ad

विचार

कम्युनिस्ट एकताको रहस्य

रमेश घिमिरे

नेपालका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र किन एकाएक चुनावी तालमेल र पार्टी एकीकरणको बाटामा अग्रसर भए भन्ने विषयमा सर्वसाधारणले अझै चित्त बुुझ्दो जानकारी पाएका छैनन् । दुवै पार्टीका शीर्ष नेताले दिएको कारणलाई जनसाधारणले पत्याउन सकेका छैनन् । पत्रकारहरूले पनि चित्तबुुझ्दो विवरण सार्वजनिक गर्नसकेका छैनन् । भरपर्दो सूचनाको अभावका कारण कम्युनिस्ट तालमेल र सम्भावित एकीकरणको डिजाइन कसरी भयो होला भनेर तर्क र विश्लेषणका आधारमा मात्र बुुझ्नुपर्ने बाध्यता छ । यहाँ केही तर्क र विश्लेषण प्रस्तुत गरिन्छ ः

१. सरकार छिटोछिटो परिवर्तन भएका कारण देश विकास हुन सकेन, बहुमत ल्याएर ५ वर्ष एकमना सरकार चलाउन पाए विकासले गति लिन्छ भनेर यो एकीकरण गर्न लागिएको हो भन्ने दुुई दलको दाबी छ । तर यो दाबी सरासर झुुटो देखिन्छ । पाँच वर्षका लागि ढुक्क हुनेगरी स्थानीय तह गठन भएको ६ महिना पुुग्दा कहींँ विकासको लक्षण देखिएको छ र ? विकासको बाधक सरकारको परिर्वतन होइन, नेताहरूको लोभलालच, स्वार्थीपन र भ्रष्ट आचरण हो । जनताको बेवास्ता गर्ने प्रवृत्ति हो ।

२. दुवै दलको सिद्धान्त, उद्देश्य र गन्तव्य एउटै भएको हुनाले दुुई वटा पार्टीमा रहनु औचित्य नभएकाले एकीकरण हुन लागेको दाबी पनि सरासर झुटो हो । त्यसो हुन्थ्यो भने गोप्य तयारी गर्न जरुरी हुँदैन थियो । दुुई राप्रपा, दुुई कांग्रेस वा एमाले र मालेजस्तै बाजा बजाएर एकीकरणको अभ्यास हुन्थ्यो ।

३. चीन र भारत यो राजनीतिक विकासमा अनभिज्ञ रहेको धेरैको विश्लेषण छ । त्यसो नहुन पनि सक्छ । जसरी घटना दुुई दलकै नेतालाई जानकारी भएन, त्यसैगरी चीन र भारतको पनि सीमित समूहलाई मात्र जानकारी भएर अरूले थाहा नपाएको भने हुन सक्छ ।

४. नेपालमा क्रिस्चियानिटी र जातीयताको प्रवर्द्वन गर्दैआएको युरोपियन युनियनले लोकन्तीको काम गरेको हुन सक्छ । पार्टी एकीकरणपछि पुरानो एमालेको संस्थापन पक्ष ओझेल परेर माधव नेपाल, झलनाथ, वामदेव समूह र पुरानो माओवादी समूहको प्रभुत्व स्थापित हुनेछ । त्यस्तो दलले बहुमत ल्यायो भने युरोपियन युनियनले चाहेका एजेन्डा लागु गर्न सक्छ । माओवादीका प्रायः सबै र एमालको पनि उल्लेख्य नेताले व्यक्तिगत लाभसमेत लिएर क्रिस्चियानिटीलाई अप्रत्यक्ष सहयोग पु¥याउँदै आएको सन्देह व्यापक रूपमा समाजमा रहेको छ । हिन्दु धर्ममाथि नेपालका कम्युनिस्टको कुदृष्टि पर्दैआएको त सबैलाई थहा नै छ ।

५. भारतले कम्युनिस्ट पार्टीमा हृदयेश  त्रिपाठी र कांग्रेस कमजोर पार्न राजेन्द्र महतोलाई पनि खटाएको हुन सक्छ । केपी ओलीको ’राष्ट्रवाद’ कमजोर भई पुष्पकमल दाहाल ’प्रचण्ड’को ’लम्पसारवाद’ प्रभावी हुने भएपछि उनीहरूका लागि पनि उपयुक्त पार्टी यही हुन सक्छ । भारत कम्युनिस्ट एकीकरणको पूर्व तयारीमै सामेल हुसक्छ र नभएको भए पनि पछि मिसिएको हुन सक्छ ।

६. पार्टी एकीकरण छिटो गर्ने प्रयत्न भइरहेको छ । चुनावमा अनपेक्षितरूपमा कसैलाई हराउने वा जिताउने रणनीति बनाइएको हुन सक्छ । त्यो अनावरण नहुँदै एकता सम्पन्न गरिसक्ने हतारो गरिएको हुनसक्छ । केपी ओलीको राजनीतिक विरासत गुम्न सक्ने जोखिम बारे उनी स्वयम् जानकार भई एकता रोकिन सक्ने भएकाले छिटो एकीकरण गर्न खोजिएको हुन सक्छ । 

७. एकीकरणको योजना र उद्देश्यबारे केपी ओलीलाई नै पनि यथार्थ थाहा नहुन सक्छ । एमालेको ६० र माओवादीको ४० प्रतिशत उमेदवार उठाउने र त्यसमा एमालेले जित सुनिश्चित भएका क्षेत्रमा उमेदवारी पारी एक्लै बहुमत प्राप्त गर्न सक्छ भन्ने विश्लेषण सुनाइएको हुनसक्छ । त्यसपछि माओवादी एकता गर्न आवश्यक हुुँदैन । त्यस आधारमा एकीकरणलाई देखाएर तालमेल गर्न ओली मञ्जुर भएका हुनसक्छन् ।

८. यसपटकको चुनावमा दुुई निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिन नपाइने भएका कारण शीर्ष नेताको जित सुनिश्चित गर्न प्रभावशाली दलबीच चुनावी तालमेल बाध्यता नै हो । यसका लागिमात्र तालमेल गरिएको र कार्यकर्तालाई बफादार बनाउन एकीकरणको अस्त्र प्रयोग गरिएको हुनसक्छ ।

९. पश्चिमा शक्तिले नेपालका कम्युनिस्टलाई क्रिस्चियानिटी प्रवद्र्धनका लागि उपयोग गरिरहेकै छन् । विसं २०६४ को चुनावमा एक नयाँ दल पनि स्थापना गरिदिएको कतिपयको विश्वास छ । त्यसले राजनीतिमा उल्लेख्य प्रभाव पार्न नसकेको र हाल उक्त दल कम्युनिस्ट एकतामा विलयको प्रक्रियामा रहेको त्यो समूहको बुझाइ छ । विसै २०७० को चुनावमा अर्को दल पनि स्थापना गरिदिएको विश्वास कतिपयको छ । विसं २०७४ को चुनावमा त्यो दल अझ विस्तृत र सशक्त बनाइएको उनीहरूको बुुझाइ छ । सके ठूलो कम्युनिस्ट पार्टीलाई नै प्रयोग गर्ने र नसके नयाँ पार्टीलाई मलजल गर्दै जाने रणनीति पश्चिमाले लिएको हुनसक्छ ।

१०. माओवादी र एमालेबीच एकता हुनुपर्छ भनेर एउटा तहमा बहस र प्रयास त निरन्तर चल्दै आएको सत्य हो । नेताहरुले फराकिलो छाती बनाएर यस बहसलाई सार्थक निष्कर्षमा पु¥याउन राजी भई सफलतासमेत प्राप्त भएको र अन्य सबै शंका उपशंका गलत भएको पनि हुन सक्छ ।

नेपालको राजनीतिक घटनाक्रममा तीव्र प्रतिक्रिया जनाउने भारतीय बौद्धिक जगत र सामान्यतः तटस्थ रहे पनि कम्युनिस्टहरूको पक्षमा नजानिदो गरेर उभिने चिनियाँ बौद्धिक जगत दुवै अहिले मौन छन् । कम्युनिस्ट पार्टी एकीकरण हुने खबरले चीन खुसी नै भएको भन्नेसम्म बाहिर आएको छ । भारत सरकारको विचार अभिव्यक्त भएको छैन । एउटै घटनाबाट भारत र चीन दुवै खुुसी हुनु कसरी सम्भव होला ? 

नेपालमा कम्युनिस्ट एकताबारे यथार्थ जानकारी सार्वजनिक नभएसम्म अनुमान, विश्लेषण, तर्क र समयको प्रतीक्षाबाहेक हामीसँग विकल्प छैन ।

ghimire87@gmail.com
 

तपाईंको मत