site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बलियो प्रतिस्पर्धीलाई परास्त गरेर हासिल भएको सफलताले दुई गुना बढी खुसी दिन्छ । नेपालका युवा क्रिकेट खेलाडीले यु–१९ एसिया कपको प्रतिस्पर्धामा भारतीय युवा टोलीलाई परास्त गरेको समाचारले नेपालका क्रिकेट प्रेमीमात्र हैन थाहा पाउने सबै नेपालीलाई हर्षित र गौरवान्वित बनाएको छ । यसैले हामी नेपाली युवा टोलीका खेलाडी, प्रशिक्षक र खेल जगतलाई बधाई दिन्छौँ । मलेसियामा भइरहेको खेलमा साबिक विजेता भारतविरुद्ध नेपाली टोलीले १९ रनको अन्तरमा आइतवार विजय हासिल गरेको हो । त्यसो त नेपालले यसअघि बंगलादेश, पाकिस्तान, न्युनिल्यान्ड, दक्षिण अफ्रिकाजस्ता नाम चलेका टिमहरूलाई हराएको भए पनि भारतलाई हराउन सकेको थिएन । यसपटक टेस्ट स्तरको भारतीय युवा टिमलाई पहिलो पटक हराएकाले नेपालीको खुसी दोब्बर भएको हो ।

नेपाली टिमले जितेकोमा खुसी हुनु जति स्वाभाविक हुन्छ भारतलाई हराउन सक्ता त्यस्तो हर्ष दोब्बर हुनु पनि उत्तिकै स्वाभाविक देखिन्छ । एउटा सामान्य खेल स्पर्धाको समाचार भए पनि नेपालमा छापा, टेलिभिजन र अनलाइन सञ्चार माध्यममा दिइएको प्राथमिकताले यसको महत्त्व स्पष्ट भएको छ । यस विजयले नेपाली खेल जगत्को भविष्य उज्यालो हुनसक्ने संकेत पनि गरेको छ । सामान्यतः नेपालीहरू वैयक्तिक स्पर्धा हुने खेलमा कशुल तर समूहगत खेलमा कमजोर हुन्छन् भन्ने धारणालाई पनि यस विजयले चुनौती दिएको छ । नेतृत्व र वातावरण अनुकूल भएमा नेपालीले खेल क्षेत्रमा पनि असाधारण क्षमता देखाउन सक्ता रहेछन् । विजयी टिमका प्रशिक्षक, कप्तान र युवा खेलाडी सबै यसका उदाहरण हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

देशमा लामो समयसम्म नेपाल  क्रिकेट संघमा विवाद भइरहँदासमेत खेलाडीले उत्तम कौशल प्रदर्शन गर्नु निश्चय पनि प्रेरक प्रसंग हो । यी युवा खेलाडीको विजयले क्रिकेट संघमा पदको विवादमा अलमलिएकाहरूलाई भने आत्मग्लानि भयो कि भएन होला ? उनीहरूले व्यक्तिगत स्वार्थ छाडेर संघलाई माफिया शैलीमा कब्जा गर्न खोज्नुको साँटो खेल र खेलाडीको विकासमा सबै ध्यान केन्द्रित गरेका भए यी प्रतिभाशाली युवाबाट धेरै अपेक्षा गर्न सकिने रहेछ । नेपालका अधिकांश खेल संगठनमात्र हैन राष्ट्रिय खुलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसमेत विवादको घेरामा परेका छन् । विडम्बना, कुनै पनि विवाद खेलको विकासका लागि भएको देखिँदैन ।

खेलकुद क्षेत्रमा प्राप्त हुने पैसा र प्रतिष्ठा दुरुपयोग गर्न संस्था कब्जा गर्ने नियतले मात्र यस्ता विवादहरू उब्जाइएको स्पष्टै  देखिन्छ । यसैले देशभित्र अपार सम्भावना भए पनि राजनीतिक नेतृत्वको कमजोरी र बदनियतका कारण जनताका पक्षमा सदुपयोग हुन नसकेजस्तै खेलकुदका क्षेत्रमा पनि प्रतिभा हुँदाहुँदै आवश्यक प्रोत्साहन र उपलब्ध साधनस्रोतको सही व्यवस्थापनको अभावले नेपालको खेलका क्षेत्रमा पनि अपेक्षाकृत पछाडि परेको हो । युवा क्रिकेटरहरूले जस्तै अरू खेलाडीले पनि नेपालको गौरव बढाउन् भन्ने चाहने हो भने खेलका लागि उपलब्ध साधनस्रोत खेलाडीको संरक्षण र विकासमै खर्च हुने वातावरण निर्माण गर्नुपर्छ । खेलाडीको मुख मोसेर पदाधिकारी र कर्मचारीलार्इ पाेस्ने  अहिलेको प्रवृत्ति समाप्त हाेस् । कम्तीमा विजयी टिम नेपाललार्इ प्रोत्साहनको तत्काल घोषणा हुनुपर्छ ।

Global Ime bank

निराश र हतास नेपाली जनमानसलाई यति खुसी दिएकोमा कप्तान र प्रशिक्षकसहित टिम नेपाललाई हार्दिक बधाई र शुभकामना !

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०७४  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC