्री हुने, डिना उपाध्याय जित्नेबित्तिकै मन्त्री हुने । डिना दुई नम्बरको प्रतिनिधिसभातर्फ उमेदवार हुनुहुन्छ, उहाँ कांग्रेसले नजित्दा पनि मन्त्री बनेको व्यक्तित्व हो ।

राप्रपा अध्यक्ष कमल थापा हरेकपटक सरकारमा रहने व्यक्तित्व । यी र यस्ता व्यक्तित्वले मकवानपुरको विकास गर्न सक्छन् भन्ने यहाँका जनताका अटल विश्वास छ ।
मकवानपुरबाट विजयी हुने एमालेका उमेदवारले सहायकमन्त्रीसमेत भेट्टाउन सकेका छैनन् । जनताका बीचमा यी गर्न नसक्ने, राज्यबाट पैसा ल्याउन नसक्नेहरूलाई जनताले भोट दिन्नौँ भनेका छन् । हामी जित्ने कुरामा निश्चिन्त छौँ ।

हिजो जसका विरुद्ध नेपाली कांग्रेसले सङ्घर्ष गर्यो, तपाईंहरू नै भन्दै हुनुहुन्छ, राजसंस्था नेपाली कांग्रेसले नै फाल्यो । तर, राजा फर्काउनुपर्छ, राजसंस्था व्युँताउनुपर्छ भनेर घोषणापत्रमा लेख्ने कमल थापाहरूलाई बोकेर हिँड्नुपरेको छ, दुःख त लागेको होला नि ?

राजालाई संवैधानिक बनाएजस्तै कमल थापालाई लोकतान्त्रिक गठबन्धनमा आउने बाटो फुकाएका छौँ । कमल दाइ हिजोका बाटोमा कहाँ हुनुहुन्छ र ?

संवैधानिक राजतन्त्रको वकालत घोषणापत्रमै गर्नुभएको छ । र, १ नम्बरमा त्यही प्रतिवद्धतापत्र थमाउने हो तपाईंहरूले ?

कांग्रेस समुद्र हो, समुद्रमा आइपुगेको खहरे आफैँ संग्लिन्छ । समुद्रकै बाटो तय गर्ने हो उसले । राप्रपाको घोषणापत्रको कुनै तुक छैन । कांग्रेसकै बाटो हिँड्ने हो ऊ ।

मकवानपुरमा वाम गठबन्धन कमजोर छ त भन्नुभयो, स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा त्यस्तो देखिँदैन नि ?

स्थानीय तहमा जनताले स्थानीय स्तरका उमेदवार छानेका हुन् । आफूलाई सुविधा र पायक पर्ने । राष्ट्रिय चुनावमा त्यसले कुनै प्रभाव पार्दैन । स्थानीय तहमा त कोही, मामा, कोही काका उठेका थिए ।

प्रतिनिधि र प्रदेशसभातर्फका वाम गठबन्धनका उमेदवार जिल्लाभरि गन्हाएका छन् । सेन्ट छरेर हिँड्नुपर्ने अवस्था छ । विगतका उहाँहरूका गतिविधिले उहाँहरूलाई दुर्गन्धित तुल्याएको छ । प्रतिनिधिसभामा जनताको बीचमा केही नगरेका व्यक्तिहरूले टिकट पाएका छन् । २६ वर्ष अगाडिकै पुरानो अनुहार । जनताका बीचमा सिन्को नभाँचेकाहरू पुनः कसरी अनुमोदित हुन्छन् ? प्रदेशसभातर्फ पनि त्यस्तै भरोसा नै नहुने उमेदवार छन् । वाम गठबन्धनका उमेदवारदेखि जनता निराश छन् ।

त्यसो भए लोकतान्त्रिक गठबन्धनले चाहिँ मकवानपुरको विकासका लागि के गर्छ त ?

लोकतान्त्रिक गठबन्धनले सुरूआतमै हेटौंडालाई प्रादेशिक राजधानी बनाइसक्यो, अस्थायी रूपमै भए पनि ।

हामीले पार्टी सभापति, प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेर त्यो गरेका हौँ । के सजिलो भयो भने, कमल थापा पनि सरकारमा हुनुुहुन्थ्यो ।

धरान–चतरा सडक मकवानपुरको विभिन्न गाउँ हुँदै आइरहेको छ । नीजगढ–काठमाडौं द्रुत मार्गले हेटौँडा हुँदै जान्छ । कान्ति लोकपथ काठमाडौँ गइरहेको छ ।
३ नम्बर प्रदेशका जनता ३ घन्टाभित्र हेटौँडा आइपुग्ने अवस्था बन्दैछ । 

जसरी अस्थायी रूपमा प्रदेशको राजधानी हेटौँडालाई बनायौँ । त्यसैगरी स्थायी राजधानी पनि हेटौँडालाई बनाउँछौँ हामी । लोकतान्त्रिक गठबन्धनले जित्दामात्रै हुन्छ त्यो ।
मकवानपुर औद्योगिक नगरी हो । प्रदेशकै औद्योगिक क्षेत्र हुनेगरी अर्को क्षेत्र बन्दैछ । ५०० उद्योग बनाउनेगरी डीपीआर बन्दैछ । र, सरकारले रकम विनियोजनसमेत गरिसकेको छ ।
यी सबै देख्दादेख्दै जान्दाजान्दै जनताले अरूलाई भोट हाल्दैनन् ।

यहाँले सुरुआतमै भन्नुभयो, मकवानपुर डाँडाकाँडाले घेरिएको, चेपाङ, तामाङआदि पिछडिएका समुदायको बसोबास स्थल हो, तिनको जीवनस्तर उकास्न के गर्नुहुन्छ ?

मनहरीदेखि मास्तिर रागसिराङ गाउँपालिकाभित्र काँकडा, खैराङ, सरिखेत । त्यो भन्दा माथि कैलाश, गोगने, डाँडाखर्क, कालिकाटार, नामटार आदि ठाउँका मानिस आयआर्जनको विकल्प नभएपछि गाँजा खेती गर्न बाध्य छन् । व्यापारीहरूले गाँजा खेती गर्न लगाउने, त्यहाँका चेपाङ, तामाङ भरिया बन्ने । ३–५ वर्ष जेल जाने, बालबच्चाको विजोग हुने । त्यो अवस्था अन्त्यको लागि बाटो पुर्याउँछु । गाँजा खेती गर्न अभिशप्त, बेच्न विवशहरूलाई विकल्प दिन्छु । चेपाङहरूलाई जेल जान दिन्नँ ।

पर्यटकीय मार्ग निर्माण गर्छु । अहिले बाटो छैन, बाटो भएको भए त्यो दूरवस्था झेल्नुपर्दैनथ्यो ।

त्यहाँको सम्भाव्यता अध्ययन गरेर अलैँची, सुन्तला खेती आदिमा जोड दिने हो भने त्यसक्षेत्रका मुहार फेर्न सकिन्छ । मकवानपुरको उत्तरी बेल्टमा चरम गरिबी छ । त्यसको अन्त्यका लागि सेवा गर्न पाउँ ।

भनेपछि मकवानपुरका ६ क्षेत्र ( २ प्रतिनिधिसभा, ४ प्रदेशसभा) लोकतान्त्रिक गठबन्धनले जित्छ ?
हामी दुई प्रनिनिधिसभा र ४ प्रदेशसभा सबै जित्छौँ । जनताको मत पर्खिइरहेका छौँ  ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC