site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं, रासस । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मुलुकमा हिन्दू राष्ट्रको माग गर्दै पशुपतिनाथको मन्दिरमा विशेष पूजा गरेको छ । 

पार्टी अध्यक्ष प्रकाशचन्द्र लोहनीले मन्दिर परिसरमा पूजा शुभारम्भ गर्दै मुलुकमा पाँच हजार वर्ष पुरानो हिन्दू सभ्यता र संस्कृतिको अभ्यासलाई निरन्तरता दिन हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड दिए । जनताको चाहना विपरीत जबर्जस्ती लादिएको धर्म निरपेक्षको औचित्य नरहेको बताउँदै उनले देशमा करिब ८० प्रतिशत हिन्दू धर्मावलम्बी भएको हुँदा उनीहरूको भावनालाई सम्बोधन गर्न नेपाललाई चाँडो हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताए । 
अध्यक्ष लोहनीले देशमा बढ्दै गएको वैदेशिक हस्तक्षेपलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय चरित्र भएका संस्था र राष्ट्रवादी दलकाबीच समन्वय गरी मुलुकको राष्ट्रियता बलियो बनाउने र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने उद्देश्यले आफ्नो पार्टीले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराए । 
पूजामा पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ताको सहभागिता थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०७४  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC