site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले–माओवादीसँगै झापामा राप्रपालाई पनि चुनाव जिताउने दायित्व आफूहरुको भएको बताएका छन् ।

झापाको गौरिगञ्जमा एक कार्यक्रमलार्य सम्बोधन गर्दै ओलीले झापामा एमाले, माओवादीसँगै राप्रपा पनि मिलेर चुनाव लडेका कारण सबैलाई जिताउनुपर्ने बताएका हुन् ।

Agni Group

झापामा एमाले, माओवादी र राप्रपा मिलेर उमेदवारी दिएका छौं,” उलने भने, “सबै उमेदवारलाई जिताउने दायित्व हाम्रो हो ।”

त्यसैगरी एमाले कुनै पनि समुदाय वा क्षेत्रको बिरोधी नभएको बताए । “हिमाल, पहाड, तराई जहाँ बसे पनि हामी दाजुभाई दिदीभाई हौं,” उनले भने, “एक अर्कालाई साथ दिने र सद्भाव हामी राख्छांैं, मैले प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग आफैले बनाउने भन्ने निर्णय गरेर ४ अर्ब २० करोड बजेट छुट्याएर ठेक्कामा लगेँ । अनि हामी कसरी मधेस विरोधी भयौं ?”

Global Ime bank

उनले कुरा गरेर मात्रै विकास नहुने भन्दै भने, “मदन भण्डारीले कुराले चिउरा भिज्दैन, चिउरा भिजाउँन अरु नै केही चाहिन्छ । म भन्छु कुरा गरेर रतुवा खोला तरिँदैन, पुल चाहिन्छ । त्यो मैले बनाएको छु ।”

उनले मधेस, पहाड, हिमाल जहाँ भएपनि सबै नागरिकलाई स्वास्थ्य, शिक्षा र विकासका  आधारभूत सेवा दिनुपर्ने बताए ।

“म प्रधानमन्त्री हुँदा तराईका लागि छुट्याएको बजेट यसअघिका कुनै सरकारले छुट्याए भन्दा बढी छ,” उनले भने, “अनि हामी मधेस बिरोधी ? के हो मधेस बिरोधी भनेको? किसानलाई सिँचाई चाहिएको छ, मल चाहिएको छ, ,प्रविधि चाहिएको छ । अन्य कुरा गरेर समय खर्च गर्नु बेकार छ ।” 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०७४  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC