site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीको कार्यकाल अपेक्षाकृत विवादमुक्त नै रहेको थियो । उनका पूर्ववर्तीको जतो चुनौती पनि उनले सामना गर्नु परेको थिएन । तर, चिकित्सा शिक्षा अध्यादेश जारी गर्न ढिलो गर्दा उनको पुरानो पार्टीप्रतिको लगाव कायमै रहेको देखिन पुग्यो । चिकित्सा शिक्षा अध्यादेश प्रकरणमा राष्ट्रपतिका सल्लाहकारहरूले नेकपा (एमाले)का केही नेताको स्वार्थमा राष्ट्रपतिलाई विवादमा पार्ने गल्ती गरे । राष्ट्रपतिलाई युनाइटेड अरब इमिरेटसको भ्रमणमा जान अहिले उपयुक्त समय नभएको जानकारी नदिएर उनका सल्लाहकारहरूले अर्को गल्ती गर्न लागेका छन् । देशको आन्तरिक कारणका साथै खाडीको तनावसमेत हेर्दा अहिले नेपालका राष्ट्रपतिका लागि युएईको भ्रमण गर्न सही समय हैन भन्ने स्पष्ट देखिन्छ । तैपनि, राष्ट्रपतिले भ्रमणको तयारी गरिएको छ ।

चिकित्सा शिक्षा अध्यादेशकै प्रसंगका सल्लाहकारहरूले गलत सल्लाह दिएकाले अन्ततः प्रत्युत्पादक भएको राष्ट्रपतिले बुझ्नुपर्थो । राष्ट्रपतिबाट अध्यादेश रोक्ने मनसाय देखाउनै हुँदैनथियो । अध्यादेश जारी गर्नका लागि पनि राष्ट्रपतिलाई अनशन गर्ने धम्की दिनुपर्ने वा प्रधानमन्त्रीले सार्वजनिकरूपमै दबाब दिनुपर्ने अवस्था पक्कै पनि सहज र स्वाभाविक होइन । अन्ततः अध्यादेश जारी गर्नु त प¥यो । नरोकिएको भए कम्तीमा पार्टीका पक्षमा लोकतान्त्रिक परम्परा र संविधानको भावना मिच्न तयार भएको आरोप त पक्कै पनि लाग्ने थिएन । धन्न, शंकाको घेरामा परिसकेपछि पनि उनले परम्परा बिगारिनन् । अध्यादेश रोक्न मिल्दैन भन्ने परम्परा स्थापित भयो ।

Agni Group

अहिले देशमा चुनाव हुँदैछ । यस्तो बेलामा राष्ट्राध्यक्ष देशबाहिर जानु स्वाभाविक देखिँदैन । अहिले खाडी भ्रमणमा जान नहुने त्यसभन्दा पनि गम्भीर अर्को कारण त्यस क्षेत्रमा विद्यमान तनाव हो । केही महिना पहिलेदेखि खाडीकासाउदी अरेबिया, इजिप्छ, युनाइटेड अरब इमिरेटसलगायतका मुलुकहरूले कतारविरुद्ध प्रतिबन्ध लगाउनेदेखि सैनिक आक्रमणको धम्कीसमेत दिँदैआएका छन् । आतंककारीलाई कतारले सहयोग गरेको आरोप ती देशहरूले लगाए पनि कतारले त्यसलाई अस्वीकार गरेको छ । जेहोस्, खाडीमा विवाद छ र मुलुकहरू दुई खेमामा विभाजित छन् ।

रोजगारीका लागि नेपालीहरू कतारलगायत खाडीका मुलुकमा पुगेकाले नेपालले कुनै एउटा खेमाको पक्ष लिनु वा लिएको देखिनु आत्मघाती अभ्यास हुनसक्छ । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी खाडीको भ्रमणका जाँदा कतारले पक्कै पनि निको मान्दैन । कतारलाई चिढ्याएर युएईलाई रिझाउनु नेपालको राष्ट्रिय हित वा स्वार्थअनुकूल हुँदैन । सरकारले यस्तो गम्भीर अवस्था दृष्टिगत गरी राष्ट्रपतिलाई कतार भ्रमण नगर्न सल्लाह दिनुपर्थ्यो । परराष्ट्र मन्त्रालयका कर्मचारीहरू भ्रमणका पक्षमा देखिँदैनन् तर प्रधानमन्त्री शेरबहादुर देउवालाई विभागीय मन्त्रीका हैसियतमा उनीहरूले कस्तो सल्लाह दिए त भन्ने भने सार्वजनिक हुनसकेको छैन ।

Global Ime bank

कूटनीतिकरूपमा गल्ती हुन्छ भन्ने लागेमा परराष्ट्रका कर्मचारीले सरकार र राष्ट्रपतिको कार्यालयलाई बेलैमा जानकारी दिनुपर्थ्यो । राष्ट्रपतिले पनि भ्रमणको औचित्य र उपयुक्तताका सम्बन्धमा सोधखोज गर्नु उचित हुन्थ्यो । संसदीय निर्वाचनपछि राष्ट्रपतिको पनि निर्वाचन हुनाले कार्यकालको अन्त्यतिर विदेश भ्रमण गर्नेमात्र चाहना हो भने पनि सरकारले विवादरहित मुलुक छान्न राष्ट्रपतिलाई आग्रह गर्नुपर्थ्यो । भ्रमण स्थगित भए युएईलगायतका मुलुक रिसाउने र भ्रमण भए कतारले चित्त दुखाउने अप्ठेरो परिस्थिति उत्पन्न भएको छ । आन्तरिक कारण देखाएर राष्ट्रपतिको भ्रमण हाललाई स्थगित गर्नु सायद अहिलेका लागि उत्तम उपाय हो ।   

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०७४  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC