ad

साहित्य र कला

‘तिमी नि आधा, म पनि आधा...’ सार्वजनिक

काठमाडौं । निखिल उप्रेती स्टारर चलचित्र ‘पिंजडा व्याक अगेन’ को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘तिमी नि आधा, म पनि आधा...’ बोलको गीत सार्वजनिक गरिएको हो । 

सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत र स्वरमा रहेको गीतमा शब्द मुक्त उदासले लेखेका हुन् । स्वरमा अर्जुनलाई गायिका अञ्जु पन्तले साथ दिएकी छिन् ।

गीतको भिडियो निखिल उप्रेतीसँग सारा श्रिपालीले स्क्रिन सेयर गरेकी छन् । चलचित्रमा निखिल र सारासँगै पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

हिमाल केसी निर्देशित चलचित्र ‘पिंजडा ब्याक अगेन’ माघ ४ गते रिलिज हुनेछ । 

तपाईंको मत